एनबी बैंकको अगुवाइमा अपर पिलुवा खोला दोश्रो जलविद्युतमा लगानी

अर्थ

मेन्छियम हाइड्रोपावर कम्पनी प्रा.लि. प्रवर्धक रहेको संखुवासभा जिल्लामा रहेको अपर पिलुवा खोला दोस्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंक लि. को अगुवाई तथा नेपाल बैंक लि. को सहकार्यमा लगानी गर्ने सहमति भएको छ ।
लगानी सम्बन्धि सम्झौतामा नेपाल बंगलादेश बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा मेन्छियम हाइड्रोपावर प्रा. लि. का अध्यक्ष श्री दिपक खड्काले एक समारोह विच हस्ताक्षर गर्नु भएको छ । ४.७२ मेघावाट क्षमता भएको उक्त आयोजना २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी एक समारोह विच कम्पनीका अध्यक्ष श्री दिपक खड्काले दिनु भयो ।

कुल लागत रु ८५ करोड रुपैया रहेको उक्त आयोजना बैंक तथा प्रवर्धकको ७०ः३० को ऋण तथा स्वपूँजी संरचनामा निर्माण गर्न लागिएको हो ।

संखुवासभा जिल्लामा रहेको सिद्धकाली तथा मवादिन गा.वि.स.मा पर्ने पिलुवा खोलाबाट वार्षिक २ करोड ६४ लाख युनिट विद्युत उत्पादन गरी ३३ के.भी. प्रसारण लाईनबाट नेपाल विद्युत प्राधिकरण बानेश्वर सव–स्टेशन मार्फत राष्ट्रिय प्रशारण लाईनमा उक्त आयोजनाको विद्युत आपूर्ति गरिनेछ ।