डिल्लीबजार स्थित संयुक्त शक्ती बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा पौष १ गते सम्पन्न भयो । संस्थाका अध्यक्ष डा. सुरेश प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा संस्थाका सचिव विश्वनाथ दहालले संस्थाको नीति तथा कार्यक्रम बारेमा बताउनु भएको थियो । उक्त कार्यक्रममा संस्थाका कोषध्यक्ष राधा बुढाथोकीले आ.व. २०७२÷०७३ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाले २,२०,०००÷– ऋण लगानी गरेको छ भने २०,१०,०००÷– बचत संकलन गरेको छ भने प्रत्येक वर्ष शेयर सदस्यहरुलाई १०५ नगद लाभांस वितरण गर्दै आएको छ ।
उक्त साधारण सभाले ४ वर्षको लागि नयाँ कार्य समिति पनि चयन गरेको छ । नव निर्वाचित कार्य समितिमा पुष्पराज प्रधान अध्यक्ष, राधा पुढाथोकी उपाध्यक्ष, विश्वनाथ दहाल सचिव, भरत तिमिल्सिना कोषाध्यक्ष र सदस्यहरुमा फणिन्द नेपाल, ज्ञानेन्द्र दहाल, निराकारमान सिंह रेग्मी र जिवराम भण्डारी निर्वाचित हुनुभएको छ ।
