बर्ष: ३३ | अंक: ३५ | शनिबार, भदौ १६, २०७५

स्व.जसुदा प्रधान स्मृति प्रतिष्ठानद्वारा सञ्चारकर्मी सम्मानित

काठमाडौं । स्वा. पत्रकार जसुदा प्रधान स्मृति प्रतिष्ठान द्वारा सञ्चारकर्मी पार्वता चौधरीलाई प्रसंशा पत्र तथा नगद रु. २५ हजार सहित आँज एक समारोहबीच सम्मान गरेको छ । सुश्री चौधरीले आफ्नो स्नाकोत्तरतहको अध्ययन पुरा गर्ने क्रममा स्व. पत्रकार जसुदा प्रधानको नेपाली पत्रकारिता क्षेत्रमा योगदान बारे सोधकार्य गर्नु भएको थियो । वहाको परिश्रमको कदर गर्दै प्रतिष्ठानले वहाँलाई सम्मान गरेको हो ।

स्व. पत्रकार जसुदा प्रधानको २०६७ सालमा निधन भएको थियो । स्व. प्रधानले नेपाली पत्रकारिता क्षेत्रमा तीन दशक भन्दा बढी समय योगदान पु¥याउनु भएको थियो । प्रतिष्ठानले पत्रकारिता बिषयमा स्नातकोत्तर तह अध्यनरत विद्यार्थीहरुलाई छापा पत्रकारिता बारे सोध कार्य गर्ने विद्यार्थीलाई प्रत्येक वर्ष सम्मान गर्ने गर्दछ । यस कार्यको लागि नयाँ बानेश्वर स्थित सेफर्ड कलेज र प्रतिष्ठान बीच साझेदारी भएको छ ।

(Visited 29 times, 1 visits today)