काठमाडौं । ‘भनिन्छ अतिवादी सिद्धान्तको कुनै सीमा हुँदैन ।’ ठ्याक्कै त्यस्तै गरी अतिवादी चरित्र देखाउँदैछन् सरकारका मन्त्रीहरू । अझ भनौ सरकार नै । प्रसङ्ग हो बाँझो जग्गा खाली राख्न नपाइने सम्वन्धमा । सरकारको नीति तथा कार्यक्रममा स्पष्ट भनियो – जसले खेतीयोग्य जमीन बाँझो राख्छ उसलाई कार्वाही गरिने छ । त्यसबापत जरिवाना तिराइने छ । तर त्यही सरकार र मातहतका मन्त्री कृषिमन्त्री हरिबोल गजुरेलले लोकलाई नै हँसाउने काम गरे । त्यो पनि रोपाई दिवसका दिन । असार १५ गते किसानले रोपाइ गरिरहँदा यी हरिले एउटा गमलामा धान रोपेर लोकलाई हँसाएका हुन् ।
तारे होटल अनि त्यो पनि सुख्खा गमला । यसले के संकेत दिन्छ ?
गत वर्ष सोही दिनका कृषि मन्त्री थिए हरि पराजुली । उनले लाजै पचाउने गरी रोपाइँमा गएका बेला सक्नुसम्म रक्सी धोकेकै भरमा एक महिलामाथि दुब्र्यवहार गर्न खोजे । त्यसको रमाइलो मानीमानी उनका आसेपासेले फोटो खिचे । त्यो फोटो सामाजिक संजालमा भाइरल भयो । त्यसकै कारण उनी पदबाट हटाइए । यसपटकको प्रसङ्ग फरक छ । हरिबोल गजुरेलले असार १५ कै दिन गमलामा धान रोपे पनि उनलाई केपी ओली सरकारले कार्वाही गरेन । किनकि सरकारको नीति छ ‘बाँझो खेत राखे कार्वाही गर्ने ।’ मन्त्री
गजुरेलले त बाँझो गमलामा फूलको सट्टा धान रोपेर धान दिवसलाई अझ मलजल गर्ने काम गरेका छन् ।
सरकारले कार्वाही गर्ने निर्धालाई हो । सुराकीलाई हो । विपक्षीलाई हो । गलत काममा अवरोध गर्नेलाई हो । मन्त्री गजुरेल त हरेक कुरामा संवेदनशील । एउटा चलचित्र हेर्दा क्वाँ क्वाँ रोए । जनयुद्धमा मान्छे मारेर यहाँसम्म आइपुगेका मन्त्रीले चलचित्रमा गाई मर्दा रोए । यो भन्दा ठूलो नाटक के हुन्छ । र पनि बेलाबेलामा माओबादीलाई सशस्त्र द्धन्द्धको आवश्यकता फेरि पनि छ भन्न पछि पर्दैन । अब धेरैलाई लाग्न थालेको छ सरकारमा कोही हरि गयो भने हरिबिजोग नै पार्छ । हरिवंश आचार्य अभिनित एउटा चलचित्र थियो ‘एकफेर हाँसिदेऊ’ । त्यो चलचित्र यति संवेदशनशील छ कि मान्छेको जीवनमा हाँस्ने फुर्सद हुँदैन । चलिचित्रको कथाले रुवाउन खुवै प्रेरित गर्छ । हरिको व्यक्तिगत जीवन त्यस्तै छ । तर उसले समाजका सबैलाई परेको विपद्मा एक्लो उपस्थिति जनाउँछ । चलचित्रमा कुनै काम प¥यो भने जसले पनि बोलाउने साझा सम्वोधन बन्छ ‘ए हरि !’ तर यहाँ त केही वर्षको अन्तरलाई तुलना गर्ने हो भने मन्त्री बनेका दुवै हरिले आफ्नो नक्शा जस्ताको तस्तै सार्वजनिक गरेका छन् । यस्ताबाट के अपेक्षा गर्नु ?
हरिबोलले जब यत्रो खेत हुँदाहुँदै तारे होटलमा गमलामा धान रोपे तब सो समयमा सामाजिक सञ्जालमा एउटै कुरा खुवै आलोचनाको विषय बन्दै आयो । त्यो हो ‘ए हरि ! तिमी पनि त्यस्तै ? अब हरि नै भइसकेपछि यति त गर्नै प¥यो नि । अरू हरि चाहींं यस्ता हैनन् नि ।