हिजो आज कमरेड पुष्प कमल दाहाललाई के भइरहेको छ ? उनी के बनेका छन् । केही महिनाभित्र दोस्रो पटक उनले प्रधानमन्त्री खड्ग प्रसाद ओली नेतृत्वको सरकारलाई सत्ताबाट हटाउने कुरा अभिव्यक्ति फिर्ता लिएका छन् । उनी कहिले आप्mनो नेतृत्वमा सरकार बनाउने बारेमा ओलीसँग भद्र सहमति भएको कुरा गर्छन् त कहिले ओली सरकारलाई नै समर्थन गर्छन् । दुई कदम अघि बढेर फेरि एक कदम पछाडि हिड्ने उनको यो प्रवृत्ति अहिलेको भने होइन । जनयुद्धको समयमा पनि उनको व्यवहार यस्तै थियो । तर अहिलेको यस्तो निर्णय गर्नै नसक्ने स्थितिको कारण चाँहि के होला भन्ने धेरैको मनमा प्रश्न उब्जिएको छ ।
दाहाल स्वयम् नै आपूm फेरि पनि प्रधानमन्त्री बन्छु भन्नेमा विश्वास नभएर पो हो कि ? पछिल्लो पटक दाहालले आफैले बोलेको कुराको विपरित गएपछि उनले कम्तिमा पनि छुिट्टएर गएका केही माओवादी समूहलाई माउ पार्टीमा ल्याएर संगठनलाई बलियो बनाउन सकेकोका गर्व गर्न सक्ने भएका छन् । पूmटेका समूहहरुसँग पुनः मिल्ने र संगठनको पुनः व्यवस्थापन त जनयुद्धको विशेष रणनीति नै भइहाल्यो ।
यति मात्र कहाँ हो र ? दाहालले ओली विरोधी षडयन्त्रको सम्पूर्ण दोष आप्mनो टाउकोमा लिन कांग्रेस अध्यक्ष शेर बहादुर देउवालाई बाध्य समेत बनाएका छन् । यस पटक दाहालले देउवाको काँधमा राखेर ओलीलाई निशानामा पारी बन्दुक चलाइरहेका छन् । कृष्ण बहादुर महरा, वर्षमान पुनः र जनार्दन शर्मा लगायतका सहयोगीहरुले दाहालको कामलाई धेरै नै सहज बनाइदिएका छन् । अब यस्तोमा दाहालले गर्न सक्ने भनेको ओलीको नेतृत्वमा सरकार बनदा उनले माओवादी नेतासँग गरेको नौं बुँदे सहमति लागू गर्नु कत्तिको महत्वपूर्ण छ भन्ने सम्झाउनु मात्रै हो ।
निष्पक्ष भएर भन्नु पर्दा, ओलीले किन प्रधानमन्त्रीको कुर्सी छोड्नु पर्छ भन्ने कुरा साबित गर्नका लागि दाहालसँग पर्याप्त कारणहरु छन् । वर्तमान सरकारले मधेशवादी दलहरुको माग पूरा गर्न सकेको छैन । सरकारका समर्थकहरुले यो कुरा नमान्लान् तर आलोचकहरुको आँखाबाट हेर्ने हो भने सरकारले आन्दोलनरत मधेशवादी दलहरुको मागलाई सम्बोधन गर्न सकेको छैन । फेरि जुन कामको लागि ओलीले सरकारको नेतृत्व गरेका थिए त्यो मुख्य काम (नयाँ संविधान लागू) सम्पन्न गर्न पनि सरकार असफल भएको छ । त्यसैले पनि ओलीले पछाडि हट्नु पर्ने तर्क पनि बलियो छ ।
आप्mनै दलभित्रबाट माओवादीका शीर्ष नेताहरुले कस्तो दबाब खेपिरहेको छ जोकोहीले सहजै अनुमान गर्न सक्छ । यति मात्र कहाँ हो र ? अन्य राजनीतिक दल र सबैभन्दा महत्वपूर्ण चाँहि ओलीको विरोध गरिरहेका विदेशी शक्ति केन्द्रहरुले पनि माओवादी नेताहरुलाई ओलीको सरकार ढलाउन दबाब आइरहेको छ । यो दबाब दिनदिनै बढ्दै गइरहेको छ । आगामी निर्वाचनलाई दृष्टिगत गर्दा माओवादी माथिको दबाब दिनानुदिन बढ्दै जानेछ ।
अन्ततः दुई ठूला कम्युनिष्ट पार्टीको गठबन्धनमा बनेको सरकार ढल्ने निश्चितप्रायः भएको छ । हुन् पनि यी दुबै एकअर्काबाट निकै फरक र स्वतन्त्र थिए । दुबै मेरो गोरुको बाह्रै टक्कको मूडमा छन्् । यति त ठिकै थियो । तर दाहाललाई अर्को प्रश्नले द्विविधामा पारेको छ । ओली पछि सिंहदरबारको भित्तामा कस्को फोटो झुन्डिएला ? ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि दाहालकै हातमा सत्ता आउला भन्ने ग्यारेन्टी पनि त छैन ।
दाहालको नेतृत्वमा आगामि सरकार बनाउने वार्ता चलाउनु भन्दा अगाडि नै नेपाली कांग्रेस माओवादीबाट गठबन्धन सरकारमा गएका सबै मन्त्रीहरु बाहिरिउनु र एमाले एक्लै होस् भन्ने चाहन्छ । उता, दाहाललाई भने कतै देउवा फेरि सिंहदरबार फर्कनका लागि त माओवादीको साथ दिइरहेका त छैनन् भन्ने चिन्ताले पनि सताएको छ । यस प्रयासमा देउवा असफल भएपनि उनको त केही बिग्रदैन । तर दाहालको छवि भने झनै खराब हुनेछ । यो उनको लागि हितकर नै हुनेछ ।
तर अहिलेको राजनीति सन्दर्भ निकै तरल । सरकारमा यस्ता उपप्रधानमन्त्रीहरु छन् जसले नयाँ संविधानको दुई ओटा मुख्य तत्वको नै विरोध गरिरहेका छन् । यसलाई प्रधानमन्त्री ओलीका समर्थकहरुले अभिव्यक्ति स्वतन्त्रताको संज्ञा दिँदै सरकारको बचाव गरिरहेका छन् । एक उपप्रधानमन्त्री आप्mना पार्टीका मन्त्रीहरुको साथमा पूर्व राजाको जन्मदिन मनाउन र उनलाई शुभकामना दिन जान्छन् । लोकतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बहस यथावत भएकै समयमा दाहालले नयाँ चरणको अस्थीरतालाई निम्त्याउन नसक्लान भन्न सकिन्न ।
यो परिप्रेक्ष्यमा ओलीसँग टेन्टभित्रै बसेर मोलमोलाइ गर्नु उनको लागि राम्रै हो । मन्त्रीमन्डलमा रहेका माओवादीहरुले राजिनामा दिइसकेको अवस्थामा आप्mनो लागि स्थिति सहज बनाउनका लागि दाहालले आप्mनै पार्टीबाट नयाँ मन्त्रहिरुको नाम पठाएर आन्तरिक दबाब कम गर्न सक्छन् । तर विगतमा दहाललको व्यवहारलाई केलाउँदा उनी फेरि पनि आप्mनो कुराबाट नउल्टेलान भन्न सकिदैंन ।