संयुक्त राष्ट्रसङ्घ (अमेरिका) । संयुक्त राष्ट्रसङ्घले फ्रान्सेली सहर नाइसमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै विश्व समुदायसँग आतङ्कवादविरोधी अभियानलाई थप सशक्त बनाउनुपर्ने बताएको छ । राष्ट्रसङ्घका महासचिव बान कि मुनले गत शुक्रबार फ्रान्सको नाइस सहरमा दिनदहाडै भएको ‘बर्बर एवम् कायरतापूर्ण आतङ्कवादी हमला’ को निन्दा गर्दै आतङ्कवादीलाई कानुनी दायरामा ल्याउनका लागि विश्वको ध्यान थप आकृष्ट हुने बताउनुभयो ।
उहाँले यस घटनामा संलग्न समूह र आक्रमणमा सहभागी हमलाकारीलाई कानुनी दायरामा ल्याई पीडितप्रति न्याय दिलाउन राष्ट्रसङ्घको पहल रहने पनि महासचिव बानले ले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस आक्रमणको निन्दा गर्दै यसलाई भयङ्कर आतङ्ककारी हमलाको सङ्ज्ञा दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ल पनि नाइस सहरमा भएको यस आतङ्ककारी आक्रमणको निन्दा गरेको छ ।
फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ८४ पुगेको छ । एकजना बन्दुकधारीले महोत्सव आयोजना भएकोे स्थानमा ट्रक छिराई ट्रकभित्रैबाट बन्दुकले हमला गरेका थियो ।
यसैगरी, फ्रान्सका राष्ट्रपति फास्वाँ अलान्दले फ्रान्सको बास्टिल डे अर्थात् राष्ट्रिय दिवसको दिनमा सो आतङ्ककारी आक्रमण भएको बताउनुभएको छ । यसअघि आक्रमणमा परी कम्तीमा ८० जनाको मृत्यु भएको र १८ जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली गृहमन्त्री बार्नार्ड क्याजेनुउभेले बताउनुभएको थियो । आक्रमणमा कैयौँ बालबालिका मारिएकामा छन् । घटनापछि राष्ट्रपति ओलन्दले फ्रान्समा तीन महिनाको सङ्कटकालको घोषणा भएको जानकारी दिनुभएकोे छ । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले निस आक्रमणमा घाइते भई अस्पतालमा उपचार गराइरहेका घाइते बिरामीलाई शुक्रबार भेट्नुभएको छ । फ्रान्सको रिभेरा सहरस्थित एक अस्पतालमा उपचारारतमध्ये करिब ५० जनाको अवस्था गम्भीर रहेको भेटपछि पत्रकारसँग राष्ट्रपति अलान्दले बताउनुभयो । उहाँले अस्पतालमा करिब २०० जनाले उपचार गराईरहेको पनि बताउनु भयो ।
राष्ट्रपति अलान्दले मृतक एवम् घाइते भएकामा कैयौँ विदेशी पर्यटक पनि परेको बताउनुभएको छ । तर उनीहरूको राष्ट्रियता भने खुलीनसकको बताइएको छ । उहाँले मृतकमध्ये केही कलिला बालबालिकासमेत रहेका बताउनुभयो ।
मृतक तथा घाइते सबैको परिचय खुलिनसकेको बताउँदै उहाँले भन्नुभयो, उनीहरू फ्रान्सेली नागरिक मात्र नभई युरोपेली, अन्य महादेशका विभिन्न मुलुकका नागरिक रहेको भनी संक्षिप्त जानकारी दिनुभयो ।