काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आक्रोश पोखेका छन् । लोकतन्त्र दिवसको अवसरमा ट्वीटरमा सन्देश दिँदै उनले लोकतन्त्रको रक्षार्थ ओलीतन्तको अन्त्य गर्न उनले जोड गरेका छन् ।
यसो लेखेका छन् ट्वीटरमा, ‘कोरोनापीडित आमजनता र लकडाउनरभोकपीडित श्रमिकलाई औषघी,खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अव विदा गर्नुको विकल्प छैन। दलीय घेराभन्दामाथि उठौं । ओलीतन्त्रको अन्त्य गरौं लोकतन्त्रको रक्षा गरौं ।’