काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सात लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बिश्वभर फैलिएको कोरोना भाईरस महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाईरसबिरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने आशा कम्पनीले गरेको छ ।
यस सहयोगका साथै यस कंम्पनीको क्षेत्रिय तथा शाखा कार्यालय मार्फत नेपालभरको बिभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पी.पी.इ. लगायतका सामानहरु समेत हस्तान्तरण गरेकोे कम्पनीले जनाएको छ ।