काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो बि।सं २०७७ को ई–क्यालेन्डर सार्वजनिक गरेको छ । हाल विश्वभर फैलिएको कोरोना भाइरसको विषम परिस्थितिलाई ध्यानमा राखी एभरेष्ट बैंकले आफ्नो ई–क्यालेन्डर सार्वजनिक गरेको छ ।
हालको कठिन परिस्थितीमा बैंकले सबैलाई ई(क्यालेन्डर प्रयोग गरी नेपाल सरकारलाई कोरोनाको रोकथाममा सहयोग पुर्याउनको लागि मद्दत गर्न अनुरोध गरेको छ ।
कोरोनाको महामारीको रोकथाम भए पश्चात् मात्र बैंकले आफ्नो प्रिन्ट गरेको क्यालेन्डर वितरण गर्ने जनाएको छ ।
नयाँ वर्षको ईक्यालेन्डर…मन्दिरको शहर हाम्रो सम्पदा, हाम्रो धरोहर, हाम्रो पहिचान’को मुख्य विषय अन्तर्गत सार्वजनिक गरिएको हो ।
हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन् ।