लामो समयदेखि बन्द सेयर बजार आइतबारबाट खुल्ने

अर्थ

काठमाडौं । सेयर कारोबार आगामी आइतबारदेखि सुरु हुने भएको छ । सरकारले बुधबार एक तिहाइ कर्मचारी राखेर बैकिङ, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेसंगै सेयर कारोबार आइतबारदेखि खुल्ने भएको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सरकारले उक्त निर्णय गरेसँगै आइतबारबाट सेयर कारोबार खुल्ने बताएका छन् । कारोबार दैनिक कति समय खुला गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

यसबारेमा नियामक निकाय धितोपत्र बोर्ड र अन्य सरोकारवालासँग छलफल गरेर आवश्यक निर्णय गरिने भएको छ ।

अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा आएपछि सेयर कारोबार खस्किएको छ । कोरोना भाइरसका कारण भने देशको समग्र क्षेत्र डामाडोल छ ।