कोरोना संक्रमित नेपालमा बढेको बढ्यै, १२१२ पुगे, विश्वमा १०३ औं र एसियामा ३१ औं स्थानमा

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १,२१२ पुगेको छ । शुक्रबार एकै दिन सबैभन्दा बढी १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमित १,२१२ पुगेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अहिलेसम्म २०६ जना निको भएका छन् । शुक्रबार १९ जना डिस्चार्ज भएका छन् । काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट २ र दाङको कोरोना विशेष अस्पतालबाट ८ जना शुक्रबार डिस्चार्ज भएका हुन् । निको भएर डिस्चार्जसंगै २०६ पुगेका हुन् ।

कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको हो । भारतबाट आएका उनको नेपाल भित्रिएपछि ज्यान गएको थियो । कपिलवस्तुको नाकाबाट उनी भित्रिएका थिए । उनको जेठ १० गते ज्यान गएको थियो ।

बिहीबार जेठ १५ गते कोरोना पुष्टि भएको थियो । अहिलेसम्म ५२ जिल्लामा कोरोना फैलिएको छ ।

मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा छन् । संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ।

ह्वात्तै बढ्दो
पछिल्लो हप्तादेखि निकै बढेका छन् । एकैदिन १७० थपिएपछि निकै बढी भएको हो । विश्वमा संक्रमितको संख्या अनुसार नेपाल १०३ औं स्थानमा रहेको छ ।

त्यस्तै एसियामा ३१ औं स्थानमा रहेको छ ।