‘गणेशमानको छोरा भन्दैमा म सभापति बन्न अयोग्य हुने हो ?’

राजनीति


काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई गणेशमानको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो भनी प्रश्न गरेका छन् ।उनले १४ औं महाधिवेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । ‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो?,’ उनले भने, ‘अरुको छोराहरूले त अवसर पाएका छन् त ।’ नेता सिंहले उपत्यकाले आफ्नो
नेतालाई सधै सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरू पछि परेको उल्लेख गरे । ‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने, बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काकाबासीले कहिलेसम्म बोक्ने ?’ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले उपत्यकाबासीले बाहिरबाट आएका नेताहरूलाई मात्र अघि बढाएको भन्दै दुखेसो पोखे ।