प्रजातान्त्रिक अभ्यास ः चुनाव गर्ने होइन ताली पड्काएर नेता…

यताउताका कुरा

यताउताका कुरा
– घुमन्ते
नेपालमा नौलो प्रकारको प्रजातन्त्रको उदय भएको छ । प्रजातन्त्रमा उम्मेदवार बन्ने, भोट हाल्ने, धेरै मत पाउनेले जित्ने परम्परा थियो । नेपालमा त पार्टीको मुखियाले नाम भन्ने अरुले ताली पड्काउने, यतिकै भरमा नेता बन्ने । यसैलाई लोकतन्त्र पनि भन्ने गरिन्छ अर्थात लोक हसाइको काम । म नाइके भएपछि भाइनाइकेदेखि कामदारसम्म मैले नै छान्न पाउनुपर्छ कार्यकर्ताको भोट भनेको देखाउने दाँत(त्यसको कसले भर गरोस् बरु चपाउने दाँत भनेको नेताहरूको निर्णय हो, त्यसैलाई ताली बजाएर स्वागत गर्नु अरुको काम । नेपाली कांग्रेसमा चुनावको नाटक त गरियो, ज–जसले हारे पार्टी सभापतिले टपाटप टिपेर उनीहरूलाई नेता बनाइदिए । नेता बनाउने जनताले वा पार्टीका कार्यकर्ताले हो र–नाइकेले हो । अहिले आपूmलाई मन परेकाहरूलाई धमाधम मनोनीत गर्दै देउवाकाजीले प्रजातन्त्रको असलीरूप देखाउँदै छन् । आफ्नो मनमा जे आउँछ त्यसै गर्नु नाइकेको असली धर्म हो । निर्वाहमा नेपाली कांग्रेस अरुभन्दा किन पछि पर्ने ।
जसो जसो परेतबाजे उसैउसै स्वाहा(कम्रेड ओलले चितौन महाधिवेशनमा पण्डितले वेद पाठ गरे सरह केन्द्रीय समितिमा राख्नेहरूको अर्थात उनलाई मनपर्नेहरूको नाम भट्भटाए–प्रतिनिधिहरूले गडगड ताली पट्काए–प्रजातान्त्रिक अभ्यास पूरै कार्यान्वयन भयो । अहिले त्यही प्रक्रिया घाँटीको हाड भएको छ । ओलीकै पदचिन्हमा प्रचण्ड कम्रेड हिँडे । दुईचार दिन खुबै नाटक गरियो–माओवादीहरू निर्वाचनको माध्यमले आफ्नो नेता छान्दछन् भन्ने । अकस्मात उम्मेदवारी दर्ता गरे बेलामा चुनाव रोकेर सहमतिको प्रयास भनियो । भोलिपल्ट त्वमेव माता च पिता त्वमेव गर्दै कम्रेड प्रचण्डको हातमा नाम लिने अधिकार दिइयो । ओलीले त पूरै सदस्यको नाम उच्चारण गरेका थिए–कम्रेड प्रचण्डले भने अधकल्चो केन्द्रीय समिति बनाएर एकथरिलाई लोभ देखाएर राखे । नेपालमा अब प्रजातन्त्रको परिभाषा गर्दा नयाँ अवधारणा ल्याउनु पर्छ । जनताले, जनताका लागि भन्ने सट्टा नेताले नेताका लागि गर्ने छनौट नै प्रजातन्त्र हो भन्नुपर्ने भयो । काँधमा बोकेर लगेको कुकुरले मृग मार्छ भन्ने सोचाइ राख्ने हाम्रा नेता नाइकेहरू पनि बोकेर दौडाएका कार्यकर्तालाई नेता बनाउने सपना देख्छन् । त्यसो त यसपालिका सबै पार्टीका महाधिवेशन सकिहाल्यो–अर्को पाँच वर्ष कसैको तागत छैन पदबाट हटाउन । आपूm मरेपछि…राजा भने झैं पाँच वर्ष पछिसम्म पार्टी भाँडमै जाओस्– कसलाईके वास्ता ?। आफ्नो पालोभरि मोज गर्ने हो ।


आरजु कि भावी परराष्ट्रमन्त्री


आरजु भाउजुले दिल्लीमा पुगेर विजेपीका चौथाइवालेलाई भेटिन् । पशुपतिको जात्रा सिद्राको व्यापार–त्यसो त निहुँ बिरामी भाइलाई भेट्न गएको तर भेट्न पुगिन् चौथाइवालेलाई । यसपल्ट चौथाइवालेलाई भेटिन् अर्कोपल्ट आधामानावाले अर्थात परराष्ट्रमन्त्रीलाई भेट्छिन् अनि मौका पारेर मानवाले अर्थात प्रधानमन्त्रीलाई भेटेर मनको दर्द बताउँछिन् । त्यसो त अहिले गुजरात जान खोज्दैछिन्, भारतीय प्रधानमन्त्री पनि जाने, यतिखेर भित्ताको पनि कान हुन्छ भनेझैं धेरै मान्छे भएको ठाउँमा आफ्ना कुरा राख्न नमिल्ने । अर्कोपल्ट सुटुक्क गएर भेटेको हो–मनका कुरा बताउने हो । बरु भाइ अलिदिन औषधोपचारको नाममा अरु केही दिन दिल्लीमै बस्ने हो–त्यतिखेर जाने(भेट्ने र भविष्यमा तत्काल परराष्ट्रमन्त्री र दीर्घकालमा प्रधानमन्त्री नै बनाइदेउ भन्ने हो । शुरुवात राम्रै छ– पार्टीका परराष्ट्र, त्यो पनि नेपाल हेर्ने नेतासँग फुर्सदसँग भेट्न पाउनु राम्रै हो । भाउजु विस्तारै नेताको भरेङ चढ्न थालेकी छन्–देउवादाइलाई आरजुलाई राजनीतिमा स्थापित गर्नुछ । त्यसैले राजनीति र कूटनीति एकसाथ सिक्दै जाओस् भन्ने छ ।
भारतलाई आरजुको भारत भ्रमण के खोज्छस् काना आँखो भएको छ । कुलकी छोरी मूलको पानी सबैले चाहने कुरा हो । आरजु भाउजु कुलकी छोरी हुन्–जसको जीवा नेपालका जल्दाबल्दा प्रधानमन्त्री थिए । खान्दानी राणाकी छोरी–पुस्तौनी विरासत थाम्दै भोलि प्रधानमन्त्री भइन् भने केको आश्चर्य । नवपुस्ता भन्न उनको उमेरले दिएकै छ । पति बुढा भए के भयो त उनी अझै शासन हाँक्ने आँट राख्छिन् । धनको दुःख छैन–प्रधानमन्त्ती भएपछि श्रीमानको बेग्लै अतिरिक्त कमाई, व्यापारबाट आफ्नो छुट्टै कमाई, चुनाव लड्छु भनेपछि हुनेखानेहरूबाट आउने चन्दा बेग्लै । अनि ठूलै पद ताकेपछि आफ्नालाई पनि चुनाव खर्च बाँड्न नै प¥यो । कम्रेड ओलीले तीन कुम्ल्याए जति रकम एक वर्षमा आउँदैन–अनि मित्रराष्ट्रका मित्रहरूसँग मागमुग गरेर भए पनि पैसा बटुल्नै प¥यो । जेहोस्–पहिले चौथाइवालेसँग भेट गरेर नेपालमा राजनीतिको भरेङ चढ्ने, पहिलो खुड्किलो परराष्ट्र मन्त्रालयमा, दोस्रो खुड्किलो उपप्रधनमन्त्रीमा गर्दै दिल्लीमा अन्तिम पडाव भनेझैं राजनीतिको अन्तिम पडावमा पुग्ने आरजु भाउजुको कामना पूरा होस् । घुमन्तेको भित्री इच्छा यही नै हो ।


नारायणहिटी ः व्यक्तिको मस्ती


अरु मुलुकमा ऐतिहासिक सम्पदा जोगाएर राख्छन् । पर्यटकको मन तान्ने बनाउँछन् । तर हाम्रो चालढाल नै बेग्लै–हामी भएका कुरा तहसनहस पाछौंं । कम्रेड योगेश पर्यटनमन्त्री भएको बेला उनको कानमा बतास पस्यो, बतासको भनाइ उनको मनभित्र बस्यो । आपूmलाई फाइदा हुन्छ भने केको पुरातत्व केको इतिहास । अनि कानमा पसेको बतास नारायणहिटीभित्र पस्यो । सस्तो भाडामा आपूmले पाउनुपर्छ भनेर घुँडा धस्यो । के कतिमा कुरा मिल्यो कुन्नि–सस्तो भाडामा बतासले तर मार्ने भयो । कहाँबाट कुरा खुस्क्यो कुन्नि–यतिखेर नारायणहिटी भित्र रेष्टुराँ–बार खुल्ने खबर व्यापक भएको छ । अघिल्लो पर्यटन मन्त्रीले जौ तिल समातेर दान गरेको जग्गा हालका मन्त्रीले बेचे–कसले बनाउने रेष्टुराँ–म पनि देखाइदिन्छु भनेर आदेश दिए काम रोक्नु । हाम्रो देशको चलन–मन्त्रीले लिखित नदिने–मौखिक आदेश । योगेश भट्टराईको मौखिक आदेशमा थालिएको काम प्रेम आलेको मौखिक आदेशले रोकिएको छ । धन्न प्रेम आलेले इतिहास मास्न हुन्न भन्ने सोचाइ ल्याएछन् । त्यसो त लिखितम्का अगाडि वखितम्को के चल्छ र ?। बतासले लिखितम् अधिकारलाई प्रेम आलेको वखितम्को शक्तिले कति पछि हटाउन सक्ला । अदालतले आफ्नो फैसउलामा लिखितम् बलियो भने पछि अरु हिस्स बुढी हरिया दाँत । भन्नुहोला–नारायणहिटीभित्र व्यक्तिले जाँडरक्सीको कारोबार गर्न पाउँछ भने भोलि लुम्बिनी बगैंचादेखि पशुपति वनमा यस्तै भट्टी खोल्न किन नपाइने । भन्ने बेलामा धार्मिक थलो पशुपति क्षेत्र र लुम्बिनी भन्ने–धर्म भनेको कसैको पेट भर्नु र कसैले कुस्त धन कमाउनु पनि होइन र ? हरिद्वार घुम्न जानेले कमण्डलुमा रक्सी हालेर ओम शम्भो भन्दै यताउता घुम्ने र मौका पर्नासाथ ठाडो घाँटी लगाएर गंगाजल खाएको नक्कल गरेझैं हाम्रा नेताहरू कुन धार्मिकस्थल, कुन ऐतिहासिक स्थल–जताबाट आउँछ उसैको सोझो चिताउने न हुन् । नत्र नारायणहिटी एउटा स्मारक नै हो, ऐतिहासिक थलो नै हो(किन बतासको जिम्मा लगाएको होला त्यसो त तीर्थयात्रीको सुविधाको लागि भारतले बनाइदिएको धर्मशालालाई होटेलमा किन बदल्थे । जहाँजहाँ ऐतिहासिक र धार्मिकस्थल, त्यहाँत्यहाँ बतासको मस्ती । हेर्नु बाँकी छ(अब अर्को कुन ठाउँ बतासको परिधिमा आउँछ–यतिखेरको बतास नयाँ आङ् छिरिङ् । भविष्यमा मार्सी पनि सही ठाउँमा पुग्न बेर छैन ।


गुटबन्दी होइन छुटबन्दी


नेपाली कांगे्रसमा एकताका देउवाविरुद्ध निकै गुटबन्दी गरेर इतरपक्ष भनेर नाम कमाएका रामचन्द्र बाजे यतिखेर इतरपक्षमा बसेर केही नहुने भयो भनेर त्यताबाट छुट्टिए र देउवालाई अप्रत्यक्ष रूपमा सगाउन पुगे । इतरपक्षबाट उनी छुटबन्दीमा परे । शेखरको मिटिङमा रामचन्द्र आउट अर्थात छुटबन्दी नेता । लाग्यो होला–यसपल्ट देउवालाई भित्रभित्रै सगाए अब आउने चुनावमा जिताइ देलान्–उस्तै परे प्रधानमन्त्री नै पनि बन्न सकिन्छ । तर देउवाले राष्ट्रपति पदको ललीपप देखाएर आफ्नो पक्षमा पारेका–रामचन्द्रलाई जिन्दगीमा एकपल्ट कसो प्रधानमन्त्री न बनिएला भन्ने लोभ । कांग्रेसमा गुटबन्दीको परम्परा धेरै पुरानो हो–विश्वेश्वर, मातृकाबाट शुरु भएर गिरिजा, कृष्णप्रसादसम्म आएको गुटबन्दीको लहरो देउवाले तानेर ल्याए । अब यतिखेर रामचन्द्रले त्वम् शरणम् गरेर हातखुट्टा भिके तर अर्को तत्व देखा परिहाल्यो ।
डा. शेखर कोइराला अब देउवा विरोधी खेमाको एकछत्र नेता । अब देउवाको निदहराम गराउने कोही हुन्छ भने शेखर कोइराला । तीन कोइराला शशांक, शेखर, सुजाता किनारा लागिहाले । सुजाताले आपूmलाई सके उपप्रधानमन्त्री, त्यति नभए रक्षामन्त्रीको पदमा दावी गर्ने र मन्त्री भएपछि सत्तामा हावी हुने उनको मनसाय बुझेर होला–काजीले केन्द्रीय समितिको सदस्य बनाएर मुख बुझो लगाइहाले । शत्रु खोज्न बाहिर जानु पर्दैन भन्ने नेपाली चलन कोइराला परिवारले देखाइहाले । तीन मध्ये कुनै एउटा अगाडि बढ्न चाहे अर्कोले खुट्टो तान्ने परम्परा अब कोइराला परिवारमा मलजलसहित हुर्कदै जाने भयो । गुटबन्दी भन्दा पनि फुटबन्दीले कोइराला परिवारमा धमिरो लाग्ने पक्कै भयो ।


अन्त्यमा–
पहिलो सरकारले ओली, यती र बतासको भलो ग¥यो यो सरकारले कसलाई सपार्ने ?