सम्पादकीय
कूटनीति लगायत प्रायः सबै विषयमा सरकार असक्षम नै देखिएको हो त ! महिनौंदेखि बीस राष्ट्रको राजदूत खाली भएको छ, भारतको लागि नियुक्त गरिएको डा. शर्मालाई तीन महिना बित्न लाग्दा पनि एग्रिमो आएको छैन । अमेरिकाबाट डा. खत्रिलाई एग्रिमो आउन अमेरिकाले एमसीसी पास हुनुपर्ने शर्त राखेको देखिन्छ । एमसीसी पास हुने निश्चयता भएपछि मात्रै डा. खत्रिको एग्रिमो आएको थियो । त्यसरी नै चीनले खुलेरै एमसीसीको बारेमा आफ्नो असन्तुष्टि प्रकट ग¥यो, त्यत्तिले नपुगेर चिनियाँ विदेशमन्त्री स्वयं नेपाल आएर कूटनीतिक हिसाबले दुःख व्यक्त गरेका छन् । युक्रेन र रुसको लडाइँमा आफ्ना दुई छिमेकी राष्ट्र चीन र भारतले कुनै पनि प्रतिक्रिया नदिइरहेको बखतमा नेपालले आपूmलाई अमेरिकन लाइनमा छौ भन्न देखाउन या ठूला राष्ट्रले साना राष्ट्रलाई थिचोमिचो गर्न हुन्न भन्ने संकेत दिन होला विरोध जनायो । अपरिपक्व कूटनीतिकै कारण नेपाल संसारमा कुनै बेला बेसहारा हुन नपुगोस् यसबारे कूटनीतिमा चाख राख्नेहरुले सोच्नुपर्ने देखिन्छ ।
त्यसरी नै केही समय यतादेखि असुरक्षा र मूल्यवृद्धिले आम नेपालीलाई कष्ट दिइरहेको छ । कोभिडको कारणले कष्टकर जीवन बिताइरहेका नेपालीले मूल्यवृद्धि र अभावमा पर्नु परेको छ । सरकार, पार्टी र सरोकारवालाहरु कसैले पनि मल्हमपट्टि लगाउनेतर्फ चासो देखाएको देखिन्नन् । सबै आफ्नो दुनो सोझ्याउनेतर्फ मात्रै तल्लीन देखिन्छ । यस्तै हाहाकारको बेला सरकार भने आफ्नो संवैधानिक हिसाबले आफ्नो अस्तित्व कायम राख्न चुनाव गराउन तम्सेको छ । २०७९ साल वैशाख ३० गते स्थानीय निर्वाचन गर्न सरकारले निर्वाचन आयोगलाई बताइसकेको छ । निर्वाचन आयोग पनि स्थानीय निर्वाचनको लागि आवश्यक सबै प्रक्रियाहरू अघि बढाएको देखिन्छ । तर आम जनता मतदाताहरूमा भने चुनावप्रति त्यत्ति उत्साह भने देखिँदैन । अहिलेसम्मका जनप्रतिनिधिहरू आफ्ना मतदाताहरुलाई के कस्ता दुःख सुखमा साथ दिएका थिए । अरु साँच्चै समाजसेवी प्रतिनिधिकै रुपमा देखिएलान् भनेर चुनावबारे उत्साहभन्दा निरुत्साह नै देखिन्छन् । यस्तो माहोलबीच हुने निर्वाचनले संवैधानिक औपचारिकता बाहेक अरु केही पनि देखिँदैन । आफ्नो सिद्धान्तभन्दा सत्ता प्राप्तिको लागि मात्र हुने निर्वाचनको परिणाम, विगतमा देखिएका पार्टीभित्रै देखिएको गुट उपगुटले मुलुकलाई अधोगतिबाहेक अरु केही उपलब्धि हुन सक्दैन ।
अघिल्लो पटक नेपाली जनताले ओलीले नेतृत्व गरेको एमालेलाई झण्डै दुईतिहाईको मतले विजय गराए तर दुर्भाग्य त्यही पार्टीभित्र भएको खिचलोकै कारण ओली सरकारले पूरै अवधि काम गर्न पाएन । अहिले भएको मिलिजुली सरकारले पनि भागवण्डाकै कारण कुनै पनि काम गर्न सकिरहेको छैन । हिजो एमाले पार्टी फुट्दा पूर्वमाओवादी त आफ्ना सिद्धान्त लगायत अर्कै पार्टी भएकै कारणले फुट्यो होला तर एमालेकै माधव नेपाल भने १४ जना माननीय लिएर ओलीसँग राम्रो भाग नपाएकै कारण फुटे । त्यसो त आगामी निर्वाचनमा महाकाली सन्धि जस्तो राष्ट्रिय कुरा उठाएर वामदेवले पार्टी फुटाए पनि जनताले वामदेवलाई अस्वीकार गरे तर अहिले माधव नेपाल त आपूm र आफ्नो गुटको भाग नपुगेकै कारण पार्टी फुटाएकाले नेपाली जनताले राम्रै पाठ पढाउने छन् त्यसमा कुनै पनि सन्देह देखिँदैन ।
तर जे जस्तो भए पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय बदलिँदो अवस्थामा नेपाललाई एउटा कुशल नेतृत्व हुनुपर्ने थियो, तर अहिले प्रतिपक्षले भने जस्तो परमादेशबाट बनेको देउवा सरकार पूरै असफल देखिन्छ । न आर्थिक, न सामाजिक नकि कूटनीतिक हिसाबमा । विगतमा ‘असक्षम’ भनेर हटाइएका देउवाले फेरि ‘असक्षम’को पदवी भने नलगाउन् ।