शाही युवा शक्तिद्वारा चेतावनी

समाचार

काठमाडौं । शाही यूवा शक्ति नेपालले ११ औं स्थापना दिवसको अवसरमा चैत २१ गते हिन्दुराष्ट्र र राजसंस्था पुनस्थापनाको पक्षमा विशाल ¥याली निकालेर नारायण– हिटी कब्जामा लिने चेतावनी दिएको छ । हालै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाही युवा शक्तिले त्यस्तो चेतावनी दिएको छ ।
शाही यूवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजसंस्थाको पक्षमा अन्तिम लडाईँ लड्न चैत २१ गते सडकमा आउन आम नेपाली जनतामा आग्रह गरे । उनले फेसबुकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने जनता सडकमा
आउनुपर्ने बताएका थिए । खड्काले भने, ‘काठमाडौं उपत्यकाका हरेक चुनावी क्षेत्रमा गणतन्त्रको विरोधसभा र राजसंस्थाको स्थापना भनेर कार्यक्रम गर्नेछौं ।’ चैत २१ गते रत्नपार्कमा भेला भएर ¥याली निकालेर नारायणहिटी दरबारमा जाने र हाते साङ्लो बनाएर जनताको कब्जामा लिने कोशिस गर्ने बताए । अहिलेको अवस्थामा गणतन्त्रले सिमा नाघेको भन्दै फलस्वरुप एमसीसी पास भएको बताए । राजसंस्था र हिन्दुराष्ट्र तत्काल नफर्किए नेपाली जनताले दुःख पाउने तर्क गर्दै भने ‘नेपाली जनता कुनै देशको सरणार्थी हुनेछन् । त्यसैले अब जनताले सशक्तरुपमा आवाज उठाउन पर्छ ।’
खड्काले आफूहरु राष्ट्रका लागि जुनसुकै आहुति दिन तयार रहेको भन्दै नेपाली जनताले साथ दिनुपर्ने बताए । ‘राजा हुँदा हामीसबै नेपाली जनता थियौं तर, लोकतन्त्रका नाममा गणतन्त्र आएपछि हामीसबै कार्यकर्ता भएका छौं । त्यसैले नेपाली जनताको अस्तीत्वको बचाउनको लागी गणतन्त्र फाल्नुपर्छ,’उनले भने । शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाले विगत दश वर्ष देखि सहयोग गर्ने सम्पूर्ण नेपालीप्रति आभार प्रकट गरेका थिए । राजनीतिक दलका नेताहरुलाई ‘छोटे राजा’ को संज्ञा दिदै नेताहरुले देश बेचेर खाएको आरोप लगाउँदै उनले पूर्वराजा ज्ञानेन्द्र शाहालाई पुनः गद्दीमा बसाल्ने दाबी गरे । उनले देशका ४० जिल्लामा आफुहरुले संगठन विस्तार गरिसकेको जानकारी दिए ।
शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य रामकुमार बस्नेतले आफूहरुले दश वर्ष पहिला पहिलोपटक गणतन्त्र विरोधी अभियान सुरु गरेको स्मरण गराउँदै राजतन्त्र फालेकोमा नेपाली जनता पछुताएको बताए । एमसीसीको नाममा सरकारले युरेनियम बेच्च लागेको आरोप लगाए । शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य हरिराम गौतमले देशमा रहेका विकृतिलाई जनतामाझ ल्याएर शाही यूवा शक्तिले राजसंस्थालाई पुनस्थापना गर्ने दाबी गरे । उनले भने, ‘विदेशमा बेचीएका चेलीहरुलाई नेपाल फिर्ता ल्याएर नेपालमै पुनस्थापना गर्ने काममा अब हामी लाग्नेछौं ।’
शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य राजकुमार गिरीले सरकारले देशको अर्थतन्त्र धोस्त पारेको बताउँदै सरकार चलाउने नेताहरु विदेशीको गुलाम भएको आरोप लगाए । उनले नेपाली जनता अबका दिनमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दिन आएको भन्दै शाही यूवा शक्ति नेपालको अभियानमा जोडिनको आग्रह गरेका थिए । ‘पुर्व राजा ज्ञानेन्द्र शाहालाई श्रीपेच लगाएर हामीले छिटै नारायणहिटीमा फर्काउने हो यसमा नेपाली जनताको सहयोग चाहिन्छ,’उनले भने । शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य कविन्द्र देउजाले विदेशी दलालहरुले देशमा धर्मनिरपेक्षा लागु गरेको आरोप लगाउँदै हिन्दुराष्ट्र नेपाल र नेपाली जनताको हितमा रहेको बताए ।
शाही यूवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम वैदारले आफुहरुले सडक संघर्षको माध्यमबाटै राज संस्था फर्काउने उद्देश्य लिएको भएपनि नेपाली जनताबाट साथ नपाएको गुनासो गरे । साथै, शाही यूवा शक्ति नेपाल र राप्रपा बीच एकताका लागि वार्ता भइरहेको समेत जानकारी दिए । ‘नेपाली जनता सडकमा आउन नचाहेको जस्तो देखेर हामी भोटबाट केहि हुन्छ की भनेर वार्तामा लागिरहेका छौं,’ उनले भने । कार्यक्रमको संचालन शाही यूवा शक्ति नेपालका प्रवक्ता गोविन्द ढुङ्गानाले गरेका थिए । २०६८ सालमा स्थापना भएको संस्थाले अहिलेसम्म बिभिन्न संघर्ष गरिरहेको स्मरण गर्दै उनले भने, ‘एमसीसीको विरुद्धमा पहिलो पटक आवाज उठाउने संस्था पनि यहि हो ।’ उनले नेपाली नागरिकले गणतन्त्रका कारण सुखको स्वास फेर्न नपाएको भन्दै राजसंस्थाको पुःनस्थापना हुनुपर्ने औल्याए । उनले आफूहरुले पृथक संघर्षका कार्यक्रम गरिहेको भन्दै जनतालाई शक्तिको रुपमा उजागर भएर सडकमा आउँद आह्वान गरे । – आशिष रेग्मी