ययाती आत्मश्लाघाले स्वर्गबाट गिरे तल–यो श्लोक यतिखेर ओली बामा ठ्याक्कै लागू भएको छ । चुनावको एकदिन अघिसम्म गठबन्धनका पाँच दललाई आफ्नो पार्टीलाई क्वीन्टल भन्दै आएका ओली बा अहिले आफ्नो हैसियत केजीमा झरेको अनुभव गर्न थालेका छन् । नेपालीको ठ्याक्कै मिल्ने शब्द ‘मैमत्ता’ भएका कम्रेडलाई साइजमा ल्याइएको छ । शक्तिको दम्भले सधैं गम्म फुलेर बस्ने अनि अरुलाई भुसुना जति नगन्ने बानीले यतिखेर सडकमा ल्याएर पछा¥यो । पार्टीमा आपूmभन्दा पुरानालाई खेदेर यो घरमा सबैमा तातो चुलोमा बस्न पाइन्थ्यो भन्ने ढाडे बिरालाको परिकल्पना गर्दै माधवदेखि वामदेवसम्मलाई पार्टीभित्र टिक्न नदिएको हो । तर कहिले सासुको पालो कहिले बुहारीको पालो भनेझैं अब सत्ताको स्वाद खाने कांग्रेस हुन पुग्यो । घर फुटे गँवार लुटे उखान चरितार्थ गर्दै वामपन्थी फुटे–कांग्रेसले चुनावमा धेरै सीट लुटे भएको छ । मुखबाट खुस्केको बोली र बन्दुकबाट छुटेको गोली फिर्ता आउँछ–हिजोसम्म गरेको गाली चोख्याएर चोख्खिँदैन–अति सर्वत वर्जयेत् म भनेकै पार्टी र पार्टी भनेकै म को घमण्ड चूरचूर भएको छ ।
अब थाल्ने कि पुराना मित्र फकाउन । तपाईमाथि ठूलै धोका भयो भनेर साँखुल्ले बन्दै कतै आपूmतिर तान्न सकिन्छ कि ? कम्रेड प्रचण्डको हातमा तराजु सन्तुलन मिलाउने शक्ति गएकोले जसो भन्छौ कम्रेड त्यसै गरौंला भनेर ओलीको पछि लाग्लान् जस्तो छैन, बरु म प्रधानमन्त्री बन्ने तालसुर मिलाउँछु, त्यसमा सही ठोकिदिने हो भने विचार गरौंला । अब त्यति सजिलो छैन, कम्रेडहरूलाई एउटै दाम्लोले बाँध्न । बरु उल्टै एकपल्ट पार्टीले चुनाव हार्दा माधव कम्रेडले राजीनामा गरेर नैतिकताको जिम्मा लिएका थिए, अब एमाले भित्र पनि खुसुर फुसुर चलेको छ–ओली कम्रेडले पार्टी प्रमुख छाड्नु पर्छ भन्ने । अब थप रामवीर मानन्धरहरू देखा पर्दै गए–अप्ठेरो पर्न सक्छ । आखिर दम्भ र डिक्टेटरसीले धेरै दिन टिक्न गाह्रो हुने कुरालाई हेरेर अब नैतिकता देखाउने हो कि ? नत्र अहिले क्वीन्टलबाट केजीमा झरेकोमा भविष्यमा केजीबाट पाउ (२०० ग्राम) मा झर्न नपरोस् ।
पाँच वर्षपछि अर्को एउटा गाईजात्रे नाटकको अन्त्य भयो । कलाकारहरू थरिथरि पार्टीका नेताहरू थिए–एक प्रकारका पपेटजस्ता नेपालीमा भन्दा कठपुतली जस्ता आफ्नोपन केही थिएन–न त एमाले र माओवादीसँग माक्र्सका सिद्धान्त थियो न त कांग्रेससँग समाजवाद । उनीहरूलाई कसैले बाहिरबाट कठपुतली नचाएजस्तो नचाइरहेको थियो भने उनीहरूले कार्यकर्तालाई नचाइरहेका थिए । आपूm कसैले नचाइराखेको छ भने आपूmले अरुलाई नचाउनु पर्छ । सबभन्दा नचाउन सजिलो ठेकदार, विचौलिया र दलालहरू थिए । पहिले नेताले उम्मेदवारहरूलाई चुनाव खर्च दिन्थे–यसपल्ट उम्मेदवार हुन चाहनेले नेतालाई खर्च दिए । अनि खल्ती गरम भएकाहरू नाक घिरौंलाजत्रो बनाएर उम्मेदवार बन्न पुगे । खल्ती खाली हुनेहरू हिस्स बुढी हरिया दाँत लिएर भोट हाल्न गए । पहिलो लहरमा आफ्नो नाम थियो, नेताले आपूmलाई उम्मेदवार बनाउलान् भनेको त सडक बनाउने ठेक्का पाएको माथिल्लो घरे नरेले उम्मेदवारीको पत्र पायो । गर्न केही नसकिने भएपछि सत्तोसराप गर्नु बाहेक केही भएन । आपूmसँगै नाम सिफारिसमा परेको ठूले उम्मेदवारी टिकट नपाएपछि अर्को पार्टीमा गयो–उपियाँ उफ्रेझैं । अनि आपूm चाहिँ हिस्स बुढी हरिया दाँत लिएर बस्यो । आपूmलाई माक्र्सका पक्का चेला भनाउँदाहरूले राजावादी पार्टीबाट भागेर आएकालाई उम्मेदवार बनाए । आफ्नो तौल बढाउन को कस्तो भनेर कसले नापेर जोखेर हेरोस् । अरुलाई किलो र आपूmलाई क्वीन्टल भन्नेहरू ऐरेगैरे नत्थुखैरे बटुलेर तौल बढाउनेतिर लागे ।
मुखमा जे आउँछ त्यही बोल्छन् । प्याच्च नबोल्नु थ्याच्च नबस्नु भन्छन् तर हाम्रा नेताहरूको मुखमा जे आउँछ त्यही प्याच्च बोलिदिन्छन्–चुनावको बेलामा आपूmले यो यो राम्रो काम गर्छु भन्नुभन्दा अर्कालाई गालीका पर्रा छुटाए भोटको भेल आउँछ भन्ने ठानेर यो स्थानीय तहको निर्वाचन पूरै गाली पर्वको रूपमा सकियो । सुन्नेलाई रमाइलो, सुनेपछि ताली लगाउन कुन आइतबार । तालीका पर्रा छुटेपछि नेताजीको मुखबाट पनि अपशब्दका वर्षा हुन थालेन । यस्तै गाली गलौजको वर्षा र नहुने आश्वासनको भेलमा स्थानीय तहको निर्वाचन पूरा भयो तर गाली आफ्नै भोटरमा असिना वर्षेजस्तो भयो कि कसरी नापचौल गर्ने । प्रत्येक चुनाव दिनदिनै खर्चिलो हुँदै गएको छ–खर्च जति गरे पनि अपुग । त्यसैले अरुलाई गाली गरेर उसको भोट तान्न सकिन्छ कि भन्ने सोचाइ गलत पनि होइन । जे होस् एउटा गाईजात्रे नाटकको अन्त्य भएको छ । नाच अरुले नचाएको कठपुतली जस्तो हो–परिणाम पूरै आएपछि थाहा हुन्छ ।
अनुशासन नाघ्नु विशेषता
स्थानीय तहको निर्वाचनमा आपूmले चाहेजस्तो भएन भनेर धेरैले पार्टीको अनुशासन फुड्केर नाघे–अग्लो पर्खाल नाघे सरह । अनुशासनमा रहनु भनेको साङ्लाले बाँधिनु जत्तिकै गाह्रो कुरो हो । अनुशासन नाघ्न निहुँ चाहिन्छ–आपूmले टिकट नपाएको रिस कसैको अर्को पार्टीमा पसेर नाघे भने कसैले आफ्नो ठाउँमा अर्को पार्टीसँग केको गठबन्धन भनेर नाघे । आपूmलाई समाजवादको कट्टर अनुयायी मान्नेले झनक्क रिसाएर विद्रोही उम्मेदवार बने । सौताको रिसले लोग्नेको कान काट्ने काम भयो । नेताले जति फकाए पनि टेर्दै नटेरी उम्मेदवारी छोडेनन्–अनि हुने हालत भनेको चोक्टा खान गएको सम्धी झोलमा डेबेर मरे जस्तो भयो । एमालेका कट्टर कार्यकर्ता भन्नेहरू राप्रपाको टिकट लिएर उत्रिए । सिद्धान्त भनेको स्वादिलो अचार जस्तो–खान पाएसम्म राम्रो नपाए जाम्रो ।
यसपल्टको चुनावमा टड्कारै देखिएको एउटा कुरा अनुशासनलाई हावा भरेको बेलुनजस्तै ठान्नु । यसको न कुनै विशेषता न कुनै ताल । भन्न त बाजा बजाउन पनि ताल चाहिन्छ, तालसुर नमिलेमा बाजाको अर्थ रहँदैन । यहाँ नेपालको राजनीति तालसुर नमिलेको बाजाजस्तो भयो–कसैले कसैलाई नटेर्ने कसैको राम्रो काम कसैले नहेर्ने । नत्र तल्लो निकायले गरेको सिफारिस माथिल्लो निकायले चराको पखेटा काटेझैं कट्कटी किन काट्नु । कतै ओली कम्रेडलाई पिठ्यूँ देखाएर हिँड्नेहरू आए, कतै प्रचण्ड कम्रेडलाई नै टेरपुच्छर लगाए । अनि माधव कम्रेडको अनुशासनको सिक्री चुँडाएर भाग्नेहरू पनि देखा परे । सबभन्दा अप्ठेरो र दुःखदायी काम नै अनुशासनमा बस्नु हो । त्यसैले यसपल्टको चुनावमा अनुशासन नाघ्ने, एक पार्टी छाडेर अर्को पार्टीमा पुग्ने र विद्रोही उम्मेदवार बन्ने रिकर्ड नै तोडिएको छ ।
अचार बन्यो आचारसंहिता
लातको भूत बातले मान्दैन भन्छन्–नेपालको राजनीतिक चरित्र ठ्याक्कै मिल्दोजुल्दो छ । निर्वाचन आयोगले बारम्बार आचारसंहिताको अनुरोध गरे पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मानौं यो त अचार हो, भात खाँदाको चटनी जस्तो । कसैले टेर्ने हो र आयोगको अनुरोध । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझैं निर्वाचन आयोग कराउँदै जान्छ अरुले टेर्ने हुन् र ? आयोगले नै भन्ने गरेको थियो कडा कारबाही गरेर के गर्नु चुनाव नै भाँडिने डर । चुनाव नभाँडिएर सकियो । आचारसंहिता भाँडमै जाओस्–निर्वाचन भयो भनाउनु थियो–एक प्रकारले राम्रै भयो । जस लिनु थियो–आयोगले जस पायो ।
मौन अवधि भनेको नबोल्ने भनेको हो–चोट दिँदा मुखले दिने होइन, हात चलाउन पाए भै गयो–मुख किन चलाउनु–मौन अवधि । बैंकको रकम प्रभावशालीको खातामा सार्न बोल्न पर्दैन क्यारे । मौन अवधिमा बैंक रकमान्तरको तथ्यांक हेरे तथ्यांक नै बोल्दछ–कसको खातामा कति रकम स¥यो भनेर । त्यसो त म पैसा सार्न सक्दिनँ भनेर बाबुराम भट्टराईले मौन अवधिमा नै आमसभा गरे–पक्कै बोले नै त होला नि । भनिन्छ–बडाले जे ग¥यो काम हुन्छ त्यो सर्वसम्मत छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित–नेताले नाङ्गो नाच गरेपछि के लाग्छ । अरु भन्दा आपूm के कम–ओली कम्रेडले टोली बनाएर भेट्ने निउँमा आउनु भनेर बालकोटमा भोट माग्न भ्याए । प्रचण्ड कम्रेड नबोली बस्नै नसक्ने–कसरी पालना गरुन् मौन अवधिको आचारसंहिता । सबैतिर आचारसंहिता उल्लंघन भएकै हो, तर निरीह आयोग–आचारसंहिता उल्लंघन गर्न पाइँदैन भन्ने अपिल निकाल्नमै सीमित रह्यो–कारबाही कसलाई गर्नु । फोहर चलाए आफ्नै लुगा मैलिने–त्यसैले कसैलाई कारबाही नगर्नु–त्यही ठूलो कुरो ।
घर खर्च
चुनावको मुखमा धेरैले महिनौं दिनका लागि घर खर्च जुटाउन सकेका छन् । घरखर्च बाहिर गएर कमाउन परेन–आफ्नै घरभित्र करेलीनोट लिएर सज्जनहरू आउनु भयो । हात जोड्नु भयो, यस्तो चिन्ह भएको कोठामा छाप लगाउनु भनेर सिकाउनु भयो । कहिल्यै नपाएको सम्मान पाइयो, नोट त घरमै आयो, भोज जसले नोट दिनु भयो उसै कहाँ गएर मिठो मसिनो खाइयो । घाँटी ठाडो पारेर पिउनदेखि तीनदिनसम्मको छटपट पर्ने गरी चपाइयो । यस्तै हो, लाग्दछ चुनाव भन्ने कुरा वर्ष दिनमा आइरहे हुन्थ्यो, यसपल्टको स्थानीय चुनाव आपूmलाई फापेको छ । ठूलाबडा घरमै आए, बिन्ती गर्ने मुडमा शिर निहुराए, यसो गर्छौं र उसो गर्छौं भनेर धाक लगाए । जे होस् अबका दिनमा अरु अरु पनि आउन्, दक्षिणा बुझाउन् । दिउँसो आए पनि के के न दिन आएजस्तो हुन्छ, त्यसैले रातका समयमा आउन् ।
लक्ष्मी साँझमा आउँछिन् भनेर तिहारमा साँझमा झिलिमिली हुने गरी बत्ती बालिन्छ तर चुनावको बेला साँझ छिप्पएपछि अझ कलिलो रात भएको बेला लक्ष्मी आउँछिन् भने स्वागत गर्नु पर्दछ । मौन अवधिमा हल्ला नगरी लक्ष्मी बास माग्न आउँछिन्, बास माग्न आउनेलाई निकाल्न हुँदैन । गएको स्थानीय चुनावमा धेरैको घरमा धनलक्ष्मी राती बास माग्न पुगिन्–आफ्नो भक्तको घर खर्च चलाउन
अन्त्यमा–
चुनावको मुखमा बैंकबाट धेरै रकम निकालिएन, किनकि चुनाव लड्न डसनामा नोट राखिएका थिए, त्यही झिकियो ।