अर्थमन्त्री शर्माको अर्कै चलखेल
काठमाडौं । नेपाली राजनीतिको इतिहासमा सबैभन्दा कलंकित हुँदा पनि अर्थमन्त्री जनार्दन शर्माले कुनै नैतिकता देखाउन सकेनन् । उनी करका दर हेरफेर गरेर रातारात खलनायक बने । नीति तथा कार्यक्रममा संसदमा व्यापक छलफल र सुझावपछि ल्याइएको आ.व. २०७९÷०८० को बजेटका कारण अर्थमन्त्री उक्त मन्त्रालय सम्हाल्न लायक नभएको र तत्काल राजीनामा दिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा माग्यो । तर उनले राजीनामा दिएनन् । एमालेले उनको जवाफ नसुन्ने भन्यो र हरेकपटक उनी जवाफ दिन पोडियममा पुग्नासाथ संसद बैठक बहिस्कार गरेर बाहिर निस्कने ग¥यो ।
विनियोजन विधेयक पारित हुने दिन त उनलाई सारै नै रीस उठेछ क्यार उनी निकै नै उफ्रिए । एमालेलाई धुमधाम गालीमात्र गरेनन् सशस्त्र द्धन्द्धको परिणामले नेपालमा गणतन्त्र आएको भन्दै उफ्रिए । उनको त्यो आक्रोशमा यस्तो लाग्थ्यो कि उनी नभइदिएको भए अहिले संसदीय व्यवस्था पनि नरहन सक्थ्यो । तर पछिल्लो समय उनले गरिरहेका कामको हर्कत हेर्ने हो भने उनी सबै नेपाली मार्न तयार छन् तर उनी राजीनामा दिन तयार छैनन् । उनले गल्ती गरेकै थिए ।
पूर्वसुब्बालाई आफ्नो प्रतिनिधि बनाएर करका दर हेरफेर गर्न लगाउनु तथा अपरिचित सीएलाई त्यति गम्भीर समयमा मन्त्रालयभित्र छिराउनुका साथै गत जेठ १४ गते रातिको सीसीटीभी फुटेजको रेकर्ड हटाएर आफू चोखो हुन गरेको प्रयत्न नै उनका लागि कारबाही गर्ने आधार रहेका छन् । करका दरबारे उनी र सम्बन्धित मन्त्रालयका सम्बन्धित सचिव र उपसचिव बाहेक कसैलाई थाहा हुनु हुँदैन । तर उनले त विचौविया लगेर भिडाए । अर्थात् उनले अकूत सम्पत्ति कमाएर उनको पार्टी माओवादी केन्द्रका लागि खर्च जुटाउने प्रपञ्च गरे । यस्तो लाग्छ कि एक रातले उनको पार्टीको वर्षौंको खर्च जुटाइदियो ।
नेपाल राष्ट्र बैंकलाईसमेत आफ्नो पकडमा लिन उनले यसअघि गभर्नरलाई नै छुट्टी दिएका थिए । सर्वोच्च अदालतले उनको कर्तुतलाई सच्यायो र गभर्नरलाई पुनः काममा बोलायो । करका दरमा पनि सर्वोच्च आउनु पर्ने त पक्कै हैन । तर तिनै करका दरको चलखेलका कारणले गर्दा हरेक नेपालीको घरमा चुलो बल्न मुस्किल
भइसकेको छ । दुई गुणा बढीले बजार वृद्धि भएको छ । महंगी सम्झदा अब धेरै नेपालीले आत्महत्या गर्ने दिन आउँदैछ भन्ने अनुमानसमेत भइसकेको छ । तर अर्थमन्त्री शर्माले भने आफूले समयअनुकुल काम गरिरहेको बताउँदै पन्छिने काम गरिरहेका छन् । सरकारको काम भनेको देश र जनताको रक्षा गर्ने हो । जनता भोकभोकै मर्दा पनि केही गर्न नसक्ने सरकारको के अर्थ । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको अलोकप्रियता पनि उच्च हुँदै गएको छ ।
स्रोतका अनुसार अब छिट्टै नेकपा एसका मन्त्रीहरु हेरफेर हुँदैछन् । माओवादी केन्द्रबाट पनि मन्त्रीहरु परिवर्तन हुने चर्चा छ । तर जतिसुकै हेरफेर भए पनि अर्थमन्त्री शर्माले भने कुनै हालतमा पनि पद नछाड्ने चेतावनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको स्रोत बताउँछ । माओवादीभित्र वर्षमान पुनको पक्षले शर्मालाई हटाउन खोजिरहेको छ । तर शर्माले भने आफ्नो प्रतिष्ठा जोडिएको भन्दै कुनै हालतमा नछाड्ने बताएको स्रोत बताउँछ । उक्त स्रोतका अनुसार शर्माले आफूले आफू बदनाम भएरै भए पनि पार्टीलाई खर्च जुटाइरहेका बेलामा कुनै पनि हालतमा कसैले भन्दैमा मन्त्रीको कुर्सी नछाड्ने बताएका छन् ।
शर्माले आफूले जस्तोसुकै उपाय अपनाएर भए पनि आर्थिक स्रोत जुटाउने काममा सक्रिय रहेको भन्दै प्रचण्डलाई नै चेतावनी दिएका हुन् । यसले भने नेपाली अर्थतन्त्रलाई थप असर पु¥याउने निश्चित प्रायः छ । भलै नेपाली मरुन् तर अर्थमन्त्री शर्माले न आफ्नो निर्णय फिर्ता लेलान् न राजीनामा नै देलान् ।