कवि शिरोमणि लेखनाथको एउटा कविता छ–वडाले जे ग¥यो काम हुन्छ सो सर्वसम्मत छैन शंकरको नङ मगन्ते भेष निन्दित–यो कुरा हाम्रा ठूलाबडाले ठ्याक्कै पछ्याएका छन् । कसले भन्नुहोला–आपूm मन्त्री भएको बेला मातृका यादवले हाकिमलाई शौचालयमा थुनेर सास्ती दिएका थिए, त्यसको विरोधमा उनकै प्रधानमन्त्रीले च्यूँसम्म बोलेनन्, अहिले पदमा छैनन्–खित्रिक्क गरुन् त–सर्वत्र विरोध हुन्छ । अब उनी ठूलाबडामा पर्दैनन् । अहिले आएर केही ठूलाबडाले गर्न हुने काम पनि गरेका छन् न हुने काम पनि गरेका छन् । सोध्नु होला को हँ त्यो । त्यो मात्र होइन तिनीहरू लस्कँदै छन् । उनीहरूको करामत शेषनागले विष्णुको गुणको बगान गर्न नसकेझैं केही भने बताउन सकिन्छ ।
अर्थमन्त्री अर्थात् कुबेर । जसलाई धनकुबेर पनि भनिन्छ । कसको गुन गरेर के स्वार्थ साधना गर्नु थियो कुन्नि बजेटको हालीमुहाली एउटा सुब्बाको हातमा दिए । राजस्वको दर सुब्बाले तोके–क–कसले लाभ लिन पाए–बाहिर आउन बाँकी नै छ । अर्का ठूलाबडा व्यक्ति–आफ्ना मान्छेलाई भनेकै बेलामा जागिर लगाएनन् भनेर आफ्नै मातहतका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई आमाचकारी गाली मात्र गरेनन् कठालो समात्न पुगे । कामको मूल्यांकन राम्रो गरेर नहुने, मन्त्रीको इच्छा पु¥याउनुपर्ने । प्रेम आलेले आफ्नो नङ्गानाच देखाइहाले । लुम्बिनीका परिवार कल्याणमन्त्री महिला शक्तिको नमूना देखाउन अर्काको घरमा पसेर भुत्ल्याउने काम गरिन् । एउटा महिलाले अर्को निरीह महिलालाई सताउनु पनि महिला सशक्तिकरणको नमूना हो कि ? कुरा आफ्नो प्रेमी अर्काको लोग्ने बन्यो रे । कुन नैतिकता देखाएको होला अर्काको लोग्ने तान्न जाने । अनि अर्का शक्तिशाली ठूलामान्छे परे राजीव गुरुङ–आफ्नै मातहतका शाखा अधिकृतलाई मन्त्रालयमै भक्कुमार ठटाए । तर विरोधमा बोल्ने आँट कस्को ? हेर्दै जाँदा ठूलाबडाले जे गरे पनि हुने–उनीहरूमाथि कसैले कारबाही गर्न नसक्ने । यस्ता घटना भविष्यमा पक्कै थपिन्छन् हेर्दै जानु पर्छ ।
मार्सी चामलः सुनको लौते
कतिले नक्कल गर्छन्, कतिले अक्कल लगाउँछन् । अक्कल लगाएर नेतादेखि अभिनेतासम्म झुक्याउनमा झापाका एकजना बाहुन निकै अगाडि छन् । कुनै बेला दुईटा पूर्वप्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर मार्सी चामलको भुजा ती बाजे यति चलाख निस्किए कि ? ओली कम्रेडलाई धम्की र घुर्की लगाएर एमालेको केन्द्रीय सदस्य पद पड्काए । अबको पाली झापाको खाली सांसद पदमा उम्मेदवारी दिने तयारीमा छन् । राजेन्द्र लिङ्देनको क्षेत्र अर्थात झापा ३ मा उम्मेदवारी दिन झापाका सबै सीटको खर्च बेहोर्ने वचनबद्धता गरेका छन् । ओली बालाई पनि के चाहियो कानो–आँखा भने जस्तो भैहाल्यो । ठूलै खर्चको बचत–सन्तान पाल्नु त यस्ता पो पाल्नु । यता ओली बा मख्ख–अर्कातिर युएइका अधिराजकुमार गजक्क ।
दुवाईका एकजना धनीलाई बेकूफ बनाएर नेपालमा राजकुमारको नाममा भित्र्याए । नेपाली मुख्ख परे–दुबईको ठूलै धनी आयो खूद लगानी गर्छ भनेर । तर त्यहाँका राजकुमार आफ्नै विशेष लेन लिएर उड्छन्, यी त भारतको निजी विमानमा साधारण यात्रु भएर भित्रिए । अनि झापा पुगेर विमानस्थलमा नै बाजेलाई सुनको लौरो उपहार चढाए । ढाँटेको कुरो काटे पनि मिल्दैन भनेझैं न त ती राजकुमार थिए न त उनले उपहार भनेर दिएको लौरो नै सुनको थियो । मद्रसा उद्घाटन गराएर त्यहाँका मुस्लिम समुदायलाई प्रभाव पार्न खोजेको दाउ नै सफल भयो । लुर्के कान लिए नक्कली राजकुमार फर्के ।
वैकल्पिक शक्ति
पार्टी शक्तिलाई चुनौती दिन वैकल्पिक शक्ति बन्छौं भन्नेहरू धमाधम धराशायी हुँदै गएका छन् । यता केहीले स्वतन्त्र भएर स्थानीय चुनाव जितेपछि अर्काथरि आफ्नो पेशा तिलाञ्जलि दिएर खुबै शक्ति देखाउँछौं भनेर राजनीतितिर दौडेका छन्, दौड्न त दौडे तर राजनीतिको धमिलो पोखरीमा कसरी पौड्ने हुन्–उनीहरूलाई नै थाहा छैन रविन्द्र मिश्र हुँदो खाँदो बीबीसीको जागिर छाडेर के के न गरौंला भनेर पार्टी खोलेर राजनीतिमा होमिए । काठमाडौंको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए–मजस्ता घुमन्ते र अरु राजनीतिमा रमनतेहरूले ह्वार ह्वारती भोट हाले–झण्डै बाजी मारेका । तर चुनाव हारेपछि नयाँ काम थाल्नुभन्दा नून खाएको कुखुरोजस्तो झोक्राएर बसे, आफ्नै पार्टीका मान्छेको मन जित्न सकेनन्, अहिले रवीन्द्र मिश्र कहाँ छन् हँ भनेर बत्ती बालेर खोज्नुपर्ने भएको छ । आपूm सुस्त भएपछि अर्काको पार्टीमा ठूलै पद पाइन्छ कि भनी राप्रपातिर लहसिएका छन्, तर कसले देओस् माथिल्लो पद । हाललाई उनी ओल्लोघाट न पल्लोतिर भएर बसेका छन् । पाँच वर्ष अघिको उनको उचाइ अहिले घटेर बाउन्ने बनेको छ । यस्तै हो किन रोइस् मंगले आफ्नै ढंगले, अब केजरीवाल बन्ने सपना डढेर खरानी ।
अहिले अर्का पत्रकार वैकल्पिक शक्ति बन्ने सपना बोकेर राजनीतिमा हामफालेका छन्, तर पत्रकारितामा राम्रो ग¥यौं भन्नेहरू भोट हाल्ने बेलामा अर्कै चिन्ह हेर्न थाल्दछन्–यो कुरा रवि लामिछानेलाई कत्तिको थाहा छ । कलाकार–पत्रकारहरूलाई लाग्छ–भोटरले हामीबाहेक अरुतिर आँखै लगाउँदैनन् । एकताका भारतमा कलाकार उठे भन्नासाथ भोट ह्वारह्वार्ती खन्याउथे तर अहिले भारतीय संसदमा कलाकार बत्ती बालेर खोज्नु पर्ने भएको छ । दाजु हरिशरण भाइ रविशरण एकसाथ दौडेका छन् आउँदो चुनावमा उम्मेदवार बन्न तर आफ्नै दाजुभाइ आपसमै झगडामा उत्रने लक्षण देखापरेको छ । नेपाली कलाकार मदनदासले पाएको भोटले नै देखाउँछ–नेपालमा कलाकारको क्रेज छैन, पत्रकार मात्र कुन ड्याङ्का मूला हुन् र जनताले ह्वारह्वार्ती भोट हालुन् । लाग्दछ–वैकल्पिक शक्ति बन्ने अघि लाग्न खोज्ने धेरै दिन टिक्दैनन् ।
बुढा डराउन थाले
कहिले सासुको पालो, कहिले बुहारीको पालो चरितार्थ गर्दै युवापुस्ताले बुढाहरूलाई थर्काउन थाले । पहिले पहिले नेताको सामुन्ने पर्दा लज्जावती झारझैं ओइलाउने ठिटाहरू सिस्नोझैं बिझाउने बन्न थालेका छन् । अझ स्वतन्त्र उम्मेदवारहरूले भित्रभित्रिै आफ्नो प्रभाव बढाउँदै गएपछि त्यसलाई कसरी रोक्ने भन्नेमा भित्री सल्लाह थालेका छन् । आपूm उम्मेदवार भएको ठाउँमा विद्युतीय साधन प्रयोग गरेर मतदाता एको¥याएर कतै पछार्ने हुन् कि भन्ने चिन्ता । यो पार्टी मेरै बपौती ठान्ने नेताहरूको मनमा झस्को पस्न थालेको छ । न सोस् पनि किन–आफ्नो मनलाग्दी काम गर्ने त्यसैलाई पार्टीको निर्णय भनेर सबैलाई बेकूफ बनाइदै आएको हो । अझै पनि पार्टीका झोलेहरू नेताको भनाइ सबै कुराले साँचो ठानेर मौन बसेका छन् । अनुशारनको कारबाहीको लौरो टाउकोमा बज्रने हो कि भनेर त्वमेव मातात्व पिता त्वमेव गर्दै चाउरिएर बसेका छ । ओलीका अगाडि एमाले, प्रचण्डको अगाडि माओवादी र देउवाको अगाडि कांग्रेस झोलेहरू बोल्न सक्छन् र ?
स्वतन्त्रको लहर चल्न थालेपछि एकथरिले पार्टीको नाम नै स्वतन्त्र राखे । गधा गधा धोएर गाई बन्दैन, स्वतन्त्र भन्दैमा बालेनलाई परेको भोट आउँदैन । मनैदेखि स्वतन्त्र हुनुप¥यो–नत्र वैकल्पिक शक्ति बन्छौं भन्ने बाबुराम र रवीन्द्र मिश्रको पार्टी किनारा लागेझैं थन्किन बेर लाग्दैन । भेंडे खोर्सानीको नाम अकबरे खोर्सानी भन्दैमा पिरो हुँदैन–सबैमा जानकारी भया ।
अन्त्यमा–
ओली रिझाउन घनश्याम भूषालमाथि पार्टीगत रूपमा अनुशासनको कारबाही गरेर निकाल्न खोज्ने एमालेको अनुशासन आयोग नै गरुडको अगाडि सर्प बनेको छ ।