यसरी ध्वस्त भयो कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेस हिजोआज हिंग नभएको टालो लिएर हिँडिरहेको छ । कांग्रेस कुनै जमानामा हिंग थियो । १०४ वर्षे जहानियाँ राणाशासन फाल्न हिंग थियो । त्यतिबेलालाई राजालाई सम्मान गर्दथ्यो । त्यसैले हिंग थियो । जब राजालाई अपमान ग¥यो तब उसको हिंग पनि सकियो । अहिलेका शेरबहादुर देउवाहरु हिंग भन्दै हिंग नभएको टालो लिएर हिँडिरहेका छन् । बीपी कोइराला बितेपछि लथालिंग भएको कांग्रेसलाई अहिलेका बाबु पुस्ता र छोरा पुस्ताले हिलो छ्याप्ने रणभूमि बनाइरहेका छन् । कांग्रेसमा कुनै विधिविधान छैन । जसले जे गरे पनि हुने भएको छ ।
देउवाले यसअघिको पहिलो कार्यकालमा कतिपय समितिलाई पूर्णता नै नदिइ कार्यकाल सकेका थिए । अहिले पनि आधा समय गुज्रिसकेको छ । तर पूर्णता दिने नामनिशान छैन । कतिबेला प्रचण्डले कुर्सी छाड्लान् र आफू छैटौँ पटक प्रधानमन्त्री बनौँला भनेर ¥याल काढेर बसिरहेका छन् । अनि २०८२ मै चुनाव गरेर देउवालाई हुत्याउन पाइयो भने रजगज गर्न पाइन्छ कि भनेर छोरा पुस्ता गगन थापा ¥याल काढेर बसेका छन् ।
तर अरुलाई सम्मान गर्न नजान्ने र जसलाई पनि अभद्र व्यवहार गर्ने गगनलाई कसैले पत्याउनेवाला छैन भन्नेकुरा उनले पनि बुझेका छन् । कुनैबेला भगवान्को संज्ञा दिने राजालाईसमेत भन्न बाँकी नराख्ने गगन शैली र कहिले राजालाई गाली गर्ने र कहिले राजाको जयजयकार गर्ने स्वार्थी देउवाले गर्दा कांग्रेस त ध्वस्त भएकै छ मुलुकलाईसमेत लथालिंग पार्न खोजिँदैछ । कांग्रेस सधैँ ‘भद्रगोल’ मा चलिरहन्छ भन्ने पुष्टि आफैँले बनाएको विधान ‘रद्दीको टोकरी’मा पुग्नुले पनि देखाउँछ । १४ औँ महाधिवेशनमा महामन्त्रीमा जितेपछि अब त चमत्कारै चमत्कार हुन्छ भनेर जसरी गगन र विश्वप्रकाश शर्मामा गरियो बित्थाजस्तो भइसकेको छ । पार्टीलाई उनीहरुले चलायमान बनाउन सकेनन् ।
गत साउनमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा निकै जोशका साथ एजेन्डा लिएर गएका थिए । तर त्यो एजेन्डा पारित त भयो काम भने गरेनन् । केन्द्रीय समितिको स्वामित्वको क्यालेन्डरको केही अंशमात्र लागू भएको छ । कांग्रेसले पहिलो पटक बीपी कोइरालाको ११०औँ जन्म
जयन्तीको अवसरमा ‘बीपी साहित्य महोत्सव’ ग¥यो । यो सर्वाधिक सफल भयो । तर यसमा राजनीति भन्दा पनि बीपीको साहित्यमा बढी जोड दिइएको थियो । त्यसैले नै अन्य दलका नेता कार्यकर्तासमेत सहभागी भए । तर पार्टी भने क्यालेन्डरमा चलेन । चलेको भए कांग्रेसले २०८४ को चुनावलाई लिएर अहिले नै छट्पटाउनु पर्ने थिएन । किन २०८४ ? अहिले काम गरे भैगो नि । तर भ्रष्टाचारमा लिप्त हुने कांग्रेसले ०८४ मा घोक्रेठ्याक हुन्छ भनेर अहिलेदेखि नै चिन्ता लिइरहेको छ ।
पार्टी क्यालेन्डरअनुसार पार्टी चल्थ्यो भने यतिबेला कांग्रेस जनताको घरदैलोमा पुग्ने थियो । कांग्रेसले तेस्रो चरणको अभियानअन्तर्गत मंसिर १५ देखि माघ १५ सम्म दुई महिने घरदैलो अभियान चलाउने क्यालेन्डर बनाएको थियो । यो दुःख कसले गरोस् । सौखिन नेताहरुले पार्टीलाई त दुबाएको छ नै देश पनि बरबादीतर्फ धकेलिएको छ । कांग्रेसको महासमिति बैठकसमेत बस्दैछ । तर चिन्ता कुन पक्षका कति जना महासमिति सदस्य आउँछन् भन्नेमै अल्झिएका छन् नेताहरु । कसको पक्षमा कति मान्छे हुन्छन् भन्नेबाहेक केही रहँदैन । अनि गगन मार्काले छिटो छिटो पद ओगट्न पाए हुन्थ्यो भन्नेमा छ भने देउवा मार्काकाहरु बाँचुन्जेल देउवालाई सुप्रिमो बनाउन पाए स्वार्थ लुट्न पाइन्थ्यो भन्नेमा छन् ।
देउवाले जब भैरहवामा गएर नक्कली भुटानी शरणार्थी प्रकरणको दोषमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई सम्मान गरे । उनले खाँडका भाइलाई सम्मान गरेर बालकृष्ण निर्दोष भएको भनेर नाटक गरे । जो जेलमा छ, छुटेको छैन त्यस्तालाई सम्मान गरेर कतिसम्मको अपराधी मानसिकता बोकेर देउवा हिँडिरहेका छन् भन्ने स्पष्ट हुन्छ ।