प्रम ओली तानाशाही बन्दै !
काठमाडौँ । केपी शर्मा ओली प्रजातन्त्रकै आधारमा चार पटक प्रधानमन्त्री भइसकेका छन् । नेकपा एमालेकै हैसियतबाट उनी चार पटक प्रधानमन्त्री भए पनि उनको विचार भने तानाशाहको भन्दा कम छैन । आलोचकहरु उत्तर कोरियाली नेता किम जोङ उन, अमेरिकी राष्ट्रपति डोनाल्ड, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि केपी ओलीलाई सम्झिन्छन् । यसरी आलोचना गर्नेमा कांग्रेस र लोकतन्त्रमा विश्वास गर्ने नेताहरु मात्र होइन अब त एमालेका नेताहरुलेसमेत थालिसकेका छन् । उनले पूर्वउपाध्यक्ष भीम रावललाई हटाएदेखि उनीको आलोचना बढेको छ ।
आखिर शक्तिमा भए भने केपी ओलीले जे पनि गर्छन् भन्ने स्पष्ट भइसकेको छ । अहिले आएर केपी ओली संविधान संशोधन २०८७ सालमा मात्र गर्न सकिने बताएर आलोचित भएका हुन् । देशका दुई ठूला दलहरु कांग्रेस र एमाले संविधान संशोधन गर्नकै लागि मिलेको भनेर चर्चा गर्ने तर संविधान संशोधन २०८७ सालमा मात्र गर्न सकिने भनेपछि उनको आलोचना बढेको हो । अहिले कांग्रेसका थुप्रै नेताहरुले ओलीसँग गठबन्धन गर्नुको औचित्य सकिएकोसमेत भन्न थालिसकेका छन् । यसको कडा प्रतिक्रिया पूर्व मन्त्रीहरु मिनेन्द्र रिजाल, अर्जुन नरसिंह केसी लगायतले गरिरहेका छन् । गत मंगलबार एमाले केन्द्रीय कमिटीमा बोल्दै ओलीले २०८७ सालमा दुई तिहाइसहित संविधान संशोधन गरिने बताएका थिए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले तत्काल संविधान संशोधन नहुने बताएका हुन् । ‘अहिले राष्ट्रिय सभामा एमालेको बहुमत छैन, २०८७ सालमा एमालेको बहुमत पुग्छ अनि त्यतिबेला संविधान संशोधन गर्नेछौँ’, ओलीले भने । ओलीले २०८७ मा संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएपछि केही केन्द्रीय सदस्यले उठेर २०८३ होला नि भनेका थिए । ‘अध्यक्षज्यू झुक्किनुभयो जस्तो छ, २०८३ भन्न खोज्नु भएको होला नि !’, एक केन्द्रीय सदस्यले भनेका थिए । जबाफमा अध्यक्ष ओलीले २०८७ सालमै हो भनेका हुन् । यही संविधान संशोधन गर्न भनेर गत असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको थियो । सोही सहमति गरेरै कांग्रेस र एमालेले सत्ता
गठबन्धन गरेका हुन् । अन्य दलहरु समेत समेटिएर दुई तिहाईको सरकार बनेको छ । तर ओलीले आएर यस्ता उट्पट्याङ कुरा गरिरहेका छन् । सात बुँदे सहमतिमा संविधान संशोधनलगायत विषय पनि छन् । संविधान संशोधन गर्न कांग्रेस=एमालेले कार्यदल तयारी गरिरहेका छन् भने विभिन्न दलहरूले यसबारे सुझाव दिन समिति पनि गठन गरिसकेको अवस्था छ । तर ओलीको यस्तो भनाइ आएपछि एमालेका नेताहरुसमेत हच्केका छन् । यसबाट स्पष्टै हुन्छ कि ओली कतिसम्म तानाशाह बन्न खोज्दैछन् । उनले संविधानमै नभएको व्यवस्था उल्टाउन खोजेर दुई पटकसम्म संसद विघटन गरेका थिए । उनले पूर्वराष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई प्रयोग गरेर संसद विघटन गरेका थिए ।
ओली उट्पट्याङ निर्णय गर्ने अनि विद्या त्यसमा लाहाछाप लगाउने । सर्वोच्च अदालत थियो र पो बचायो । नत्र संसद विघटन भइसकेको हुने थियो र मुलुकले फेरि अस्थिर राजनीतिको सामना गरिसकेको हुने थियो । अहिले फेरि अवस्था त्यस्तै बन्दैछ । ओलीले विभिन्न अध्यादेश ल्याएर जुनसुकै कदम चाल्न सक्ने विश्लेषण भइरहेको छ । पहिले नै तानाशाह बनिसकेका ओलीलाई फेरि सत्ताको चाबी दिने कांग्रेस कहाँसम्मको निर्लज्ज पार्टी हो भन्नेसमेत छताछुल्ल भएको छ ।