संक्रमित बढ्दै जाँदा लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । तर लकडाउन उल्लंघन हुँदा भने स्थिति भयावह हुने देखिएको छ ।
काठमाडौं । विश्वभर कोरोना भाइरसको सन्त्रास छाइरहँदा नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार एकैदिन नयाँ १७ संक्रमित भएको बताए ।
थपिएका संक्रमितहरु दुई महिनादेखि ६६ वर्षसम्मका रहेका छन् । अहिलेसम्म ७१ पुरुष र २८ महिला संक्रमित भएका छन् ।
संक्रमितमध्ये २२ जना उपचारपछि निको भएर फर्केका छन् । तर तीमध्य तीन फेरि परीक्षणमा पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएका छन् ।
बेलायतबाट आएका काठमाडौंका ५८ वर्षे पुरुष तेस्रो पटक कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका छन् । बाँकी दुई जना रौतहट र पर्साका एक एक जना हुन् ।
अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ९६ र आरडीटी विधिबाट ५२ हजार ९ सय ७० वटा परीक्षण भएको छ ।
१९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् । १ सय ३६ जना आइसोलेसनमा रहेका छन् । ३ सय ३३ जना रेडजोनमा रहेका छन् । उनीहरुको ट्रेसिङ गर्ने काम भइरहेको मन्त्रालयले बताएको छ ।
संक्रमित बढ्दै जाँदा लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । तर लकडाउन उल्लंघन हुँदा भने स्थिति भयावह हुने देखिएको छ ।