ठूला नेतामाथि सधैं महिला हावी

Home Feature

काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा चर्चित अर्थशास्त्री स्वर्णिम वाग्ले सत्ता गठबन्धनबाट उम्मेदवार बन्ने निश्चित जस्तै थियो । वाग्लेले सो क्षेत्रमा चुनावको तयारी पनि गरेका थिए । तर टिकट वितरणमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू देउवा हाबी हुँदा वाग्लेले टिकट पाएनन्, त्यो क्षेत्रबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले टिकट हात पारे ।
सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरे पनि सरकारले गर्ने अधिकांश निर्णयमा प्रधानमन्त्री पत्नी हाबी हुने गरेकी छन् । नियुक्ती, सरुवा, बढुवादेखि महत्वपूर्ण निर्णण आरजूले भने बमोजिम हुने कांग्रेसका नेताहरु
बताउँछन् । प्रजातन्त्र स्थापना भएपछि ०४७ सालदेखि नै सत्ता सञ्चालनमा महिला हाबी गरे गरेको इतिहास छ । ०४७ पछि सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाको कार्यकालमा उनकी भाउजू नोना कोइराला र पुत्री सुजाता कोइराला हाबी थिए । सरकारले गर्ने हरेक निर्णयमा भाउजू र छोरी हाबी भएको भन्दै तत्कालीन प्रधामन्त्री कोइरालाको आलोचना हुने गथ्र्यो ।
नेतृत्वमा नदेखिएपछि पर्दा पछाडिबाट सधैं महिला हाबी भएको नेपालको इतिहास साक्षी छ । अन्तरिम कालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यक्तिगत जीवनमा अनिता कपाली हाबी भएर भट्टराई निकट मानिसलाई पाखा लगाएको गुनासो पछि सम्मै सुनिन्थ्यो । मनमोहन अधिकारी र केपी शर्मा ओलीको प्रधानमन्त्री कालमा बाहेक अधिकांश प्रधानमन्त्रीको कालमा उनीहरुका श्रीमती वा छोरी हाबी भएका इतिहास साक्षी छ । मुलुकमा गणतन्त्र स्थापनापछि पहिलो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको नौ महिने शासन कालमा उनी छोरी रेणु दाहाल हाबी भएकी थिइन् । त्यसपछि प्रधानमन्त्री बनेका माधव नेपालको १९ महिले शासन कालमा उनकी पत्नी नर्मदा नेपाल दाबी भएको भन्दै पार्टी भित्र गुनासो सुनिन्थ्यो । संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउन दलहरुले कन्जुस्याईँ गरेको आरोप लागिरहेका बेलामा सत्ता सञ्चालनमा पर्दा पछाडिबाट महिला हाबी हुनु नेपालमा नौलो होइन ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनकी पत्नी हिसिला यमीले दूरगामी महत्वका निर्णयमा हाबी भएर आर्थिक लाभ लिएको आरोप लाग्ने गर्छ । राज्यसत्ता सञ्चालनमा हाबी भएर आर्थिक लाभ लिएको धेरै आरोप आरजू देउवमाथि लाग्ने गरेको छ । आर्थि लाभ बिना कुनै काम नगर्ने आरोप खेप्दै आएकी आरजूमाथि पार्टीमा नै हाबी भएको आरोप लाग्न थालेको छ । विशेष गरी शेखर कोइराला समूहलाई किनारा लगाउने गरी कांग्रेसभित्र निर्णय हुनुमा आरजूको बढी हात रहेको जानकारहरु बताउँछन् ।