माओवादीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने गृहकार्य

Home Feature

प्रचण्डलाई टक्कर दिँदै प्रभाकर


काठमाडौँ । बाँचुन्जेल पार्टीको अध्यक्ष भइरहने र पार्टीले सरकारमा नेतृत्व गर्ने अवसर पायो भने आफू नै प्रधानमन्त्री बन्ने एकमात्र सूत्र बोकेर राजनीति गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अबका दिन सहज नभएको पक्का छ । किनकि उनी आफू बाहेक कोही पनि अगाडि बढेको देख्न चाहन्नन् । यत्ति हो आफूलाई सिध्याइन्छ कि भनेर प्रचण्डसँग पंगा लिन माओवादीका नेताहरुले चाहिरहेका छैनन् । पंगा लिन खोज्नेहरु पार्टी छाडेर बाहिरिए । नखोज्नेहरु टाँसिएर रहे । त्यसैले उनीहरु टिकिरहेका छन् । यद्यपि उनीहरु लामो स्वास फेरेर बसेका भने होइनन् ।
उनीहरु नामर्द भएर विद्रोह गर्न नसकेका हुन् । प्रचण्डले भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउँदा पनि चुप लाग्ने र आफ्नी बुहारीलाई मन्त्री बनाउँदा पनि खुशी हुनेहरुमात्र माओवादीमा छन् । तर अब भने प्रचण्डलाई टक्कर दिन आएका छन् उपमहासचिव जनार्दन शर्मा प्रभाकर । प्रभाकर अलि अप्ठेरा नेता हुन् । उनी आफूलाई लागेपछि पछि हट्न खोज्दैनन् । प्रभाकर तिनै नेता हुन् जो अर्थ मन्त्री भएका बेलामा करका दर हेरफेर गर्दा पद गुमाए । तर सीसीटीभीको फुटेज सबै गायब पारेर फेरि अर्थमन्त्री भइछाडे ।
प्रचण्डले नै आफूलाई हटाउन प्रयास गरेको आरोप उनले त्यतिबेलै लगाएका थिए । उनले आफूलाई सघाउने गरी अब विभिन्न संगठनमा क्रान्ति शुरु भइसकेको उद्घोष गरेर प्रचण्डलाई चुनौती दिएका छन् । उनले अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवादी पार्टीभित्र विधि पद्धति स्थापित गर्ने र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया शुरु भएको जिकिर गरे । माओवादीभित्र सबै कमिटी तथा पदमा निर्वाचनको माग राखेर पार्टीमा अध्यक्ष प्रचण्डसँग फरक मतसमेत राख्दै आएका प्रभाकरको गत शुक्रबार संसद भवन बाहिर संचारकर्मीसँग बोलेको वाक्यले धेरै कुराको संकेत गर्छ । प्रभाकर विशेष महाधिवेशनको माग गर्ने नेतामा समेत पर्छन्,जसले अबको नेतृत्वमा प्रचण्डलाई चुनौति दिने लगभग निश्चित छ ।
अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको निर्वाचन उनका लागि शक्ति प्रदर्शन थियो । प्रभाकरको पक्षका नेताहरुले क्रान्तिकारीको अध्यक्ष देखि तलैसम्म आफ्नो प्यानल घोषित रुपमै खडा गरेका थिए । झिनो मतले अध्यक्षमा हेमन्त राई हारे पनि उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित बहुमत पदमा प्रभाकरको प्यानल विजयी भएको छ ।
जब अध्यक्षका निर्वाचित विजयप्रकाश सापकोटालाई प्रचण्डको आन्तरिक समर्थन रहेको चर्चा भयो तब प्रभाकर ताते । प्रभाकरले यसअघि नै पार्टीको बैठकमा अध्यक्ष प्रचण्डले नेतृत्व छाड्नुपर्ने सहितको प्रस्ताव दर्ता गरेका थिए । त्यसले माओवादी वृत्तमा ठूलो तरंग ल्याएको भए पनि तत्कालाई त्यो साम्य भएजस्तो देखिएको छ । किनकि गत केन्द्रीय समिति बैठकमा फरक मत ल्याउन लागेका शर्मालाई रोकियो ।
तर आगामी महाधिवेशनमा प्रचण्डलाई चुनौती दिनेगरी अघि बढेका प्रभाकरले आफू सक्षम भएको दाबी भने विद्यार्थीको निर्वाचनबाट गरेर देखाइदिएका छन् । यही गतिमा अन्य संगठनमा पनि पुग्ने हो भने प्रभाकरले तहल्का नै पिट्ने छन् । यस्तोमा हालैमात्र फेरि जोडिएका पूर्व उपपराष्ट्रपति नन्दबहादुर पुन पासाङको भूमिका के होला भन्ने प्रश्नसमेत खड्किएको छ ।