कम्रेड प्रचण्डः नयाँ नयाँ दाउ बढाउन भाउ…

एकताका राप्रपाको हातमा सत्ताको साँचो थियो । कांग्रेस र कम्युनिष्ट जसलाई समर्थन जनाउथ्यो, उसैको सरकार बन्थ्यो । त्यही ठाउँमा अहिले माओवादी केन्द्र पुगेको छ । कांग्रेसलाई काँध हालेकैले देउवा काजी प्रधानमन्त्री बन्न पुगे । त्यसो त जालो बुन्ने काम कम्रेड माधवले गरेका हुन् तर उनको मात्र तागतले न आपूm प्रधानमन्त्री बन्न सक्ने न त उनको […]

Read more

हामी ठूला मान्छे ः संसदको बैठकमा जानैपर्ने छ र..

माननीयज्यू, हाजिर गरिसक्नुभो–पहिलोले प्रश्न गर्छ । दोस्रोले जवाफ दिन्छ–अघि नै गरिसकेको । पहिलोको टिप्पणी हुन्छ–हाजिर गरिहाल्नु भएछ, जाउँ न त बाहिरतिर । दोस्रो भन्छ–कति दिन भाग्ने हँ हाजिर गरेर । पहिलो भन्छ–हाजिर गरिहाल्नु भयो–भत्ताथापी गयो । अब किन बसिरहनु हँ यहाँ । यस्तै हो माननीयहरू बीचको छलफल । बुढाले जे ग¥यो केटाकेटीले गर्ने त्यही न […]

Read more

म त ठूलो मान्छे ः मैले जे जसो गरे पनि हुन्छ…

कवि शिरोमणि लेखनाथको एउटा कविता छ–वडाले जे ग¥यो काम हुन्छ सो सर्वसम्मत छैन शंकरको नङ मगन्ते भेष निन्दित–यो कुरा हाम्रा ठूलाबडाले ठ्याक्कै पछ्याएका छन् । कसले भन्नुहोला–आपूm मन्त्री भएको बेला मातृका यादवले हाकिमलाई शौचालयमा थुनेर सास्ती दिएका थिए, त्यसको विरोधमा उनकै प्रधानमन्त्रीले च्यूँसम्म बोलेनन्, अहिले पदमा छैनन्–खित्रिक्क गरुन् त–सर्वत्र विरोध हुन्छ । अब उनी ठूलाबडामा […]

Read more

मन्त्री फेर्न खोज्दा माधव नेपालको नाकमा झिँगा…

आपूm ताक्छ मुडो बञ्चरो ताक्छ घुँडो–आपूmले मन्त्रीहरू बदल्न खोजेको तर देउवाले रोडा अड्काएपछि कम्रेड माधव रन्थनिएका छन् । त्यसो त पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नुपर्ने हो, तर कुसाइतको सल्लाह प्रधानमन्त्रीले मान्ने कुरै भएन । अरुलाई केको धन्दा घरज्वाइँलाई खानको धन्दा भनेझैं संसदमा बजेटको चर्चा चल्दै गर्दा जवाफ दिनुपर्ने मन्त्री बाहिरिए पछि जवाफको जिम्मा कसले लिने । […]

Read more

ठूलाबडाले ठूलाबडाकै हित हेर्छ–१५ प्रतिशतको मोल बस्यो..

भनिन्छ सानालाई ऐन ठूलालाई चैन–अर्थमन्त्रीले २०७९।८० को लागि प्रस्तुत गरेको बजेटले आखिर ठूलाबडाकै हित हेरेको देखिन्छ । सम्पन्नलाई खातैखात विपन्नको पुर्पुरोमा हात । अर्थमन्त्रीले सोलोडोलो कर्मचारीको तलब बृद्धि गरे–सबैलाई १५ प्रतिशतका दरले । अब हिसाब गर्नोस्–पहिले तलब हुनेको लागि तलबको रकम ह्वात्तै बढ्ने भयो । तर सहयोगीको भागमा सानो चोक्टो । भनिन्छ जता गहिरो उतै […]

Read more

ओली बा अब क्वीन्टलबाट झरेर केजीमा…

ययाती आत्मश्लाघाले स्वर्गबाट गिरे तल–यो श्लोक यतिखेर ओली बामा ठ्याक्कै लागू भएको छ । चुनावको एकदिन अघिसम्म गठबन्धनका पाँच दललाई आफ्नो पार्टीलाई क्वीन्टल भन्दै आएका ओली बा अहिले आफ्नो हैसियत केजीमा झरेको अनुभव गर्न थालेका छन् । नेपालीको ठ्याक्कै मिल्ने शब्द ‘मैमत्ता’ भएका कम्रेडलाई साइजमा ल्याइएको छ । शक्तिको दम्भले सधैं गम्म फुलेर बस्ने अनि […]

Read more

न हेप, म पनि टिकट किनेरै उम्मेदवार भएको हुँ…

कुनै बेला पार्टीले आफ्नो उम्मेदवार भनेर पार्टीले सकेको सहयोग दिन्थ्यो । नेताहरूले हेरीहेरी उम्मेदवारको मुख हेरेर धेरै थोरै रकम दिएर पठाउथे । अनि उम्मेदवारले त्यसमा सक्दो चन्दा उठाएर चुनाव खर्च पु¥याउथे । दिन पर्लक्क पल्टिएछ–अब उम्मेवारी लिने हो भने प्रत्यक्ष रूपमा पार्टीलाई र नदेखिने गरी नेतालाई नजराना बुझाएपछि मात्र टिकट पक्का । अनि नजराजा दिँदैमा […]

Read more

भन्ने त गाउँगाउँमा सिंहदरबार तर नेताको हुकुमी छाप…

३० गते वैशाख, जसरी हुन्छ आफ्नोलाई चुनाव जिताउनु पर्छ । राम्रोसँग केको वास्ता सबैतिर हाम्रालाई जिताएर ल्याउनु पर्छ । भन्न त स्थानीय तहकै सिफारिसमा उम्मेदवार उठाइने भनियो तर स्थानीय सिफारिसलाई नेताहरूले धोती लगाइदिए–आपूmलाई जो मन पर्छ उसैको नाममा पुर्जी तयार । एकथरि चुनावका दावेदार, केन्द्रबाट नेताको हस्ताक्षर लगाएर पुर्जी लिएर गए, उम्मेदवारी दर्ता गर्ने ठाउँमा […]

Read more

पाँच पार्टीको गठजोड तर देखियो खुकुलो बन्धन…

मुटुमाथि ढुंगाराखी हाँस्नु प¥या छ–कांग्रेसी कार्यकर्तालाई यस्तै भएको छ । चितौनमा चित्त दुखाई दुखाई रेणु दाहाललाई भोट हाल्न बाध्य बनाइएका कांग्रेसी कार्यकर्ता यसपल्ट पनि रुखमा भोट हाल्न नपाउने भएका छन् । अनि पोखराका कांग्रेस–यसपल्ट एमाले फुटेको छ, अब त्यहाँ हामी सजिलै जित्छौं भनेर जुंगामा ताउ लगाएर बसेका–यहाँ पनि रुखको सट्टा कलम चिन्हमा छाप लगाउन बाध्य […]

Read more

ठूलो पद पाउन ठूलै नेताको नाता जोडिएको हुनुपर्छ…

मेरा एकजना मित्र चुनाव आचारसंहिता लागेपछि घरमा अलापबिलाप गर्दै थिए । यो बुढौतीको बेला केको अलापबिलाप नि–प्रश्न बाहिर निस्कन नपाउँदै बाबुलाई सत्तोसराप गर्न थाले–बुढाले उतिखेर ठूलाबडाको छोरी खोजेर बिहे गरिदिएको भए आपूm पनि यतिखेर राजदूत होइन्थ्यो, त्यसो नभए कुनै आयोगको सदस्य त पक्का । यत्रोविदि नियुक्ति हुँदा आफ्नो नाउँ नपर्दा कति चित्त दुख्यो होला । […]

Read more