जगमाथि उठ्यो ? म उद्घाटन गर्न आउँ कि ?

–घुमन्ते छोरो पाउनु कहाँ छ–कन्दनी बाट्न हतार भने झैं योजना सम्पन्न हुनु कता हो कता नेतालाई उद्घाटनको हतार । अहिले घुमन्तेलाई पनि उद्घाटनको रहरले छोपेको छ । कतै सानो बुकुरो ठडिन लागेको छ भने पनि महामहिम वा माननीय फलानाका करकमलबाट उद्घाटन सम्पन्न भयो भन्ने ताम्रपत्र शिलापत्र न भए कागतपत्र नै भए पनि टाँसेर आफ्नो इतिहास […]

Read more

नेताहरूको राम्रो बोली : आमा नभनेर बाबुकी स्वास्नी…

संस्कृतमा एउटा उक्ति छ–बचनेका दरिद्रता तर हिजो आज हाम्रा नेताहरूले ठीक उल्टो बोल्नै परेपछि किन टर्रो नबोल्ने । त्यसैले कसले गालीमा कसले जित्छ भनेर भएभरका गालीका शब्द प्रयोग गर्न थालेका छन् । अन्तर्राष्ट्रिय गाली प्रतियोगिता गर्ने हो भने हाम्रा नेताले सबै पदक हात पार्ने छन् । आमा भन्नु र बाबुकी स्वास्नी भन्नु एउटै कुरा हो(तर […]

Read more

प्रचण्डको खटारो–ओर्लने धेरै चढ्ने शून्य

कम्रेड प्रचण्डले १० वर्षसम्म पार्टीलाई कसरी हाँके–पत्याउनै गाह्रो पर्ने । यतिखेर एक्लो प्रचण्ड हुलका हुलजस्तो देखिएको छ । नेकपा तीन टुक्रा हुन नपाउँदै रामबहादुर थापासहित एकदर्जन नेता एमालेका सर्वमान्य नेता ओलीकहाँ त्वम् शरणम् भन्दै पुगे । भरिभराउ बसबाट एकथरि झर्नासाथ सीट खाली हुन थाल्यो । अहिले एमसीसी समर्थन र विरोधको ताराबाजी खेल्दाखेल्दै अरु मित्रहरू पनि […]

Read more

गठबन्धन त कति साह्रो रहेछ–फुटाउन खोज्दा आफैं चकित…

एमसीसीको निहुँमा कम्रेड ओलीले पाँच दलको गठबन्धनमा ठूलै ह्यामर हान्न तयार बसेका हुन्–ह्यामर हान्नुभन्दा पहिले बिँड खुस्कियो । देउवालाई ललाई फकाई आपूmतिर तान्न निकै प्रयास गर्दा पनि अति चाम्रा ठहरिए रुवाखोलेकाजी । एकातिर मिल्न मिल्न लागेजस्तो गर्ने तर मिल्न खोजेको पक्षको खुराफाती बुझेकाले आफ्ना पट्टिकालाई अत्याउने काम गरेर आफ्नो मुख्य काम फत्ते गरी छोडे । […]

Read more

छेपाराले जस्तै रूप फेर्दै नेपालका ठूला नेताहरु…

माछा देखे दुलाभित्र हात सर्पदेखे दुला बाहिर हात–हाम्रा राजनीतिकर्मीहरू यस्तै छन् । हाम्रो भाग्यले यस्तै नेता जुराइदियो–अनि नभएको नेता खोज्न कहाँ जानु । अहिले हो भनेको कुरा भरे नै होइन भन्ने र कार्यकर्तालाई विरोधमा नारा लगाउन पठाएर आपूm मौन समर्थनतिर लाग्ने लापले बानीले अब नेतालाई पत्याउन पनि गाह्रो भैसक्यो । कम्रेड ओलीले एमसीसी सदनमा प्रवेश […]

Read more

अरुलाई ओराल्दै जाँदा– आफैं खस्नेतिर…

कसैको लोकमा छैन एकैनास समुन्नति अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति यो दीर्घजीवी कविता हो–बेलाबेलामा प्रयोगमा आइरहन्छ । कम्रेड ओलीको शक्तिका अगाडि सबै नतमस्तक बन्नुपथ्र्यो–सदनबाट ओरालोमा । आपूmलाई सबैभन्दा शक्तिशाली ठान्दाठान्दै समयले मरन्च्यासे बनाउन बेर लगाउँदैन रे । अहिले जसले प्रधानमन्त्री पदबाट गलहत्याइदिए, उसै प्रधानन्यायाधीशलाई जोगाउन अरुलाई हप्कीदप्की गर्नुपर्ने भएछ । चोलेन्द्र शमशेर राणा […]

Read more

मधेशका घरैपिच्छे पार्टी–सबै घरमा सभापति…

एकताका भन्ने गरिन्थ्यो–दुईजना कम्रेड भए तीनवटा पार्टी जन्मन्छ रे । एक एक जनाको दुईटा पार्टी, दुईटा मिलेको एउटा पार्टी । अहिले मधेशवादी दलहरूमा यो कहावत प्रयोगमा आउने ढाँचा देखिएको छ । पहिले एउटा पार्टी थियो–सद्भावना त्यही पार्टी नाममा सद्भावना जोडिए पनि नेताहरूमा आपूm जसरी भए पनि अध्यक्ष वा सभापति बन्नुपर्छ भन्ने दुर्भावना पलाउँदै गयो । […]

Read more

एमसीसी कुन चराको नाम ः नेताहरु धमाधम गिजोलिँदै…

एमसीसी–अमेरिकी अभियान, कम्युनिष्टहरू पूरै मर्कामा । खाऊँ कान्छा बाबुको अनुहार नखाऊँ दिनभरिको शिकार । एमाले दाउ हेरेर बसेको छ–समर्थन गर्छु पनि भन्दैन समर्थन गर्दिन पनि भन्दैन–ऊ त माओवादी र नेकपा समाजवादीको निरीह अनुहार हेरेर भविष्य तय गर्नेमा छ । यतिखेर भिडन्त गर्नेमा देउवाकाजी र दुईबाजे । एमसीसी समर्थन गरे गर नगरे सत्ता गठबन्धन चट् । […]

Read more

माधव प्रचण्ड ः देउवाको टेकोमा चुनाव जित्ने दाउ…

यतिखेर चुनाव हुने कुनै छाँट छनक नदेखिए पनि चुनावको खुबै चर्चा छ । एकातिर ओलीले नियुक्ति दिएका प्रमुख निर्वाचन आयुक्त छिटो चुनाव गराएर दुईटा नेता माधव र प्रचण्डलाई हावा खुवाउने दाउमा छन् । तर देउवाको टेको नमिल्ने हो भने आफ्नै भरमा मात्र चुनाव जितिन्न भन्ने कुरामा डराएका दुई नेता संगठन चतुराउने समय खोज्दै चुनाव ढिल्याउने […]

Read more

चुनावको नाम नआउँदै नेताहरू लुगलुग काम्ने…

यताउताका कुरा – घुमन्ते हुँदैन बुढी छोराको बिहे तीनपाथी चामल त अक्षता चाहिन्छ रे–यस्तै उखान चरितार्थ हुन्छ हामीकहाँ हुने चुनावमा । स्थानीय निकायको होस् कि प्रतिनिधिसभाको–रुपियाँको मोटो कुम्लो कुटुरो नबोकी होमिउला भन्न पर्दैन । एउटा लोकल लेवलको कार्यकर्ताले भन्थ्यो रे–पाँचलाख जम्मा गरेको छु–पार्टीले टिकट दिए वडा अध्यक्षको चुनाव जित्छु । आफैं हिसाब गर्नोस् प्रतिनिधिसभाकै चुनाव […]

Read more