कोरोनाले ठूलाबडा ताक्यो ः ठूलाबडाले भाषण… – घुमन्ते

कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर भन्ने उखानलाई साख्खै चरितार्थ बनाउँदै ठूलाबडाहरू कोरोना महामारी नियन्त्रणतिर भन्दा हुल बटुलेर भाषण गर्नेतिर लागे । सबैको प्रयासमा कोरोना रोकौं भन्नुभन्दा कसरी धेरै जनाको भीड जम्मा गर्न सकिन्छ र खल्तीबाट नाम झिकेर नेता बनाउन सकिन्छ भन्नेतिर लागे । असेपासेहरू जनताले होइन, नेताले तानेर नेता बनाउने हो भनेर सके मूल नेताकहाँ न […]

Read more

प्रजातान्त्रिक अभ्यास ः चुनाव गर्ने होइन ताली पड्काएर नेता…

यताउताका कुरा– घुमन्तेनेपालमा नौलो प्रकारको प्रजातन्त्रको उदय भएको छ । प्रजातन्त्रमा उम्मेदवार बन्ने, भोट हाल्ने, धेरै मत पाउनेले जित्ने परम्परा थियो । नेपालमा त पार्टीको मुखियाले नाम भन्ने अरुले ताली पड्काउने, यतिकै भरमा नेता बन्ने । यसैलाई लोकतन्त्र पनि भन्ने गरिन्छ अर्थात लोक हसाइको काम । म नाइके भएपछि भाइनाइकेदेखि कामदारसम्म मैले नै छान्न पाउनुपर्छ […]

Read more

कम्रेड प्रचण्ड : यतिखेर पछुताएर के नै पाइन्छ र ?…

– घुमन्ते कुनै दिन थियो–कम्रेड प्रचण्डको बोली भुइँमा खस्न नपाउँदै तमिल हुन्थ्यो । प्रश्नको त कुरै छैन । तर सब दिन तहीं हो त एक समान भनेझैं यतिखेर आफ्नो कुरा अरुले पत्याउन छाडे भनेर दुःखेसो पोख्ने दिन आए । त्यसो त कम्युनिष्टहरूले आत्मालोचना गरे पञ्चखत माफको परम्परा चल्दै आएको छ–कम्रेड प्रचण्डले महाधिवेशनमा बुझाएको कार्यपत्रमाहरू रोएर […]

Read more

यताउताका कुरा

दोस्रो इनिङ् ः सिपाही त थुप्रै भए, अफिसर चाहिँ खोई…– घुमन्ते शेरबहादुर देउवा दोस्रोपल्ट नेपाली कांग्रेसको सभापति भए । त्यागी बाबुका लोभी छोरा दुईटाले गर्दा पार्टीको बागडोर सभाल्न पाए । दोतिहाईभन्दा बढी कार्यसमितिका सदस्य आफ्नै जिताए । तर हात्तीको देखाउने दाँतजस्ता बिनाकामका केन्द्रीय सदस्य धेरै भएर के गर्नु । वर्षमा एकपल्ट केन्द्रीय समितिको बैठक बस्छ, […]

Read more

तेस्रोधारका १० नायकः ओलीले बनाइदिने भए खलनायक…

–घुमन्ते किन रोइस् मंगले आफ्नै ढंगले–ढंग पु¥याउन नसक्दा माधव पक्षका १० नायक अब ओल्लो घाट न पल्लोतिर बन्ने भएका छन् । आउ बाबु हो, म तिमीहरूलाई काखमा राखेर दूध भात खुवाउछु भनेर ओली कम्रेडले के फकाएका थिए, माधवलाई साथ दिएर आएको १० सै जना पार्टीको एकताको नाउमा ओलीतिर लहसिए । तर अघि राँडीले मानिन पछि […]

Read more

कोरोनाबाट ११७ नेपालीको मृत्यु, यो साता २१ मरे, १३ हजारमा संक्रमण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक […]

Read more

मोबाइलः कता जाँदैछ नयाँ पुस्ता ?

समयसँगै विश्वमा विकास क्रम बढदो छ । नेपालको विकासको कुरा सपनामा वा कुराकानीमा मात्रै सीमित रहेपनि विश्वले विकासको चरमचुली पार गरेको छ । अमेरिका, युरोप, जापान, चीनलगायतका मुलुकले मारेको विकासको फड्को तुलान नै गर्न सकिन्न । छिमेकी मुलुक भारतले पनि मुलुकको विकासमा तीव्रता लिएको छ । भलै त्यसको नियत छिमेकप्रति त्यति सहिष्णु नहोस् ! विकासको […]

Read more

उत्कृष्ट संविधान ः जसले हल्लाए पनि हुने…

सरकारमाथि अविश्वास राख्न पाइने, तर अर्को सरकार बनाउन नपाइने । आ–आफ्नै हिसाबले अर्थ लगाउन सकिने । स्पष्ट कुरा हुनैपर्छ भन्ने छैन, न्यायका नौ सिङ्–संविधानका सयफुर्का । भन्न त ज–जसले चोरबाटोबाट संविधान बनाए उनीहरू यो त संसारको उत्कृष्ट संविधानको पगरी गुथाउँछन् । बालीनाली अर्काको राम्रो छोराछोरी आफ्ना राम्रा भनेझैं ३ दल अर्थात कांग्रेस, एमाले र माओवादी […]

Read more

समय नपुग्दै ओलीमाथि कसले चलायो अचूक गोली…

नयाँ नयाँ सपना बुनेर बसेका प्रधानमन्त्री ओलीलाई यति चाँडै संकट आउला भन्ने झनकसम्म थिएन । कम्रेड प्रचण्डको घुक्र्याउने बानी । यसपल्ट पनि “मलाई प्रधानमन्त्री छाड्ने होइन भनेर जिस्क्याएका हुन् भनी ठानेर केही दिन पख्नोस् न भन्दा झनक्क रिसाएर निस्किएका प्रचण्डले देउवाको शरण लिन पुगे । ब्राह्मणले मागेपछि ठकुरीकाजीले नदिने कुरै भएन । अझ त्यसमाथि आपूmलाई […]

Read more

ओइलाउँदा प्रचण्ड र मौलाउँदा ओलीको गाढा मित्रता…

एकताका भद्र सहमतिमा ओलीले प्रचण्डलाई पद छाड्नुपर्छ भनेर कुर्लने माओवादी केन्द्र यतिखेर ओइलाएको लज्जावती झारभन्दा गएगुज्रेको भएको छ । ओलीले के त्यस्तो जादूको लट्ठी चलाए मदारीको अगाडि बाँदर वा सपारीको अगाडि सर्पजस्तो बने । अचेल कम्रेड प्रचण्डको बोली बन्द भएको छ–कतै गएर केही बोलेको सुनिदैन । आखिर कुराको चुरो के रहेछ त भनेर पत्ता लगाउँदा–अष्टे«लिया […]

Read more