अधिकांश मन्त्रीहरु ‘असफल’

काठमाडौं । भनिन्छ नि सेनाविनाको सेनापतिले हार्छ । सेना लायक नभएनन् भने पनि सेनापतिले युद्ध हार्छ । त्यस्तै भएको छ अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई । उनको सत्ता सहज छैन । उनले सत्ता सम्हालेको आठ महिना पुग्न थाल्यो । तर कामले भने गति लिन सकेको छैन । कमजोरी देउवाको भन्दा पनि उनका लन्ठू मन्त्रीहरुका कारणले हो […]

Read more

‘एमसीसी २१ औं शताब्दीको उपनिवेश’

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनको रूपमा दर्ज भएको बताएका छन् । विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज […]

Read more

समावेशी नेतृत्वको बहस तीब्र

काठमाडौं । जब जब चुनाव आउन थाल्छ तब समावेशी सिद्धान्त लागु हुन थाल्छ । हरेक क्षेत्रको पहुँच खोजिन्छ । यो स्वभाविक पनि हो । त्यसकै प्रभाव अबको स्थानीय तहको निर्वाचनमा पनि पर्ने देखिएको छ । नागरिक संघसंस्थाहरुले स्थानीय तहको निर्वाचनमा लैङ्गिक तथा सामाजिक समावेशी नेतृत्व सुनिश्चित गराउन विभिन्न राजनीतिक दलहरु र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका […]

Read more

‘प्रधान न्यायाधीशविरूद्धको महाअभियोग संंसदमा निर्णयार्थ पेश गर्न ल्याइएकै होइन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाएको महाअभियोग प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत नहुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो प्रस्ताव संसदमा निर्णयार्थ पेश गर्न नभइ न्यायालयलाई झनै अस्तव्यस्त पार्न ल्याइएको […]

Read more

विवादित ‘एमसीसी’ संसदमा

सत्तारूढ गठबन्धनभित्र दलहरुको दोहोरो भूमिका काठमाडौं । अन्ततः प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएको छ । निकै लामो रस्साकस्सीबीच एमसीसी टेबल भएको हो । तर सत्ताधारी गठबन्धनले सहजै एमसीसी टेबल भने गरेनन् । नेपाली कांग्रेसले पूर्णरुपले समर्थन गर्र्दै एमसीसी टेबल गरेकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने विभाजन भएरै टेबल गरेका हुन् […]

Read more

अनिर्णयको बन्दी बन्यो एमाले

काठमाडौं । मुलुकको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले अनिर्णयको बन्दी बनेको छ । देश चरम संकटमा रहेका बेलामा एमाले शान्त बनेको हो । यस्तो लाग्छ कि अहिले देशमा के भइरहेको छ भन्नेबारे एमालेलाई थाहापत्तो छैन । ठ्याक्कै रोम जलिरहेछ नुरो बाँसुरी बजाइरहेजस्तै । देश एमसीसीको विषयमा खण्डित हुन थाल्दैछ । तर एमालेलाई वास्ता छैन […]

Read more

प्रजातन्त्र अनुदान होइन ः पूर्वराजा

काठमाडौं । गत शनिबार मुलुकले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । तर जसरी २००७ सालमा एक सय चार वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्न तत्कालीन राजा त्रिभुवनले आफ्नो गद्दी नै त्यागेर निस्कनु परेको थियो अहिले त्यो त्याग र देशप्रतिको समर्पण मरेजस्तो भएको छ । किनकि अहिले मुलुकमा गणतन्त्र छ । सीमित नेताहरुको स्वार्थका कारण […]

Read more

एमसीसीबारे प्रचण्डको द्वैधचरित्रले मुलुक रणमैदान बन्दै

भूराजनीतिक द्वन्द्वको भुमरीमा नेपाल काठमाडौं । नेपालमा यतिबेला अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको झण्डै ६० अर्ब रकम अनुदान स्वीकार गर्ने कि नगर्ने भन्नेबारे अन्तिम रस्साकस्सी चलिरहेको छ । अमेरिकी सहयोगको रकम नेपालले स्वीकार नगरोस् भन्नेमा नेपालको उत्तरी छिमकी मुलुक चीनले ठूलो कुटनैतिक मेहनत गरेको भन्दै अमेरिकाले यदि नेपालले एमसीसीको रकम अस्वीकार गरे त्यसलाई चीनको […]

Read more

घुर्की लगाउँदै देउवासँग बार्गेनिङमा माओवादी र नेकपा ‘एस’

प्रचण्ड–माधव पुरानै खेलमा काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो रङ्ग छिटोछिटो फेर्दै आएका छन् । २०७३ को रङ्ग २०७४ सालमा फेरियो भने २०७७ सालको रङ्ग २०७८ सालमा फेरिएको छ । अहिले फेरि अर्को रङ्ग फेरिँदैछ । प्रचण्डले २०६३ सालमा राजनीतिको मुलधारमा आएदेखि नै स्वार्थको रङ्ग फेर्दै आइरहेका छन् । अब पनि […]

Read more

लोसपामा बिभाजनको गन्ध

काठमाडौं । भारतको नजिक रहेर भारत जे भन्छ त्यही गर्ने पार्टीको नाममा कहलिएका महन्थ ठाकुर र राजेन्द्र महतोबीच अहिले पानी बाराबारको स्थिति छ । छ महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीका यी दुई नेताका कारण सिङ्गो दल नै भद्रगोल अवस्थामा छ । पार्टी गठन भएदेखि अहिलेसम्म एक पटक पनि कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन […]

Read more