देश नै मारवाडीले चलाएको रहेछ !

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथको स्वामित्वको धर्मशाला पशुपति विकास कोषले नै चलाउनु पर्ने फैसला गरेपछि काठमाडौँ महानगरपालिकाको प्रहरी टोली पटक पटक मारवाडी सेवा समितिले ओगटेको क्षेत्र हटाउन गयो । तर महानगर प्रहरीको टोली निरन्तर रित्तो हात फर्किनु पर्यो । नेपाल प्रहरीले धर्मशाला भित्र पस्न नदिएपछि उनीहरू महानगरको साइनबोर्ड लगाएर फर्किए । यतिसम्म कि धर्मशाला […]

Read more

लोतन्त्रको कालो दाग ः आधा दर्जन गृहमन्त्री अपराध अनुसन्धानको फन्दामा

काठमाडौँ । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चर्चामा छन् । हुनत आठ वर्षअघि नेपालमा कहिल्यै राजनीति गर्दिन भनेर उद्घोष गर्दै नेताहरुलाई भन्न हुने वा नहुने सबै कुरा भनेर अपमान गरेका भए पनि तिनै रवि २०७९ मा पार्टी खोलेर उपप्रधान तथा गृहमन्त्री नै भइसके त्यो पनि दुई दुई पटकसम्म […]

Read more

राज्यलाई तिर्नुपर्ने अरबौं कर छलेर दुनियाँलाई पैसा बाँड्दै

भाटभटेनी साहु र एमाले नेक्सस काठमाडौँ । भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र एमाले एउटै हुन् । किनकि गुरुङ नै एमाले हुन् । उनले गरेका हरेक अपराध एमालेले गरेका हुन् । त्यही भएर त होला देशलाई तिर्नुपर्ने अर्बौँ कर नतिर्ने गुरुङले दुनियाँलाई पैसा बाँडेको देखाएर आफू दानी भएको हल्ला फैलाउँछन् । उनीमाथि सशस्त्र द्वन्द्वमा […]

Read more

रविलाई पक्रिन केको समस्या ?

काठमाडौँ । सहकारी प्रकरणमा मुद्दा दर्ता भए पनि अहिलेसम्म पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने आँट गर्न सकेको छैन । देशका ठूला सहकारी ठगी प्रकरणमा अत्यधिक चर्चा कमाएका र सहकारी ठगी प्रकरण सम्बन्धी गठित संसदीय विशेष छानबिन समितिबाट सहकारी ठगीमा दोषी देखाइ कारबााहीको सिफारिसमा परेका रविलाई अहिलेसम्म […]

Read more

जनभावना ४३ औं वर्षमा प्रवेश

हाम्रो आफ्नै अनुभव र शुभकामना साँढे चार दशक लामो हाम्रो यात्राका अनुभव वा भोगाईहरू पनि विचित्रकै छन् । जनभावना साप्ताहिक नेपाली पत्रकारिता जगतमा उदाएको त्रिचालीस वर्ष पुगिसकेको छ । पञ्चायतकालीन शासन पद्धति छँदा यसको जन्म भएको हो । एकदशक नबित्दै राज्यको शासन व्यवस्था फेरियो । बहुदलीय व्यवस्था पुनस्र्थापन गरियो । ०४७ सालपछिको पद्धतिले पनि अपेक्षित […]

Read more

पूर्वराजा मर्माहत, सरकार गैरजिम्मेवार

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहबाट बाढी पहिरोले पु¥याएको क्षतिप्रति दुःख ब्यक्त गरिएको छ । दुःखद घडीमा पूर्वराजाबाट निकै मर्माहत भएको भावनासमेत व्यक्त गरिएको छ । नेपालीको जीवन गुमेको, घाइते हुनु परेको र आफ्नो जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएकोसमेत बताइएको छ ।आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रबाट सरकारको आलोचनासमेत गरिएको छ । […]

Read more

राष्ट्रिय विपत्तिको बेलामा सरकारको उपस्थिति न्यून

प्रधानमन्त्री अमेरिकामै मस्त काठमाडौँ । ‘देश र जनता रोइरहेको बेलामा अमेरिकामा व्यक्तिका घरमा काम न काजको अवैतनिक वाणिज्यदूत कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओली ! यस्तो विपतको बेला तपाईंको अमेरिका बसाइ र व्यक्तिका घरमा काम र अधिकार नभएको अवैतनिक वाणिज्य दूतावास तपाईंले उद्घाटन गर्दै हिँड्नु उपयुक्त हो र ? तपाईं त देशको प्रधानमन्त्री हो । सारा […]

Read more

संसदीय सुनुवाई देखावटी नाटक

काठमाडौँ । बहुमतको सरकार र बहुमतको संसद भएपछि जे पनि गर्न सकिन्छ भन्ने बुझ्न अहिलेको सरकार र संसदलाई हेरे पुग्छ । बाहिर सबै प्रक्रिया पूरा गरेजस्तो गर्ने र भित्र सबै सेटिङ मिलाएर विभिन्न जिम्मेवार निकायलाई कठपुतली बनाइएको छ । त्यसैले त सरकारले मात्र होइन संसदीय समितिलेसमेत राजदूत नियुक्तिलाई उपहासको विषय बनाएको छ । सरकारले दलगत […]

Read more

अनुगमनको नाटक चाडबाडमा मात्रै

काठमाडौं । चाडबाड सुरु भइसकेको छ । जनैपूर्णिमा, तीज पंचमी सकिनासाथ चाडबाडको लर्को लाग्छ । अहिले सोह्रश्राद्ध सुरु भइसकेको छ । पितृहरुको सम्झनमा पूजा पाठ तथा पिण्डदान गरिने पितृपक्ष लगत्तै दसैं सुरु हुन्छ । घटस्थापनाको थालनी त्यही दिन हुन्छ । र त्यसपछि तिहार र छठसम्मको अवस्था एकनासको रुपमा बजारमय हुन्छ । अर्थात बजार चम्किन्छ । […]

Read more

नैतिकता हराएपछि लुट्नलाई लोकतन्त्र

काठमाडौँ । अहिले लोकतन्त्र धरापमा परेको छ । लोकतन्त्रले लोकको कुरा गर्नुपर्ने हो । गणतन्त्रले जनताका कुरा गर्नुपर्ने हो । तर यो लोकतन्त्रले नेताहरूलाई लुट्ने लाइसेन्स दिएको स्पष्टै भएको छ । एउटा मर्यादाभित्र बस्ने राजसंस्था ढालेर अमर्यादित सयौँ भरेटुकुरे राजाहरु पैदा गरेको छ लोकतन्त्रले । उनीहरु गैरजिम्मेवार र अनैतिक भएको कुनै न कुनै भ्रष्टाचारमा जोडिएको […]

Read more