अधिकांश मन्त्रीहरु ‘असफल’

काठमाडौं । भनिन्छ नि सेनाविनाको सेनापतिले हार्छ । सेना लायक नभएनन् भने पनि सेनापतिले युद्ध हार्छ । त्यस्तै भएको छ अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई । उनको सत्ता सहज छैन । उनले सत्ता सम्हालेको आठ महिना पुग्न थाल्यो । तर कामले भने गति लिन सकेको छैन । कमजोरी देउवाको भन्दा पनि उनका लन्ठू मन्त्रीहरुका कारणले हो […]

Read more

‘एमसीसी २१ औं शताब्दीको उपनिवेश’

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनको रूपमा दर्ज भएको बताएका छन् । विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज […]

Read more

समावेशी नेतृत्वको बहस तीब्र

काठमाडौं । जब जब चुनाव आउन थाल्छ तब समावेशी सिद्धान्त लागु हुन थाल्छ । हरेक क्षेत्रको पहुँच खोजिन्छ । यो स्वभाविक पनि हो । त्यसकै प्रभाव अबको स्थानीय तहको निर्वाचनमा पनि पर्ने देखिएको छ । नागरिक संघसंस्थाहरुले स्थानीय तहको निर्वाचनमा लैङ्गिक तथा सामाजिक समावेशी नेतृत्व सुनिश्चित गराउन विभिन्न राजनीतिक दलहरु र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका […]

Read more

चुनावका लागि सवालाख म्यादी प्रहरी

काठमाडौं । आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । एकै चरणमा देशभर हुन लागेको चुनावको सुरक्षा चुनौती उत्तिकै खड्किएको छ । त्यसका लागि सुरक्षा निकायले आफ्नो चाँजोपाँजो मिलाउँदै छ । झण्डै सवा लाख सुरक्षाकर्मीहरु थप्नुपर्ने निष्कर्षमा सुरक्षा निकाय पुगेको छ । प्रहरीले बैशाख ३० गते हुने चुनावमा सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान […]

Read more

मुलुक संकटको भुमरीमा फस्दै

काठमाडौं । अहिले देशको परिस्थिति अस्तव्यस्त छ । राजनीति अस्तव्यस्त भएसँगै स्वभाविक रुपले देशको परिस्थिति बिग्रिएको हो । कहिल्यै पनि मिलेर अगाडि बढ्न नसक्ने राजनीतिको गलत संस्कृतिका कारण मुलुकले दिनानुदिन दुःख पाइरहेको छ । राजनीति गर्नु एकठाउँमा छ तर राष्ट्रिय मुद्दामा एकजुट हुनुपर्ने बेलामा पनि नेताहरु आपसमा हिलो छ्याप्नमा व्यस्त छन् । यही कुरुप दृष्य […]

Read more

१३ वर्षदेखि हुन सकेन स्ववियु निर्वाचन

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । पञ्चायतकाल, सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासनकालमा पनि नियमित हुँदै आएकोमा अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने स्ववियु निर्वाचन १३ वर्षदेखि हुन सकेको छैन । गणतन्त्र स्थापना […]

Read more

प्रजातन्त्र अनुदान होइन ः पूर्वराजा

काठमाडौं । गत शनिबार मुलुकले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । तर जसरी २००७ सालमा एक सय चार वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्न तत्कालीन राजा त्रिभुवनले आफ्नो गद्दी नै त्यागेर निस्कनु परेको थियो अहिले त्यो त्याग र देशप्रतिको समर्पण मरेजस्तो भएको छ । किनकि अहिले मुलुकमा गणतन्त्र छ । सीमित नेताहरुको स्वार्थका कारण […]

Read more

दिनदिनै साँघुरिंदैछ काठमाडौं

नेपाल वायुसेवा निगम अगाडि एकजना कुप्रे वृद्ध हिँड्दै गाली गरिरहेका थिए । उनको कुरोमा कतिजनाले ध्यान दिए, थाहा छैन । तर जतिले ध्यान दिएका थिए, तिनले बूढा मान्छे सहि बोलीरहेका छन् भनेर मनमनै भए पनि समर्थन गरिरहेका थिए । बूढा नेवारी भाषामा भन्दैथिए ‘यो मानिसहरु पैदल हिँडने पेटी हो कि पसल चलाउने ठाउँ ? फुटपाथमै […]

Read more

चुनाव चिन्हका लागि २४ दल आन्दोलित

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध संघर्ष गर्न २४ वटा दलहरूले संघर्ष समिति गठन गरेका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था […]

Read more

प्रधान न्यायाधीशविरूद्ध महाअभियोग दर्ता

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध हिजो संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावमा ९८ जनाले सांसदले हस्ताक्षर गरेका छन् । महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायत छन् । संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा परेका छन् ।मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी […]

Read more