निश्चित पाण्डे विश्वकै उत्कृष्टमा

Home Feature

संयुक्त राष्ट्रसंघको एक शैक्षिक संस्थाले नेnishchitपालका निश्चित पाण्डेलाई उत्कृष्ट निवन्ध विजेतामा छनोट गरेको छ । इएलएस एडुकेशनल सर्भिस र युनाइटेड नेसन्स एकेडेमिक इम्प्याक्टले सन् २०१६ मा गरेको विश्वकै निवन्ध प्रतियोगितामा निश्चितलाई विजेता घोषित गरेको हो ।

‘वन वल्ड एस्से कन्टेष्ट’ मा विश्वका ६० विजेतामा निश्चित पनि छानिएको एकेडेमिक इम्प्याक्टले विज्ञप्ति जारी गरी जनाएको छ । इम्प्याक्टले सोमबारदेखि अमेरिकाको न्यूयोर्कमा सुरु हुने वन वल्ड ग्लोबल युथ फोरमका लागि निश्चितलाई बोलाएको छ । यो फोरम साउन १६ गतेसम्म चल्नेछ ।

यो फोरमका लागि विभिन्न छ भाषीलाई छनोट गरिएको पनि संयुक्त राष्ट्रसंघले जनााएको छ । चीनको चीनको सांघाइमा रहेर कम्युटर इञ्जिनियर सकाएका निश्चित चिनियाँ भाषाबाट छानिएका हुन् । हरेक छ भाषाबाट १० जनालाई छनोट गरिएको हो ।
उनको १४ गते संयुक्त राष्ट्रसंघको उक्त युवा फोरममा मन्तब्यसमेत रहेको उनका पिता बिमल पाण्डेले बताएका छन् । यो फोरममा हुने पाँच दिने तालिम र दुई दिने सहभागीको मन्तब्यपछि राष्ट्रसंघले कुनै निश्चित परियोजना दिनेछ । निश्चितले तीन महिनाअघि सो प्रतिस्पर्धामा भाग लिएका थिए ।

विश्वका एक सय ६५ राष्ट्रबाट तीन हजार पाँच सय सहभागीबाट अन्तिम ६० जना छानिएको हो । यसमा सहभागीता जनाउने सबैको खर्च राष्ट्रसंघले बेहोर्ने छ । छ भाषामा अंग्रेजी, चिनियाँ, अरेबिक, फ्रेन्च, रुसी र स्पेनी भाषा हुन् । विश्वका ३६ राष्ट्रका ५३ विश्वविद्यालयमा अध्ययनरत युवाले यसमा भाग लिएको पनि राष्ट्रसंघले जनाएको छ । यसमा विभिन्न क्षेत्रका विद्यार्थीसमेत रहेको जनाइएको छ । नेपालबाट छानिएका निश्चितलाई धेरैधेरै बधाइ पनि ।