काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । भोजपुरका युवकमा देखिएको कोरोनासंगै संक्रमितको संख्या ४८ पुगेको हो ।
साउदीबाट आएका उनमा कोरोना देखिएसंगै प्रदेश १ मा २९ जना संक्रमित भएका छन् ।
जसमा निको भएर १० जना घर फर्केका छन् । ३८ जनाको उपचार भइरहेको छ ।
अहिलेसम्म पीसीआर विधिबाट ९,४०७ जनाको परीक्षण भएको छ भने र्यापिड डायगनोस्टिक टेष्ट आरडीटीबाट ३८ हजार ८९ गरी हालसम्म ४७ हजार ४ सय ९६ वटा टेष्ट भएका छन् ।
क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन् । आइसोलेसनमा काठमाडौं उपत्यकामा ३ सहित ८९ जना बसेका छन् ।
रेडजोनमा २ सय ८७ जना रहेका छन् ।