कोरोनाले ५० नेपालीको मृत्यु, १२ सय बढी संक्रमित, नेपालमा ४९ संक्रमित

Home Feature समाज

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ५० नेपालीको मृत्यु भएको छ । त्यसैगरी १२ सय बढी संक्रमित भएका छन् । सबैभन्दा बढी मृत्यु अमेरिका र बेलायतमा भएका छन् ।

त्यसैगरी संक्रमित सबैभन्दा बढी अमेरिका र त्यसपछि बेलायतमै भएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि ५० जनाको ज्यान गएको उल्लेख गरेको छ ।

शनिवार काँग्रेसले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाका कारण मृत्यु र संक्रमितको संख्याबारे जानकारी दिएको हो । उसले तथ्याङ्कमा अंकित हुन नसकेको अनुमानित समेत गर्दा करिब १८ सय संक्रमित भएको उल्लेख गरेको छ ।

काँग्रेसले नेपाली जनसम्पर्क समितिहरु एवं अन्य संस्था, दुतावास र व्यक्तिहरुका माध्यमबाट प्राप्त सूचनाका आधारमा यो तथ्यांक तयार भएको विज्ञप्तिमा उल्लेख गरेको छ।

विदेशमा झण्डै ५० लाख नेपाली रहेको जनाइएको छ ।

नेपालमा भने अहिलेसम्म ४९ जना संक्रमित भएका छन् । १२ जना भने उपचारपछि घर फर्केका छन् ।

अहिलेसम्म नेपालमा ४९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन् । जसमा पीसीआर ९ हजार ६ सय ६६ र आरडीटी ३९ हजार ६ सय ७० वटा भएका छन् ।

अहिलेसम्म १२ जिल्लाका नेपाली तथा भारतीय गरी ४९ जना संक्रमित भएका हुन् ।