संसदमा प्रधानमन्त्री देउवाको लाजमर्दो प्रस्तुति

Home Feature

कसरी चल्छ देउवा सरकार

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS


काठमाडौं । उमेर ढल्कदै गएपछि स्मरणशक्ति पनि कम हुन्छ भन्ने विज्ञानले प्रमाणित गरिसकेको छ । तर नेपालमा मात्रै राजनीतिक दलहरुलाई उमेरको ह्विप लाग्दैन । ईच्छाशक्ति भयो भने उनीहरु पार्टीको विधान नै हेरफेर गरेर भए पनि कुर्सीलाई सधै केन्द्रमा राख्छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवामा भने बुढ्यौली देखिएको छ । उनले गत शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमबारे सांसदहरुको प्रश्नको जवाफ दिनेक्रममा आफ्नो बुढ्यौलीपन प्रदर्शन गरेका हुन् । उनलाई सांसदहरुले एउटा प्रश्न सोध्दा जवाफ अर्कोखालको दिइरहेका थिए ।
कतिपय सांसदहरुको जवाफ नै आएन । किनकि उनमा त्यो स्मरणशक्ति रहेन । एकातिर सोध्दा अर्कातिर जवाफ पाउँदा प्रश्नकर्ता सांसदहरु हैरान थिए । उनले कुनै पनि प्रश्नको स्पष्ट जवाफ दिएनन् । र पनि उनले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । त्यो पनि सांसदका प्रश्न अनि उनको जवाफ भने कांग्रेस सांसद पुष्पा भुषालले लेखिदिएकी थिइन् । त्यसकै आधारमा उनी बोलेका थिए । तर कागजात तलमाथि पार्दा भने उनको जवाफ गोलमटोल भएको थियो । सांसदहरुका प्रश्नको सटिक जवाफ नआए पनि उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट रहेको बताए । भूमिसम्बन्धी विषय संवेदनशील हो वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उल्लेख गर्दै उनले यसअनुरुप नेपालको भूमि फिर्ता ल्याउने कूटनीतिक प्रयास जारी रहेको बताए । सीमासम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको उनको भनाइ छ ।
नेपाल(भारत सम्बन्ध बहुआयामिक रहेको र सहयोगको क्षेत्र विविध र व्यापक रहेको जनाउँदै उनले ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा द्विपक्षीय सम्बन्ध महत्वपूर्ण आयामका रूपमा रहेको बताए । नेपालको भू(बनोटका कारण नेपालमा उत्पादित बिजुली सहज बजार भारत हुने भएकाले यसै पृष्ठभूमिमा नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता भएको बताए । भारतसँगै दक्षिण एसियाका अन्य मुलुकमा पनि ऊर्जा व्यापारको पहल भइरहेको जनाउँदै प्रधानमन्त्री देउवाले नेपालमा बढी भएको बिजुली भारतमा बिक्री गर्ने र भारतबाट पनि
आयात गर्न सक्ने गरी सम्झौता गरिएको बताए । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन तीन वर्षअघि नै तयार भएको सबैलाई थाहा भएको उल्लेख गर्दै उनले त्यो प्रतिवेदन त्यतिबेला नै बुझ्नुपथ्र्यो किन बुझिएन भनी प्रश्न गरे । उक्त प्रतिवेदन बुझ्ने वातावरण निर्माण गर्न सरकार निरन्तर क्रियाशील रहेको जनाउँदै उनले कूटनीतिक सम्बन्धका विषयमा टिप्पणी गर्न पर्याप्त सावधानी अपनाउनु पर्नेमा त्यसो हुन नसकेको बताए । नेपाल एक चीन नीतिप्रति दृढ रहेको दोहोर्याउँदै प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत रहेको बताए । विगतमा चीनविरुद्ध सक्रिय संस्थालाई आफू प्रधानमन्त्री भएकै बेला रोक लगाएको सचेत गराएको उनले सदनलाई स्मरण गराए ।
तर देउवाले विशेष गरी एमालेका सांसदहरुले सोधेको प्रश्नको सटिक जवाफ भने दिन सकेनन् । यद्यपि केपी शर्मा ओलीकै पालामा भारतसँगको समस्या समाधान गर्नका लागि प्रवुद्ध वर्ग समूह ईपीजीको गठन भएको थियो । प्रतिवेदन तयार पनि भएको थियो । ओली आफैले प्रतिवेदन बुझेनन् । अहिले आएर त्यही एमालेले प्रतिवेदन किन नबुझेको भनेर प्रश्न गरिरहेको छ । तर प्रधानमन्त्री देउवाले जवाफ भने सही दिन सकेनन् । उनी अताल्लिएका थिए । उनलाई सोधिएको प्रश्न के थियो र जवाफ के दिनुपर्छ भन्ने पनि केही हेक्का नभएजस्तो थियो । शनिबार बेलुकीको त्यो क्षण भने एक थकित प्रधानमन्त्रीको आभाष भइरहेको थियो । साँच्चै प्रधानमन्त्रीज्यू तपाई ठीक त हुनुहुन्छ ?