महराले माओवादी केन्द्र छोड्न सक्ने

Home Feature

काठमाडौं । अमेरिका, भारत लगायत अन्य राष्ट्र र पार्टीभित्रकै केही लोभीपापीहरूलाई खुसी पार्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रका वरियातमा तेस्रो स्थानमा रहेका शिष्ट, मिलनसार र भद्र भनेर कहलिएका कृष्णबहादुर महरालाई पार्टीबाट किनारा लगाउन तुनाबुना बुन्दैछन् । आपूm नमरुन्जेल पार्टीका अध्यक्ष पद नछोड्ने, पार्टीमा त्याग, तपस्या र युद्धमा अङ्गभङ्गसमेत भएकाहरूलाई पन्छाएर आपूm, आफ्ना छोरीज्वाई, भाइ, भतिजा, सम्धिहरू या त पैसा दिन सक्नेहरूलाई मात्र पार्टीमा स्थान दिन थालेपछि माओवादीका धेरै इमान्दार त्यागीहरूले पार्टी छोडिसकेका छन् भने अब सम्भवतः कृष्णबहादुरलाई पार्टी छोड्न बाध्य गराइँदैछन् ।
जनयुद्धताका तयार भएका लडाकुहरू बुद्धिजीवीहरू माओवादी पार्टी त्यागिसकेका छन्, मोहन वैद्य, बाबुराम भट्टराई, विप्लवहरूले त धेरै अगाडि दाहालको पार्टीभित्रको दादागिरीले पार्टी छोडेका थिए भने केही महिना अघि रामबहादुर थापा बादल, तोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह आदि छन् । यही रफ्तार र रहिरह्यो भने दाहालको माओवादी केन्द्रमा दाहालका नातागोता र पैसावाल मात्रै रहने छन् । त्यसो त स्वयं दाहालले पनि बेलाबखतमा आपूm पार्टीभित्र एक्लो भएको भन्ने अभिव्यक्ति बेलाबखत दिने गर्दछन् ।