को गृहमा, को अर्थमा !
को गृहमा, को अर्थमा भनी माओवादी केन्द्र र नेपाली कांग्रेसबीच हानाथाप चलिरहेछ, सरकार बन्नु अघि नै दुई ध्रुवका पार्टीबीच हानाथापले देशलाई कहाँ पु¥याउने होला भनी एमालेहरूबीच चर्चा परिचर्चा छ भनिन्छ ।
Read moreको गृहमा, को अर्थमा भनी माओवादी केन्द्र र नेपाली कांग्रेसबीच हानाथाप चलिरहेछ, सरकार बन्नु अघि नै दुई ध्रुवका पार्टीबीच हानाथापले देशलाई कहाँ पु¥याउने होला भनी एमालेहरूबीच चर्चा परिचर्चा छ भनिन्छ ।
Read moreनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई देश नछोड्न आदेश दिएको १२ घण्टा नपुग्दै डेढदर्जन जति सांसदहरू, अमेरिका, व्याङ्कक, चीन, जर्मनी र दिल्ली हिँडिसके, हिँड्दैछन्, देउवाले पालना नहुने निर्देशन किन दिए होलान् भनी विमलेन्द्र निधि, प्रकाशमानबीच चर्चा चल्दै थियो ।
Read moreहुन त दशवर्षे युद्धकालभरि भारतको भरमै नेपालमा युद्ध नगरेका होइनन् दाहालले तर अहिले भारतकै सच्चा गोटि बनेर दाहाल चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न किन अघि सरे र किन आपूm प्रधानमन्त्री हुँदा चीन खुसी हुनेछ भनी सुगा रटाई गर्दैछन् भनी कूटनीतिक क्षेत्रमा व्यापक चर्चा चलिरहेछ ।
Read moreप्रधानमन्त्री हुन खोज्ने पुष्पकमल दाहाल, छटपटि बढ्ने डा. बाबुरामलाई, जसको सहयोग सद्भावना, आशीर्वादले डा. बाबुराम भट्टराईले बेग्लै पार्टी अपनाए अहिले त्यसै देशका नेताहरूले किन दाहाललाई च्यापे होलान्, ओलीलाई फ्याल्नै परे पनि कांग्रेसकै नेतृत्व भन्नुपर्ने भनी डा. भट्टराई सहयोगीहरू कुरा गर्न थालेका छन् रे !
Read moreपूर्वराजालाई भेटेर आउँदा साथ गणेश शेरचनले एक्लै पार्टी चलाउने, राप्रपासँग एकीकृत नहुने भनी भन्न थाले, केशर विष्टले भेटेपछि वृहत एकता भेला गर्दै हिँडे, हिन्दुधर्मको नाममा चुनाव जितेर कमल थापा मन्त्री बनेपछि गाई काटेर खाए सरह भयो भनी भन्ने निर्मल निवासकै दायाँबायाँहरूले पूर्वराजाको जन्म दिनमा सबैलाई देखाउने गरी कमल थापालाई धाप हालेपछि अब के भन्ने भनी […]
Read moreकेही दिनयतादेखि व्याङ्करहरूबीच गभर्नरको कान्छी छोरीको विवाहको चर्चा व्यापक छ । विवाह छिन्ने बेलामा कम्तीमा एक हजार जनाको उपस्थिति थियो, हार्वेष्ट मून ट्राभेलका राम श्रेष्ठको बन्दोवस्त कालु गुरुङ, इच्छाराज तामाङ र विशाल गु्रपको उपहार विशेष नै थियो भनी अर्थ मन्त्रालयमा चर्चा चल्दै थियो ।
Read moreगैंडाको छालाभन्दा कडा स्वभावका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुुगतरत्न कंसाकारले पर्यटनमन्त्रीलाई हटाउने घोषणा गरेका छन् । वायुसेवा निगमका महाप्रबन्धक कंसाकारका केही काला करतुतहरूको छानबिन गर्न मन्त्रालयकै सहसचिवको संयोजकत्वमा एक कमिटी गठन गर्ने तयारी गरेपछि कंसाकारले आफ्ना फ्याउरामार्फत मन्त्रीलाई हटाउने खबर पठाएको चर्चा छ ।
Read moreयो देशमा पाइलट नक्कली भेटिए, डाक्टरहरू त प्रशस्तै भेटिए अब प्रहरी अनुसन्धान भने ‘मै हुँ’ भन्ने कालाकोटधारी वकिलतिर छ भन्ने सुनिन्छ । सबैभन्दा ठूलो स्वर, सबैभन्दा धेरै ‘मँपाइ’ गर्ने वकिलहरूको एलएलसी र आइ.ए.को सर्टिफिकेट नै नक्कली छ रे । सर्वोच्च अदालत वारको चुनाव पछि नै नक्कलीहरूको पर्दाफास हुन्छ भनिन्छ ।
Read moreराजा ज्ञानेन्द्र शाहले देउवालाई झिकी आपूmले सत्ता लिनु केही महिना अघि राजाका अति प्रिय रमेश पाण्डेको टिचिङ्ग अस्पतालमा बस्दा बाह्रलाख भन्दा बढी उपचार खर्च सचिव तिमिल्सिना मार्फत तिर्न लाउनुभयो भने, त्यही तरिका अपनाई नर्भिक अस्पतालमा बस्दा खर्च भएको भनी ओली सरकारसँग बीस लाख मागेका रहेछन्, पटक–पटक माधव नेपालले पनि ओलीलाई प्रेसर दिएका रहेछन् तर ओली […]
Read moreसोह्र हजारभन्दा बढ्ता नेपाली नागरिक मारेका, राष्ट्रको अरबौं सम्पति ध्वस्त पारेका माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिले आएर भूकम्पपीडितलाई तीन लाख दिनुपर्दछ भन्ने भाषण गरे, त्यो कुरा सुशीलकै पालामा किन नराखेका, सरकारको ताल्चासाँचो लिएको नौ महिना बित्दा पनि नबोलेर किन अहिले, यो नेता राष्ट्रलाई एक हैन, राष्ट्रलाई अनेक बनाउ भन्ने रहेछ भनी एमालेमा चर्चा छ ।
Read more