कोरोनाले ५० नेपालीको मृत्यु, १२ सय बढी संक्रमित, नेपालमा ४९ संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ५० नेपालीको मृत्यु भएको छ । त्यसैगरी १२ सय बढी संक्रमित भएका छन् । सबैभन्दा बढी मृत्यु अमेरिका र बेलायतमा भएका छन् । त्यसैगरी संक्रमित सबैभन्दा बढी अमेरिका र त्यसपछि बेलायतमै भएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि ५० जनाको ज्यान गएको उल्लेख गरेको छ । शनिवार […]

Read more

लकडाउनमा ११ बन्दी रिहा

भक्तपुर । लकडाउनको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् । यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका एक गरी ११ बन्दी रिहा भएको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए । उनले लकडाउनको समयमा पनि नियमित अदालत […]

Read more

चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य आकासियो

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउन घोषणाको एक महिना बित्दा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ । तरकारीको भाउ लकडाउन पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको मूल्य बढेको उपभोक्ताको गुनासो छ । बजारमा चामलको मूल्य प्रतिकिलो रु चार–पाँच, तेलको रु १५ देखि २५, मैदा रु तीन–चारसम्म बढेको उपभोक्ता […]

Read more

संचारकर्मीलाई तत्काल पारिश्रामिक दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने ठूला सञ्चार गृहका पत्रकारलाई तलब नदिएकाप्रति आपत्ति प्रकट गर्दै पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता काठमाडौँमा उपलब्ध पदाधिकारी तथा सदस्यसहितको बैठकपछि बिहीबार जारी प्रेस विज्ञप्तिमा दबाबपूर्ण बेतलवी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानलाई तत्काल पारिश्रमिक भुक्तानी […]

Read more

आमाको सम्झना, मनाइयो मातृ सम्मान दिवस

काठमाडौं । आमाको सम्झना हरेक दिन हुने गर्छ । तर एक दिन त विशेष नै हुने गर्छ । त्यो हो मातृ सम्मान दिवसमा अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमालाई घर घरमा सम्मान पूर्वक मीठो खान एवं राम्रा कपडा लगाउन दिएर आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस मनाइएको छ । प्रत्येक वर्ष […]

Read more

बेलायतमा कोरोना भाइरसबाट हालसम्म १८ नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोना भाइरसका कारण १८ नेपालीको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएसंगै मृतकको संख्या १८ पुगेको हो । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि […]

Read more