पूर्वराजा–रानी भारततर्फ

Home Feature राजनीति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह तीर्थयात्राका क्रममा भारत जाने कार्यक्रम तय भएको छ । पूर्वराजारानी भारतको हरिद्धारमा संचालित महाकुम्भ मेला २०२१ विशेष समितिको विशेष आमन्त्रणमा सहभागी हुन जान लागेको बताइएको छ ।

पूर्वराजारानी आगामी बिहीबार हरिद्धार जान लागेको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । पूर्वराजारानीले हरिद्धारमा चैत ३० गते शाही स्नान गर्ने कार्यक्रम तय भएको छ । हरिद्धारमा पूर्वराजाबाट सम्वोधनसमेत हुने कार्यक्रम छ ।

पूर्वराजारानी तीनदेखि चार दिन राजधानी नयाँदिल्लीमा बस्ने कार्यक्रमसमेत बनेको बुझिएको छ । नयाँदिल्लीमा रहँदा केही राजनीतिक भेट हुन सक्ने सम्भावना रहेको छ ।

पूर्वराजारानी बैशाख ५ गतेसम्म फर्कन सक्ने बुझिएको छ ।