कति छ मन्त्रीहरुको सम्पत्ति ?

राजनीति


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्मकै सबैभन्दा असफल नेतृत्वकर्ता बनेका छन् । उनका असफलताका सिँढीहरु धेरै छन् । उनी अहिलेसम्मकै सबैभन्दा बदनाम छन् । त्यो बदनाममध्येको एक हो उनीसहित मन्त्रीहरुको सम्पत्ति विवरण अहिलेसम्म पेश नगर्नु । उनले पद धारण गरेको अढाई महिना हुन लागिसक्यो । उनीसहित उनका मन्त्रीहरुले अहिलेसम्म कसैले पनि सम्पत्ति विवरण पेश गरेका छैनन् । देउवाले गत असार २९ गते पद तथा गोपनियताको शपथ लिएका थिए । सोही दिन नै चार मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए । उनीहरुले लिएको गोपनियताभित्र सम्पत्ति विवरण पनि गोप्य नै परेको देखिएको छ । गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि असार २९ मै पद तथा गोपनियताको शपथ लिएका थिए । साउन १० मा थपिएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । जबकि दुई महिनाभित्र त जसरी पनि सार्वजनिक गर्नु नै पर्छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भने प्रधानमन्त्री र चारै मन्त्रीको सम्पत्ति विवरण ‘प्राप्त भएको’ उल्लेख छ र । अचम्म त के भने सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ भनिएको छ तर मन्त्रिपरिषद्बाट निर्णय नभएकाले सार्वजनिक नभएको बताइन्छ । सरकार निकटकाहरु भने सरकारले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने योजना
रहेको बताउँछन् । सरकारले पूर्णता पाउने सम्भावना तत्काल देखिएको छैन । के यो अधिकारबाट नागरिक वञ्चित हुने ?
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सरकारलाई बुझाउनुपर्ने’ उल्लेख छर । कानूनी रूपमा सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानून लागू हुन्छर । तर, मन्त्रिपरिषद्ले कार्यव्यवस्था नियमावलीमा व्यवस्था गरेरै संघ सरकारका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरिएको थियोर ।
विवरण लुकाउनु अपारदर्शी हुुनु हो । केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले सबै लुकायो । भ्रष्टाचार बढ्यो । अहिले देउवाले पनि त्यही बाटो आपनाउनु भनेको उनीबाट केही पनि सत्यतथ्य र भ्रष्टाचारविहीनताको अपेक्षा गर्नु बेकार भएको जानकारहरु बताउँछन् । एक जानकारले भने, ‘ओली र देउवाले एउटै नदीको पानी खाएका हुन् । फरक छन् भन्ने सोच्नुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ ।’
आर्थिक अनुशासनमा राख्न र मुलुकमा सुशासन कायम गर्न यो व्यवस्था कायम भएको भएको भए पनि दुवै यो मामलामा च्याम्पियन छन् । कसैले सम्पत्ति विवरण पेश गरे भने पनि त्यो झुठोसमेत हुने गरेको छ । एमाले सरकारको पालामा शुरुआती दिनमा सार्वजनिक गरिए पनि पछि थपघट भएकाहरुमा एकआधाले बाहेक कसैले त्यो कष्ट उठाएनन् । सरकारबाट छाडेपछि तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पदमुक्त भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तर उनको विवरणमा पुस्तक नै बढी किनेको देखिएको थियो । इमानदार हुन नसक्नु देशका लागि बेइमानी हो । हामीले नेताहरुबाट के संस्कार सिक्न सक्छौं भन्ने पनि हो । यो देश निकै दुःखले आज्र्याको हो । पृथ्वीनारायण शाहले एकीकरण गरेको हो । तर आज यसलाई धुजाधुजा बनाउन खोजिएको छ । यही आर्थिक कुशासनका कारणले नै । आखिर कहिले रोकिन्छ यो गति ?