पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कदै, लकडाउनमा बाइरोडको यात्रा

Home Feature राजनीति

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह जेठ २ गते शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ । झापाको भद्रपुरमा रहेका पूर्वराजा शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको पूर्वराजाको निकटस्थ स्रोतले जनाएको छ ।

चैत २ गते झापा गएका पूर्वराजासंग पूर्वरानी कोमल शाह पनि साथमै फर्कने कार्यक्रम रहेको छ ।

पूर्वराजाले चैत ११ गतेदेखि देशमा लकडाउन लागेका कारण त्यसलाई पूर्ण पालना गरी आफ्नै निवासभित्र बसेको पनि बताइएको छ ।

पूर्वराजा मोटरमा फर्कने कार्यक्रम रहेको पनि बताइएको छ । सरकारले जेठ ५ गतेसम्म लकडाउन लगाएको छ ।

एकैदिन काठमाडौं आउने कार्यक्रम रहेको पनि बताइएको छ । बीचमा राति बास बस्ने कि भन्ने चर्चा चलाइए पनि कतै बस्ने कार्यक्रम नरहेको पनि स्रोतले बताएको छ ।