रविका मन्त्रालयमा एमालेका भाउजु

नपत्याए पनि

एमालेले गर्दा रास्वपा सत्तामा पुगेको भन्दै रास्वपाका मन्त्रालयका महत्वपूर्ण पदहरुमा एमालेको दावी लाग्ने भन्दै शंकर पत्नी सुजिता शाक्यले संगीता सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरिए पछि गृहमा राधिका भाउजुकै सिफारिशका सचिव आउनु अर्थमा विष्णु रिमालका टिम नै वजेट मस्यौदा समिति गठन हुनुले आरजुको चर्चा सेलाउन नपाउँदै एमालेका राधिका र सुजिता भाउजुहरु सलबलाउन थालेको गृह मन्त्रालय भित्र चर्चा चल्दै थियो ।


बजेट वक्तव्य अगाडि नै पुग्न होडवाजी


कर मिलान र छुट, भन्सार सुविधा, मूल्य बृद्धि हुने वस्तुहरुको सूची लगायतका सूचना बजेट वक्तव्य अगाडि विनोद चौधरी लगायत स्वार्थी र बेइमान व्यापारीलाई दिएवापत अमेरिका लगायत मुलुकमा शयर गर्न पाइने, मासिक तलव छुट्टै बुझ्ने, श्रीमतीलाई जागिर खुवाउने, कर्मचारीको घर कम्पाउण्डमा उपहारको गाडी (कार) नै राख्न पाउने भएपछि अर्थलगायत केही मन्त्रालयमा सरुवा मिलाउन कर्मचारीको दौडधूप चलेको सामान्य प्रशासन मन्त्रालयभित्र चर्चा चल्दै थियो ।


सरकार ढालेर जग्गा कब्जा गर्ने


माधव नेपाल विकिसके, उपेन्द्र विकिने वाला छन्, सिके र रेशम कांग्रेसको हातको मैला हुन् महन्थ ठाकुर कांग्रेसी पुच्छर भै हाले, नेता, सांसद किन्ने हैसियत भएको मान्छे हुँ, परिआए लौनचौर दरवार लगाएर भारतीय नेता समेतलाई भनसुन गरेर सरकार ढालिन्छ १५ वर्षदेखि मैले भोगचलन गर्दै आएको हाल सरकारी नियन्त्रणमा रहेको स्काउटको जग्गा पुनः कब्जा गरिन्छ कांग्रेस सांसद दीपक खड्काले आफ्नालाई सुनाउँने गरेको स्काउट परिसर भित्र चर्चा चल्दै थियो ।


माधवको अडान हैन एमालेको दान


दरवार भित्र जजमान गर्न नपाएको झाेंक देखाउँदै माधवका पुर्खाहरु कम्युनिष्ट बनेर बिगार्ने, भत्काउने र षड्यन्त्र मात्र जान्नेका सन्तान माधव नेपालले भागमात्र खोज्ने नपाए पार्टी नै फुटाए अहिले एमाले गठबन्धनलाई अप्ठयारो पारेर सरकार नै ढाल्न पछि नपर्ने बाँदर प्रवृत्ति देखाएपछि सूदुरपश्चिमको मुख्यमन्त्री एमालेले दान दिएको वालकोट निकटस्थ विष्णु, राजन, भानुभक्तहरु हल्ला गर्दै थिए ।


बाबुराम बरबराउँदा !


पूर्व माओवादीका नेता डा. बाबुराम भट्टराई सपनामा मात्र होइन दिउँसै पनि बरबराउन थालेका छन्, आफ्नै पुराना मित्र पुष्पकमल दाहालले पक्कै तपाई नै राष्ट्रपति भनेर गोरखाका दाहाल अङ्गरक्षक सरह लागिए अहिले खोलो त¥यो लौरो बिर्सियो जस्तै दाहालले गरे भने बरबराउन थालेका हुन् भनिन्छ ।


आजको अदालत !


विकास निर्माणका काममा पनि अदालतमा मुद्दा पर्दा दशै वर्षमा पनि मुद्दा छिनिदैन र अलपत्र अवस्थामा रहन्छ, तर शक्तिशाली नेताहरुको मुद्दा भने २४ घण्टैमा मुद्दा छिनिने गरिन्छ । आजको नेपालको अदालत किन यस्तो भयो भनी सोध्नेहरु धेरै भेटिए ।


माधवले बोलेकै हो ?


कोशी प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको गुणगान गरेर र पुष्पकमल दाहालले भने जस्तै गरे–उनले चाहे देशमै उथलपुथल गरिदिने धम्की थिए । मुलुकमा राष्ट्रिय पार्टीसमेत बन्न नसकेको पार्टीको बकवास कुरा भनी घनश्यामहरु भन्दै थिए ।