माधव बाजेका कुरा

नपत्याए पनि

द्रौणशमशेरका पण्डितबाजेका छोरा, जो अहिले क्रिश्चियन धर्म प्रचारक भएका छन् र हालै एमालेलाई फुटाएका छन् । तिनै माधव चुनावबाट भाग्न खोज्दै छन्, किनकि चुनाव पछि त उनी शून्य नै हुने हुन्, विरोध खतिवडाबाहेक अरु को त के पो कुरा गर्नु र ! बाँकी माधवका पुच्छरहरूको भनी साइबर सेनाहरू भन्दै थिए ।

के सक्लान् र देउवाले ?


कांग्रेसकै विश्वप्रकाशले देउवालाई हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई हटाउनुस् भनी भने तर दुर्भाग्य, देउवाको प्राणपखेरु पुष्पकमल दाहालले कुनै बेला……मा बसभित्रै मान्छे थुनेर सिङ्गै बस जलाएका होइनन् र ? त्यस्ता सत्ता पार्टनर भएका देउवाको आँट कसरी होला र ! भनी शेखरहरू भन्दै थिए ।


मन्त्री झाँक्री कि देवर !


शहर विकास मन्त्रालयकी मन्त्री झाँक्रीलाई भाउजु भन्दै सचिव, सहसचिव सबैलाई थर्काउने गरेका सुब्बा साहेब युवराज गिरीको व्यवहार देखेर, मन्त्रालयका सबै कर्मचारीहरू ‘हिनतावोध’ गर्नुपर्ने भएको छ भनी भन्दछन् तर सडकमा म्यान होल मिलाउन नजान्ने पनि इन्जिनियर हुँदारहेछन् भनी अर्काको आलोचना गर्ने मन्त्रीले यता पनि ध्यान दिन्थिन् कि भनी भन्ने धेरै भेटिए !


दाहाल कसको मान्छे


दाहाललाई पालन पोषण गर्ने, हुर्काउने बढाउने कोरहेछ त भनी अचेल सामाजिक सञ्जालहरूमा प्रशस्त समाचार र तस्वीर आउने गर्दछन् । डा. बाबुराम भट्टराईका पनि गुरु भारतका पूर्वप्रधानमन्त्रीसँग यो अङ्गालो भट्टराईले २०५२ सालदेखि २०६२ सालसम्म माओवादीबाट नेपालीले पाएको पीडाको कथा बताउँछ भनी साइबरसेनाहरू भन्ने गर्दछन् ।


पालिकाको धन चुनावी फण्ड


गाउँ तथा नगरपालिकाको पुसभित्र प्रस्तुत भएको आय–व्ययमा विकास बजेटको ५ प्रतिशत रकमको कोष जाने व्यवस्था गरेपछि सो कोष भनेकै आगामी चुनावमा कार्यकर्तालाई खर्च बाँढ्न चुनावी प्रचार गर्न चाहिने रकमको कोष हो, जस्को प्रयोग पालिका प्रमुखको एकलौटी तजविजमा हुने गर्छ पालिकाका लेखा प्रमुखहरु संघीय मामिला मन्त्रालयमा हल्ला गर्दै थिए ।


नेपाल मामला हेर्ने इसाई मालिक


मुलुकको अखण्डता एवं स्वतन्त्रता जोगाउने कार्यमा पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकता दिवसको महत्वबारे इतिहास पल्टाउन नसक्ने नेपाल मामला हेर्ने इसाई मालिकहरु गगन, बाबुराम, विश्व प्रकाशलाई के थाहा प्रज्ञाप्रतिष्ठानको कार्यक्रममा पुगेका वुद्धिजीवीहरु हल्ला गर्दै थिए ।


धनलक्ष्मी कता आउँदो चुनावमा


१० करोड डलरको सुपारी तस्करी, संसद भिलेज निर्माण ठेक्का, यति होल्डिङ्गलाई नेपाल ट्रष्ट, ओम्नीलाई स्वास्थ्य सामग्री, वतासलाई नारायणहीटी, दीपकलाई ऊर्जा र सुरक्षाफौजका सामग्री ठेक्का, ६० वटा सम्मेलन केन्द्र, मन्त्री क्वाटर संरचना निर्माणको अर्वौ कमिशन उठाउन वास्कोटा, बस्नेत, प्रसाईहरुको कमिशन कमिटी नै गठन भएको उति वेला नेकपाका माधव खेमामा हल्ला चल्ने गर्दथ्यो । अब हुने चुनावमा त्यही कमिशनको रकमको खोला बगाएर भए पनि केपीको एमालेले बहुमत ल्याउने एन.जी.ओ.ले हालै गरेको मतदाता सर्वेक्षणले गठबन्धन सरकार झस्किएको नारदले चाल पायो ।


त्यो त हुँदै हुन्न


एमालेका प्यादाहरुलाई कुर्सीमै राखेर स्थानीय निकायको निर्वाचन गराउनु भनेको तिनै प्यादाहरुबाट पद, शक्ति, पैसा र सरकारी सम्पत्तिको व्यापक दुरुपयोग भै स्थानीय निकाय पुनः तिनैलाई जिम्मा लगाउनु हो त्यसैले म्यादभित्र त हुँदै हुन्न गठबन्धनका केही नेताहरुको धारणा यस्तो बन्दै गएको गठबन्धन स्रोतले नारदलाई बतायो ।


आरजुका खास देउवा निवास


छानि–छानी नेताहरुको नामकाटी वचेखुचेकामा समेत आरजुका खास देउवा निवास पुग्ने दर्जनौं नाम र अदालतमा मुद्दा दर्ता भएपछि नेता तानिने डर भएपछि ललिता निवासको जग्गा प्रकरणमा सि.वी.आई.ले अनुसन्धान गरी किर्तेमा मुद्दा सरकारी वकिलले दर्ता गर्न इन्कार गरेको महान्यायाधिवक्ताको कार्यालय श्रोतले नारदलाई वतायो ।