नेपालमा कोरोना भाइरसबाट एक जनाको मृत्यु, संक्रमितको संख्या २८१, सरकार अझै गम्भीर भएन

Home Feature नपत्याए पनि समाचार

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाले ३ लाख १० हजार मानिसको ज्यान लिँदा नेपालमा एक जनाको ज्यान लिएको हो । गत बिहीबार राति सिन्धुपाल्चोककी महिलाको मृत्यु कोरोना भाइरसबाटै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

धुलिखेल अस्पतालमा उपचाररत २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजेटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत बशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी उनी २४ गते सुत्केरी भएकी थिइन् । उनी २५ गते अस्पतालबाट डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएपछि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिन थालेपछि धुलिखेल अस्पताल भर्ना भएकी थिइन् । तर उनको जेठ १ गते बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको स्वाब धुलिखेल अस्पतालमा ‘पीसीआर’ परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएपछि टेकु ल्याइएको थियो ।

योसंगै नेपाल पनि मृत्यु हुने कोरोनाको देशमा परेको छ । २८१ जना कोरोना संक्रमित भएका छन् ।

सरकारले भने अझै पनि कोरोनाको रोकथामका लागि उचित योजना ल्याउन सकेको छैन ।