सरकार देशको भूमि रक्षाका लागि संवेदनशील भएन – कांग्रेस

Home Feature राजनीति

काठमाडौं । नेपाली कांग्रेसले सरकार देशको भूमि रक्षाका लागि संवेदनशील नभएको निष्कर्ष निकालेको छ । कांग्रेसले भारतसँग तत्काल ठोस कुटनीतिक प्रयास गरी भूमिको रक्षाका लागि गम्भीर बन्नसमेत माग गरेको छ ।

श्निबार बसेको कांग्रेस संंसदीय दलको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापनीलगायत नेपाली भूमिको अतिक्रमणको विरोध गर्दै भनेको छ, ‘देशको भूमिको रक्षाका लागि सरकार संवेदनशील नरहेको र ठोस कदम चाल्न नसकेको प्रति दुःख व्यक्त गर्दै अबिलम्ब ठोस कुटनीतिक प्रयास गरी नेपालको भूमिको रक्षा गर्न सरकार गम्भीर बन्नका लागि माग गरेको छ ।’

कांग्रेस सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमले देशले अहिले भोगिरहेको समस्या समाधान गर्न सरकार चुकेको आरोपसमेत लगाएको छ ।