दुलो पसेको दाहाल !

नपत्याए पनि


ठाउँ–ठाउँबाट लखेटिएको पुष्पकमल दाहाल अहिले आफ्नो अस्तित्व जोगाउन गोरखामा दुलो पसेको छ, त्यो पनि अर्को एजेन्ट बाबुरामको वैशाखीमा पृथ्वीनारायण शाहको सालिक भत्काएर कुलतमा लागेको छोरा प्रकाश दाहालको सालिक बनाउनेलाई गोरखाबासीले कसरी लखेट्ने हुन् हेर्न बाँकी छ !

कमलको बेरुप

पञ्चायतकालभरी कुख्यात मण्डलेको नामधारी, कांग्रेस वामपन्थी विचारधाराहरूका राम्रै ठेगान लगाएर पञ्चायतकालभरी लाभको पदमा बसेका कमल थापा अहिले ओलीको पुच्छर बन्न पुगेका छन्, कमल थापाको बेरुप देखेर पूर्वपञ्चहरू यतिसम्म पदको लागि गिर्दोरहेछन् भनी भन्नेहरू धेरै भेटिए ।

नो नट अगेन !

सामाजिक सञ्जालमा नो नट अगेनको नारा चलिरहेको बखतमा निर्वाचन आयोगको प्रजातान्त्रिक छविलाई बिर्सेर केही पदाधिकारीले धम्कीको भाषा बोल्न थालेपछि अब नो निर्वाचन आयोग, नो नट अगेनजस्ता निर्वाचन आयोग विरुद्ध पनि सामाजिक सञ्चालनमा छलफल हुन थालेको छ ।

खाँण, बोहोरा उस्तै उस्तै !

पञ्चायतका दीपक बोहरा र कांग्रेसका बालकृष्ण खाँणको बानिव्यहोरा उस्तै उस्तै छ, एउटा अलि उमेरमा ठूलो र अर्को उमेरमा अलि कम, निर्वाचन क्षेत्रमा खाँणभन्दा बोहरा धेरै अघि छन् र गृहमन्त्री भएकै कारण प्रहरी ज्यादती अलि बढ्ता कि भन्ने भए त्यस क्षेत्रबासी मात्रै होइन मानव अधिकारकर्मीमा पनि बढ्दो भनी चर्चा छ ।