नेपालमा कोरोना संक्रमित ४०२, उपत्यकामा ५ बढे, ३६ जिल्लामा संक्रमण

Home Feature नपत्याए पनि समाचार

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित ४०२ पुगेका छन् । मंगलबार कोभिड–१९ को सङ्क्रमण २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, काठमाडौँ तीन, ललितपुर एक, सिन्धुली एक, कपिलवस्तु चार, नवलपरासी एक, रामेछाप एक र लमजुङका एकजनामा सङ्क्रमण देखिएको हो ।

२७ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको हो । यसैगरी ३६ जिल्लामा सङ्क्रमण देखिएको उनले बताए । मंगलबार देखिएका सङ्क्रमितमा २४ पुरुष र तीन महिला छन् ।

प्रवक्ता डा देवकोटाले सङ्क्रमितको हाल र स्थायी ठेगानाअनुसार कन्ट्याक्ट टे«सिङ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरिरहेको बताए ।

उनले मंगलबार कोशी अस्पतालबाट एकजना थप स्वस्थ भई घर फर्किएको जानकारी दिए । यसरी स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ पुगेको छ ।