राजनीतिक दलको विकल्प खोज्ने समय हो ?

Home Feature

काठमाडौं । ०६२÷६३ सालको आन्दोलनसम्म राजनीतिक दलहरुले ‘निरंकुशता विरुद्धको लडाइँ’ भन्दै जनतालाई आन्दोलनमा प्रयोग गरे । त्यो बेला न अहिले मुलुकलाई जबर्जस्ती लादिएको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता आन्दोलनको एजेण्डा थिएनन् । निरंकुशताबाट दलीय व्यवस्थामा आएपछि जनताले अपेक्षाकृति रुपमा मुलुकले विकास गर्ने सोचेका थिए । तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रहपछि सुधारिएको पञ्चायत खारेज गरेर ०४६ सालपछि मुलुकमा दलीय व्यवस्थाका सुरुवात गरेका हुन् । त्यस यताको अवधिमा मुलुक सबैभन्दा धेरै अस्थिर बन्यो भने नेपाल विदेशीको क्रिडास्थल बनेको छ । बहुदलीय प्रजातन्त्रको स्थापनापछि मुलुकमा प्रतिक रहेको राजा वीरेन्द्रका वंशनाश भयो । परिवर्तनका नाममा ०६२÷६३ को आन्दोलनले मुलुकको धरोहरको रुपमा रहेको राजसंस्थाको समुलनष्ट मात्रै गरेन, त्यसपछिका घटनाक्रमले मुलुकको अस्थित्व नै खतरामा परेको छ ।
जनताको चाहना भन्दै राजा वीरेन्द्रले दलीय व्यवस्थाको सुरुवात गरेपछि नेपालमा दल खोल्ने लहर नै चल्यो । पार्टी गठन गर्ने र त्यसको अध्यक्ष हुने
अनि राजनीतिक बार्गेनिङ गरेर लाभ दिँदा नेता मोटाए पनि जनताले कहिल्यै राहत पाउन सकेनन् । नेपाली कांग्रेसदेखि कम्युनिष्ट हुँदै राप्रपासम्म विभाजनको सिकार बने । देश र जनताका लागि भन्दा पनि विदेशी इसारामा काम गर्ने नेताका कारण देश र जनताले सास्ती भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । ०७४ सालको आम निर्वाचनमा बाम गठबन्धनलाई झण्डै दुई तिहाइ बहुमत दिँदासमेत उनीहरु तीन वर्षमा विभिन्न फुटको सिकार भए । नेकपालाई अदालतले खारेज गरेपछि माओवादी केन्द्र र एमाले पूर्ववत अवस्थामा फर्किएपछि एमाले विभाजित बन्यो ।
माधव नेपालले एकीकृत समाजवादी नाम गरेको पार्टी गठन गरेर अहिले सत्ताको स्वाद दिइरहेका छन् । उनले ६–६ महिनामा मन्त्री परिवर्तन गरी सबैको भाग पु¥याृउने अभियान चलाएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कहिले एमाले त कहिले कांग्रेसको बैसाखी टेकेर सत्ताको स्वाद चाखिरहेका छन् । राजालाई परिवारवादको आरोप लगाउने राजनीतिक दलहरु यतिबेला आफ्ना मान्छेलाई सत्तामा पु¥याउन राज्यशक्तिको दुरुपयोग गरिरहेका छन् । राजनीतिलाई व्यापार बनाएका नेपालका राजनीतिक दलका कारण जनताका वितिष्ण आइसकेको छ । जसको परिणाम स्थानीय तह निर्वाचनमा देशका मुख्य शहरमा स्वतन्त्र उम्मेदवारीको विजयी बनेका छन् ।
सत्ता र शक्ति विना बाँच्न सकिँदैन उदाहारण नेपालका राजनीतिक दलका नेतामा देख्न सकिन्छ । केही दिनमात्रै श्रीमती र छोरालाई समेटेर नयाँ पार्टी घोषणा गरेका नेता बामदेव गौतमलाई पार्टी गठन भएको केही दिनमात्रै हटाएर अर्को पक्षले कारवाही गरिसकेको छ । यसरी पार्टी खोल्ने र कारवाही गर्ने क्रम नरोकिए जनताले राजनीतिक दलको विकल्प नखोज्लान् भन्न सकिँदैन ।