यो सरकार जसले आफ्ना मान्छे जोगाउन सकेन माटो के जोगाउला ?

Home Feature राजनीति

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई ल्याउन नसक्ने सरकारले आफ्नो भूमि पनि जोगाउन नसक्ने भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारमाथि आक्रोश पोखेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सोमबार बोल्दै उनले भने, ‘जसले विदेशमा बेवारिसे भएका मेरो साथीलाई जोगाउन सक्दैन उसले मेरो भूमि कसरी जोगाउन सक्छ ?’ भनेर प्रश्न गरे।

थापाले भने, ‘जसले आफ्नो मान्छे जोगाउन सक्दैन त्यसले माटो जोगाउन सक्दैन, त्यसैले मान्छे जोगाउन नसक्ने सरकारले मेरो भूमि जोगाउँछ भन्ने मलाई विश्वास छैन ।’

‘रोजगारी सृजना गरिने छ भनेर नीति तथा कार्यक्रम बनाउनेले लाखौँ युवा बेरोजगार भएको पत्तो नपाएको’ टिप्पणी गर्दै थापाले ‘अहिले यो पनि गरिने छ, त्यो पनि गरिने छ भन्ने बेला नभएको र नागरिक जोगाउने बेला भएको’ बताए ।

ओली सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि कागजमा लकडाउन लगाउने बाहेक केही गरेको छैन ।

त्यस्तै भारतले नेपाली भूमि मिचेर सडक बनाएर उद्घाटन गरी गाडी हुइँकाउँदा समेत ओली चुप लागेका छन् ।