ऋषि र कृषिप्रधान देश नेपाल, सभ्यता, संस्कृति र सम्पदामा असाध्यै धनी छ । सनातन राष्ट्र नेपालको इतिहास लिच्छविकाल, मल्लकाल, शाहकाल, राणाकाल र बहुदलकाल मा होइन । नेपालको पहिलो राजवंश गोपालवंश उल्लेख गरे पनि किराँतकाल, विश्वामित्रकाल, पर्शुराम, कश्यपकाल लगायत जनकराजवंशकाल आदि कति हजार वर्ष अगाडिका थिए नेपालीले गौरवका साथ तिथिमितिसहित जान्ने र बुझ्ने मौका पाउनु पर्दछ । जनककालमा पनि नेपालमा किराँतीहरू थिए । नेपालका विख्यात राजा यलम्बरलाई इतिहासकारहरूले भगवान महादेवको अंश पाएका राजा भनेका छन् । वाल्मीकि सभ्यता र रामायणका पहिलो लेखक महर्षि वाल्मीकि थिए । रामायण लगायतका पूर्वीय दर्शनहरूमा देवीमाता सीताको संरक्षण भगवान महादेव पार्वतीबाट भएको वर्णन पाइन्छ । यस्ता विषयहरू नेपालको इतिहासका सामग्री बन्न सकेका छैनन् । पश्चिमी इतिहासभन्दा जनकवंशको इतिहास धेरै प्राचीन मानिन्छ । झण्डै सय–सय वर्षमा आइरहने भूकम्पका कारण नेपालका अनेकौं अनादिकालीन सभ्यता संस्कृति, इतिहास र सम्पदाहरू धुलिशान हुन पुगेका छन् । खासगरी विशाल तरकारीबारीबाट मान्छेले दुईछाक तरकारी टिपे जस्तै नेपालको इतिहासको अवस्था त्यस्तै छ ।
ई.पू. ५७ मा विक्रम सम्वत सुरुभयो । विक्रम सम्वत ९३७ र सन् ८८० गोवद्र्धन पूजाको दिन नेपाल सम्वत सुरु भयो । जनकसम्वत, विराटसम्वत विश्वामित्रसम्वत, पर्शुरामसम्वत, कश्यपसम्वत, किराँतसम्वत, वेदव्यास, पाणिनी, भृगु, गार्गी, वाल्मीकि आदिका पनि सम्वत होलान् । नेपालको सबैभन्दा ठूलो मन्दिर जनकपुरको जानकी मन्दिर हो । नेपालको प्राचीन र नेपाली वास्तुकलाको उत्कृष्ठ नमुनाको रूपमा रहेको चाँगुनारायणको मन्दिर हो भने शिलालेखमा स्थापनाको तिथिमितिसमेत उल्लेख भएको पाइन्छ । त्यस अघि र पछि निर्माण भएका मन्दिर लगायतका सम्पदा भूकम्पकै कारण ध्वस्त भएको अनुमान गर्न सकिन्छ । स्वयम्भूनाथको ज्योतिर्लिङ्गलाई छोपेर सो ज्योतिर्लिङ माथि विशाल चैत्यको निर्माण महर्षि कंकमुनिका चेला राजा शान्ति श्री प्रचण्डदेवले निर्माण गराएका थिए भने यिनै राजाले श्री पशुपतिनाथको मन्दिरसमेत जिर्णोद्वार गरेका थिए । जहाँ ज्योतिर्लिङ्ग त्यहाँ हारतीमाताको मन्दिर हुनु स्वभाविकै हो । त्यसैगरी बौद्धनाथ चैत्यमा पनि हारतीमाताको मन्दिर रहेको छ । तथापि भगवान शिव र चैत्यसँग भेद देखिँदैन । रातो मच्छिन्द्रनाथ र सेतो मच्छिन्द्रनाथको लिङ्गलाई पनि शिवलिङ्गकै रूपमा लिने गरिन्छ ।
ईश्वरको प्रतीक धेरै ज्योतिर्लिङ्ग भएको देश हो नेपाल । मानसरोवर कैलाश र सगरमाथालाई धर्तीको शिर भन्ने नेपालीहरू कैलाश र सगरमाथाको प्रतीक टोपी लगाउने गर्दछन् । नेपालको वास्तविक इतिहास जनकवंश र किरातवंशको लेखियो भने धेरै सत्य, तथ्य र रहश्यका विषयहरू बाहिर आउने छन् । वर्तमानको जस्तै आमूल परिवर्तनको नारा विगतमा पनि लागेकै थियो । जसले गर्दा संसारका मनुष्यहरूको महान तीर्थ श्री पशुपतिनाथ, माता गुह्येश्वरी र मानवधर्म लेखिएको र व्यास तथा व्यासमाता मत्छ्यगन्धाको जन्मभूमि गण्डकीको दमौली अहिलेसम्म पनि ओझेलमा पर्न गएको छ । राजा मानदेवभन्दा अघिको इतिहासको जति चर्चा हुनुपर्ने थियो हुन सकेको छैन । जसले गर्दा नेपाली समाजमा धर्मान्तरण गराउन सबैलाई सजिलो परेको छ । विश्वमा नेपाल सबै राष्ट्रभन्दा फरक मुलुक हो भन्ने चेतना एवं इतिहासको अध्ययन, अध्यापन प्रारम्भीक शिक्षादेखि नै हुन्थ्यो भने संसारमा यसरी भौतारिँदै कामको खोजीमा कदापी युवा जाँदैनथे । राष्ट्रको इतिहास, भूगोल, धर्म, संस्कृति, सभ्यता र सम्पदाकै आधारमा युवाले जागर जोश, ज्ञान, बुद्धि लगाउने र देश विकास गर्ने हो । जुन चलचित्रको जति बढी प्रचार ग¥यो त्यतै जनता दौडने हुन् । घरघरमा दिनहुँ शंख, घण्ट र डमरु बजेकै हुन्छ जनताले चासो राख्दैनन् तर १००८ जनाले टुँडिखेलमा सामूहिक रूपमा शंख, घण्ट र डमरु बजाउने भनी प्रचार गरेमा सबै काम छोडी लाखौं जनता टुँडिेलमा भेला हुने परम्परा छ । आज नेपाली युवाजगत विदेशमुखी हुनुको कारण ऐतिहासिक शिक्षाको अभाव र रोजगारी नै हो । विद्या दुई प्रकारका परा र अपरा छन् । स्कुल कलेज र विश्वविद्यालयमा पढाई हुने जो आधुनिक शिक्षा छ, ती सबै अपरा विद्यामा पर्दछन् । सभ्यता, संस्कृति, सनातन धर्म, इतिहास, सम्पदा र अध्यात्म परा विद्यामा गणना गरिन्छ । मुलुकमा अपरा विद्या हामी हुँदा विश्वमा नेपालीहरूलाई दाश बनायो । यदि परा विद्या हावी हुन्थ्यो भने देशमा सबै नेपाली मालिक हुन्थे । देशले गति लिन्थ्यो ।
दल, नेता, कार्यकर्ता र सर्वसाधारणको लागि यो त्यति सजिलो छैन । देश परा राष्ट्र अपरा शिक्षाले कता जाँदैछ, कसलाई के थाहा, विषय सारै नै गम्भीर, सूक्ष्म र गहन छ । यही ज्ञानको कमी नै वर्तमान देशको दुरावस्था हो । शताब्दीलाई स्मरण गर्दै आउने र जाने भूकम्प यथावत छ भने परा विद्याको रूपमा रहेका वेदादिशास्त्र एघारसय वर्षयता अनेकौं पछि थपिएका कुरुतीका कारण नेपालीलाई विश्वमा लञ्जित तुल्याइदिएको छ । धर्म परिवर्तन गरेर मानवधर्ममाथि खेलबाड गरिरहेका छन् । पराविद्या नेपाली शिक्षा नीतिमा नपर्ला जनतामा चेतना हराउँदै गएको छ । राजा महेन्द्रले पराविद्यामा टेकेर एक दशकमै देशको काँयापलट गरिदिएका थिए । परन्तु अपरा शिक्षाका महापण्डित लगायत नारायणहिटी दरबारमा थुप्रिएका दरबारियाहरूले पञ्चायतको दुई दशकको दुरुपयोग गरेका थिए भने बहुदलवादीहरूले पनि झण्डै तीन दशकको घोर दुरुपयोग र राष्ट्रलाई नै असाध्यै कमजोर बनाई दिएका छन् । यो तीन दशकमा नेपाली युवाको विचल्ली र दुर्दशाको कथा भनी साध्य छैन । १८ वर्षदेखि कर्मचारीहरूकै संगठनमा चाउरिएर बदनाम भएकै छन् । कर्मचारीको राजमा नाम मात्रको सिंहदरबार भएको छ ।
आत्मिक सुखभन्दा सिंहदरबार भौतिक सुखमा पल्केको छ । विश्वमा नेपाल अन्य राष्ट्रभन्दा फरक छ भन्नेतर्फ सिंहदरबार मौन छ । उसले आपूm जस्तै आम जनतालाई पनि उस्तै बनाउँदैछ । निर्यातभन्दा आयातमा जोड यसको उदाहरण हो । यही मौकामा विदेशी लगायतका साहुमहाजनहरूले कमसल र मिसावटयुक्त सामान चर्को भाउमा बेचेकै छन् । आयातमा यही हालत छ । जसले गर्दा औषधी पसल र अस्पतालको संख्या बढेकै छ । आयुर्वेदका औषधी पसल खुल्दैछन्, धामीझाँक्री, ज्योतिषे र हेराउने कुरा उनमा जनता आकर्षित हुँदैछन् । ऋषि, कृषि र निर्यात प्रधान देश आयातमुखी बन्दैछ । एउटा सुयोग्य नेता र मन्त्री बन्ने ज्ञान एवं चाहिने योग्यता राजा जनकको देश नेपालमा धेरै छ, आयात गर्नु पर्दैनथ्यो । काठमाडौं, सिंहदरबारभन्दा विकासमोह नेतामा भएन । जस्तो देश छ उस्तै सोच र खोज हुनुपर्दछ । जस्ले गर्दा आपूm मात्र होइन, भावी सन्तती, उत्तराधिकारी र आम जनताको जीवनस्तर उकास्ने राष्ट्र बनाउने आकांक्षा आवश्यक छ । विगत केमा चुक्यो वर्तमानले अध्ययन गर्नै पर्दछ । हिजो सतीप्रथाका नाममा हाम्रै पूर्वजले हाम्रा हजुरआमाका आमाहरूलाई चौतर्फी घेराबन्दी गरेर पिटेर, कुटेर, बाँधेर जिउँदै जलाएका थिए । ती अपराधीको सन्ततीको नाताले म घोर अपराधको आज प्रायश्चित गर्दैछु । धर्मशास्त्रमै थपघट गरेर तत्कालीन सदन र सरकार मिलेर जिउँदै हाम्रा हजुरआमाका आमाहरूलाई लगाउने अपराधीका सन्तान भएकाले होला हामीमा अपराविद्या हावी छ ।
वेद लेखिएको व्यासको जन्मभूमि नेपाल संसारका सबै मनुष्यको अध्ययनको केन्द्र महाविश्वविद्यालय होइन । धर्म सम्प्रदाय र राजनीति जस्तो सनातन धर्म समयसापेक्ष कहिल्यै परिवर्तन हुँदैन । हिजो सनातन धर्म कमजोर पार्न र सकाउन धर्म सम्प्रदाय र राजनीतिले वेदादिशास्त्रमाथि निर्मम हमला गरेका थिए । अहिले पनि सतीका अपराधी सन्तानहरूले सनातन धर्ममाथि हमला गरिरहेका छन् । नेपाललाई नयाँ युगमा अग्रगति दिने सनातन धर्म संस्कृतिको जगेर्नामा हाम्रो ज्ञान, बुद्धि, ध्यान र सोच पुग्नु पर्दछ । नेपाली माटो अनुरूपको विकासले मात्र निकास पाउँछ । सामाजिक सुधार र आर्थिक उन्नति, राजनीतिक परिचालन र पद्धतिको मात्र हुने होइन, असल एवं मुलुक बुझेको राजनेताले मात्र गर्न सक्दछ । आयातित वाद, विचार दर्शन र शिक्षाले देशबाट युवालाई किन भगायो । यसतर्फ जनताको ध्यान केन्द्रित हुनै पर्दछ । पशुपन्छिीले समेत आफ्नो धर्म छोडेका छैनन् भने मान्छे जस्तो आपूmलाई सम्पूर्ण प्राणीमा श्रेष्ठ, सर्वोच्च, सर्वोत्कृष्ट, बुद्धिजीवी भनेर दावी गर्ने प्राणीले धर्म छोड्यो, धर्म परिवर्तन ग¥यो, धर्म छैन भन्न थाल्यो भने पशुपन्छीले के भन्लान् विचारणीय छ । वास्तवमा धर्म हाम्रो जीवनको अभिन्न अंग हो । धर्मले नै हामीलाई रक्षा गरेको छ । हामीले धर्मको रक्षा गर्नै पर्दछ । ऋषि, कृषि, सभ्यता, संस्कृति र सम्पदाको संरक्षण विकास निर्माणबिना देश विकासको कल्पना नै गर्न सकिँदैन । हाम्रो धम संस्कृति र सम्पदा बाँचे मात्र हाम्रो राष्ट्र बाँच्ने छ । अस्तु