काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीबाट टुक्रिएर आएका नेताहरु नै प्यारा लाग्दै गएका छन् । आफ्नाले धोका दिएको निष्कर्षसहित ओलीले माओवादीका पूर्व नेताहरुप्रति विश्वास भएको बताउन थालेका हुन् । उनको व्यवहारले पनि माओवादी छाडेर एमालेमै रहेकाहरुलाई विश्वास गरिरहेको छ । यसबाट एमालेभित्रको सदाबहार पक्षलाई भने चिन्तामा पारेको छ । किनकि ओलीले माओवादी छाडेकालाई निकै नै च्यापेका छन् । यसअघि पनि उनले आफू प्रधानमन्त्री हुँदाको अन्तिम चार पाँच महिनाको कार्यकालमा माओवादीका नेताहरुलाई विधिको विधान नै मिचेर च्यापेका थिए ।
धेरै त्यस्ता नेताहरुलाई मन्त्री बनाइदिएका थिए जो सांसद नै थिएनन् । अहिले पनि ओलीले त्यसै गरेका छन् । आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन हुँदै गर्दा ओलीले माओवादी छाडेर आफूलाई साथ दिने नेताहरुको गुणगान गाउँदै आकर्षिक गरिरहेका छन् । यही कारणले माधवकुमार नेपाललाई धोका दिएर ओलीमै टाँसिएका नेताहरुलाई थप पीडा हुने देखिएको छ । ओलीले माओवादी छाडेर आएका प्रभु साहलाई पनि विश्वाससहित भित्र्याए । साहले एमालेको प्रथम विधान महाधिवेशन बहिष्कार गरेका थिए । तर उनको असन्तुष्टि ओलीले सम्बोधन गरेपछि गत शुक्रबार
केन्द्रीय कमिटीको बैठकमा पनि उपस्थित भएर । त्यसपछि त साहले ‘बाँचुन्जेल ओलीलाई साथ दिने’ घोषणा गरेर ।
एमालेको भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले ‘ओली अगाडि बढ्नुपर्छ, बढ्नु हुनेछर । उहाँ जिउँदो हुँदासम्म निःस्वार्थ साथ दिनेछु, देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छर ।’ ओलीप्रति नतमस्तक भएका माओवादीबाट आएका रामबहादुर थापा बादल त अहिले एमालेको खम्बा भएका छन् । उनी महाधिवेशनको आयोजक समितिको संयोजक नै हुन् । बादलले खुलेरै ओलीको प्रशंसा गर्ने गरेका छन् । एमालेमै केही असन्तुष्ट नेताहरूले ओलीको कार्यशैली र अभिव्यक्तिमाथि प्रश्न उठाइरहेका बेला बादलले उनलाई ‘निर्विकल्प नेता’ का रूपमा चित्रण गरेका छन् ।
त्यसैले त ओलीलाई पार्टी उपाध्यक्षका रुपमा अगाडि सार्दैछन् । जुन किसिमको आयोजनाको जिम्मा चितवनमा गर्ने गरी बादलले जिम्मा लिए त्यसले गर्दा अन्य एमालेका नेताहरु पनि बादललाई जिताउन वाध्य हुने बुझिन्छ । ओली पनि बादलको प्रशंसा गर्छन् । आफ्नै दलका नेताहरुले धोका दिएका बेलामासमेत बादलले आफूलाई साथ दिएको उनी कहिल्यै भुल्न चाहँदैनन् ।
त्यस्तै ओलीले सुदूरपश्चिम इन्चार्ज बनाएका माओवादीबाट आएका नेता लेखराज भट्टलाई पनि च्यापेका छन् । उनले यसै महिना आफ्नो गृह जिल्ला झापा लिएर गए । भट्टले पनि ओलीको प्रशंसा गरे । उनले भने, ‘ओलीजस्तो नेता भेटाइदिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएर । माओवादीबाट आएका टोपबहादुर रायमाझीसमेत ओलीको प्रशंसा गर्न चुक्दैनन् । उनी ओलीको विकल्प छैन भन्छन् । ओली जत्तिको राष्ट्रवादी नेता कोही पनि नभएको भन्दै चाप्लुसी गर्छन् । र, माओवादीबाट आएका हरेक नेताहरु ओलीको गुणगान गाउँछन् । उनीहरु ओलीसँग उत्तिकै डराउँछन् पनि । किनकि जसले माधवकुमार नेपाल र झलनाथ खनालजस्ता नेताहरुको अपमान गरेर अर्को पार्टी खोल्न वाध्य पा¥यो त्यस्तो नेतालाई चिढाउने हिम्मत पनि चाहियो नि । तर दुःखको कुरा उपाध्यक्ष भीम रावलजस्ता नेताहरुको हैसियत अब के हुन्छ भन्ने प्रश्न उठेको छ । नेपाललाई धोका दिएर ओलीतिर अड्किएका नेताहरुले निकै नै कष्टका दिन बेहोर्नुपर्ने अवस्था आउँदैछ भनी आँकलन भइरहेको छ । ओलीको समर्थन गरे केही न केही पद त पाइएला भनी योगेश भट्टराईहरुले नयाँ रणनीति लिएकोसमेत अनुमान भइरहेको छ ।