एमालेको विधान महाधिवेशन स-यो

Uncategorized


काठमाण्डौ । नेकपा एमाले स्थायी कमिटीको शनिबार सम्पन्न स्थायी कमिटी बैठकले यसअघि तोकिएको मिति संशोधन गर्दै विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौं हुने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । भट्टराईले प्रतिनिधि परिषद् नरहेकाले विधानमा भएको व्यवस्थालाई परिवर्तन गरी को बाधा–अड्काउ फुकाउँदै अघि बढ्ने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने बताए । भट्टराईका अनुसार, एमाले विधान महाधिवेशनमा भाग लिन पाउनेहरु ः केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्यनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय विभागबाट सचिवलगायत १५ जना । प्रदेश कमिटी र सोसरह मान्यता पाएका पदाधिकारी तथा सदस्यहरू । जिल्ला कमिटी तथा सो सरह मान्यता पाएका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू । प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी एक जना सदस्य र एक जना महिला सदस्य । जिल्लाको प्रतिनिधित्व हुने गरी कम्तीका पनि एक जना दलित सदस्य । पार्टीका घोषित जनवर्गीय संगठनको केन्द्रीय पदाधिकारी मध्येबाट १० जनाको दरले । त्यस्तै, पार्टी सदस्य रहेका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य प्रदेशसभाका सदस्य, जिल्ला समन्वयन समितिका प्रमुख र उपप्रमुख महानगरपालिका तथा उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलगायतका प्रतिनिधिहरु ।